Sunday, November 29, 2020

जिवन र मृत्युः पुर्वीय र पास्चतिय बिचार

 

१.  बिषय प्रवेश

मृत्यु जिवनको अन्तिम सत्य हो। जन्मबाट सुरु भएको जिवन मृत्युमा पुगेर टुङ्गिन्छ। कवि लेखनाथ पौड्यालले ‘कालको महिमा’ कवितामा कालको सम्पुर्ण ब्याख्या गरेका छन्। उनि लेख्छन काल एक भाव बिहिन सुन्यता हो जो समान दृष्टि राखेर समानताको कसिमा राखि सम्पुर्ण जिवलाई हेर्ने गर्छ। काल मृत्युको साधक भएको हुदा मृत्यु आफैमा एउटा भाव सुन्यता हो। यो यस्तो अचुक अस्त्र हो जसको औषधी अहिले सम्म भौतिकवादले भेट्न सकेको छैन। सायद मृत्युनै त्यस्तो चिज हो जसले भौतिकता र विज्ञानलाई पराजित मानसिकताबाट गुज्रिन बाध्य पारेको छ। तर आधुनिक मानव यो भाव सुन्यतामाथि नजर अन्दाजको स्वाङ्ग रचि रहन्छ। सायद जिबनको लालचा यति धेरै हुन्छ कि उसलाई मृत्युको शब्दले मात्र डर पैदा गराउँछ।

जिबनधर्मीहरुको जिवन बुझाई फरक प्रवृतिको रहेको छ। उनिहरु जिवनलाई सुरुवात बिन्दु मानेर मृत्यलाई जिवनको अन्त्य बिन्दु नमानि फरक यात्राको सुरुवाटको रुपमा हेर्ने गरेका छन। सनातनि संस्कारमा मृत्यलाई सहज रुपमा स्विकार गरिएको कुरा सन्यास आश्रम ब्यवस्थाबाट बुझ्न सकिन्छ। सनातनि हिन्दु संस्कारमा जिवनको अन्तिम काल खण्डमा संसारिक मोहमायाबाट पर रहि मृत्युलाई बुझ्ने र मृत्युलाई सहज स्विकार गरिने गरेको देखिन्छ। तसर्थ मृत्युलाई एक भयको माध्यम को रुपमा नलिई जिवन चक्रको समान्य घटनाको रुपमा बुझ्ने गरेको वास्तविकता झल्किएको भएता पनि  बिस्तारै भौतिकवादि समाजले मृत्यु अनावस्यक डर पैदा गर्ने गरेको देखिन्छ। यदी मृत्यु सम्पुर्ण अन्त्य हुन्थ्यो भने मरेका कोहि पनि बाच्ने थिएनन् होला। तर यहाँ त्यस्ता धेरै ब्याक्तिहरु छन जो बाचिरहेका छन जबकि उनिहरुको भौतिक शरिर त धेरै पहिले नि धर्तीबाट उठेको हो। तसर्थ मृत्यु जिवनको अन्त्य होइन। यो त केवल भौतिकताको जडताको मात्र अन्त्य हो। मृत्युको समिप पुगेका मानवको भावना फरक रहेने कुराको ब्याख्या धेरै लेखकहरुले लेख मार्फत आफ्नो भावनाहरु ब्यक्त गरेका छन। राधा पौडेल आफ्नो भोगाई संकलित किताब खलङ्गामा हमलाः एउटा नर्सको डाएरी मा म्रृत्यु समिपताको ब्याख्या गरेकि छिन्। उनि भन्छिन, “मृत्युको नजिक पुग्दा मान्छे सांसारिक मोहमायाबाट त्यसै मुक्त हुँदोरहेछ।अब बाचिन्न कि भन्ने लागेर मैले आफ्ना हितैषीलाई मन मनै धन्यवाद दिए। मैले सबैलाई माफ गरिदिए”।(खलङ्गामा हमला ६७)

राधा पौडेलको भनाईलाई गहिरिएर हेर्दा यो भौतिकवादि समाजमा मान्छेको तछाँड मछाँड ब्यर्थ जस्तो लाग्छ। किन मान्छे स्वार्थी बन्छ? के आजका सबै उसका चिजहरुले उसलाई मृत्युबाट बचाउन सकेको छ त? मान्छे भौतिकतामा किन यति धेरै आसक्ति?

हेर्दा यि प्रश्नहरु समान्य जस्ता लाग्न सक्छ तर यि प्रश्नको उत्तर खोज्दै जाँदा मानव सभ्यताको बिरासतमा पुग्न सकिन्छ। मानव मानव हुनुमा उसको समाजिकता मुख्य कारण हो। चेतनाको बिकाससँगै मानवमा समाजिकता परिवर्तनशिलता बिकासवादि चिन्तनहरु देखा परेका छन्। भौतिकतालाई बिरासत ठान्ने पश्चिमा जगत आज मानसिक चिन्ताको सिकार भएको भनेर धेरै मनोविदहरुको निष्कर्ष रहेको छ। पुनर्जागरणको युगवाट पश्चिमा जगत भौतिकवादि विज्ञानको युगमा प्रवेश गरेका थिए। वेज्ञानिक खोज अनुसन्धानमा अब्बल रहेका देशहरु पनि मानव सभ्यताको समाजिक विरासतलाई कायम राख्न पुर्णरुपमा सफल भएको पाइदैन। क्रिस्टोफर मार्लोको नाटक डक्टर फस्टसको कथाले पनि यो कुरा देखाउन खोजेको छ। कसरि भौतिकवादमा रमाएर मजा लिनको लागि मेचिस्टोफलिसलाई आफ्नो आत्मा बेच्छ र केहि समय मज्जा लिन्छ तर जब मेचिस्टफिलिस उसको आत्मा लिन आउँदा उसको अनुहारमा भएको परिवर्तन हेर्न लायकको छ। टि. स. इलिएटले लेखेको द वेस्ट ल्यान्डमा पनि भौतिकाताको कुरुप चहेरालाई बिम्बात्मक रुपमा देखाउन खोजेका छन्। लिलबहादुर क्षेत्रीको बसाँई उपन्यासको नन्दे जस्ता पात्रको बिकास भौतिकवादि समाज हो। “नन्दे त यहि नै चाहन्थ्यो कि धने बासइँ सरोस्। अनि त्यो खयल उसको हात लागोस्। उसको एउटा भानिजलाई राख्न एउटा खयलको आवस्यकता उसलाई भइ नै राखेको थियो।“(बसाइँ५८)

यस भनाईले भौतिकवादि सामजमा मानव कसरि स्वार्थि हुन्छ भनेर देखाउन खोजिएको छ। धनेले खयल बेच्नु उसको बाध्यता होला। तर नन्देको नियत पनि त सफा देखिएन नि। यसमा नन्दे पुर्णरुमा दोषि भने होइन किन कि भौतिकवादि समाजले भौतिकता नै पुर्ण रुपमा उसको बिचार को जड हो।

२.    सिमाहरु

यो लेख एउटा समान्य केहि पुर्वीय दर्शन र पास्रत्य दर्शनका दृष्टान्त समेतिएर लेखिएको सुरुवाटि चरणको लेख हो। यसले सम्पुर्ण पुर्वीय र पास्चत्य दर्शनका जिवनका वादहरु समेटेको छैन। यद्धपि यसले पुर्वीय र पस्चात्य दर्शनमा जिवन र मृत्यु प्रति राखिएका केहि दर्शनको बारेमा खोतल्ने जमर्को गरेको छ। समान्य रुपमा भए पनि यसले पुर्वीय र पस्चात्य दर्शन बिचको को समानता र भिन्नता केलाउन मद्धत गर्ने छ भन्ने लेखकको बिस्वास रहेको छ।

३.    पुर्वीय दर्शन जिबन र मृत्यु

जिवनको परिभाषा सायदै पुर्ण होला। ब्याक्ति पिच्चे यसको परिभषा फरक फरक हुन्च। जिवनको परिभाषा ब्याक्तिको भोगाईमा फरक पर्छ। जिवनका भोगाई नै वास्तवमा यसको परिभाषाको साध्य हो। जिवन वास्तवमा तिन अक्षरको समागमबाट बनेको देखिन्छ। पहिलो अक्षर जि ले जिउने कलाको ब्याख्या गर्छ भने दोश्रो अक्षर व ले बाच्ने कलाको बारेमा बर्णन गरेको हुन्ढ। अन्तिम अक्षर न ले नमर्ने कलाको ब्याख्या गरेको बुझिन्छ।

जिवनको सुरुवाटि चरणलाई हेरने हो भने पुरुष र महिलाको समिस्रण बाट हुन्छ। अर्थात जिवन नितान्त जोर प्रकृया हो। एकल जन्म ब्याख्या मात्र जिवन हुन सक्दैन। जसे एक दिन भन्नाले दुइ प्रहरः दिन अनि रात बुझिन्छ, तयस्तै गरेर जिवन भन्नाले दुबे जन्म मृत्युको समिश्रणको रुपमा बुझ्नु पर्छ। यो वास्तविकतालई भौतिक मानवले कम बुझेको छ किनकि उ सर्बदा जन्म र बाचुन्जेलको कर्मको रोइलो गर्न चाहान्छ।

बास्तवमा जिवन केबल जन्मको रोइलो मात्र होइन। यसका बृह्तर आयामहरु छन। समान्य रुपले माथिको परिभाषालाई मात्र नियाल्ने हो भने पनि यसले जिवनका तिन वटा आयामलाई उजागर गर्न खोजेको छ। पहिलो अक्षरको आयाम केबल बाच्ने प्रकृयामा रहेकोले यसलाई पशुवट जिबन शैलिको ब्याख्यात्मक टिप्पणिसको रुपमा लिन सकिन्छ। किनकि हरेक प्राणिले बाच्नको लागि आवस्यक संघर्ष गारेको हुन्छ। उसको संघर्ष बस्तुत केबल बाच्ने प्रकृयामा हुन्छ र यो पनि जिवन नै हो। दोस्रो अक्षरको परिभषाको ब्याख्यात्मक टिप्पणि गर्ने हो भने यसले मानबिय जिबल प्रकृयाको बारेमा ब्याक्या गर्न खोजेको देखिन्छ। वास्तवमा बाच्ने पर्कृया जिउनु भन्दा सापेक्षित रुपमा मास्तिर रहेको हुन्छ। यसमा ब्याक्ति के हि हद सम्म जिबनको रक्षात्मक कार्यमा धेरै गठजोडमा

त्यस्तै अन्तिम अक्षरको ब्याख्यात्मक टिप्पणि गर्दा नमर्ने बुझिन्छ। अर्थात जिवनको एउटा अर्थले जिवनको अन्त्य कहिले नहुने र सदा जिवन्त रहने कुरापनि जिवनको सार हो भन्ने कुरा अन्तिम अक्षरले बुझाउन खोजेको देखिन्छ,।

 

पुर्वीय दर्शनले जिबनलाई केबल मरणसिल मात्र नमानि यसको बहुआयामिक अर्थलाई

निराकरण गर्न खोजेको देखिन्छ।

भरत साह[1] जिबनको  अस्थित्वको झरना कालखण्डलाई सहजिकरण गर्दै भन्छन “ नाम बिहिन स्वास र स्वास बिहिन नामको अन्तर नै जिबन हो।“ सरसर्ति हेर्दा यो ज्यादै सरल देखिन्छ। यदपि, यो परिभाषाले जिवनको बहुआयामिक विषयको उठान गरेको छ। जिवनको सुरुवाटि चरणमा नाम नहुने तर स्वास हुने भनेर जिवन सुरुवात अदृष्य शक्ति वाट हुन्छ बन्न खोजेका छन। जिवनको सरुबात नामको भौतिकता भन्दा धेरै माथि रहेको कुरालाई उने उजागर गर्न खोजेको देखिन्छ। फेरि श्वास बिहिनताको नाम भनेर उनि जिवन केहि हद सम्मको अमरणसिलता रहेको कुरा बुझाउछन।

जिबान अमर रहेको कुरा सोमनाथ दाहालले[2] मान्ने गरेका छन। उनको तर्कको समान्य जोड धार्मिकतामा आधारित रहेको छ। उनि भन्छन यदि मानव आफै मर्थ्यो भने किन अवतारहरुको ब्याक्या हुन्थ्यो घर्मशास्त्रमा।
दाहालको तर्कलाई पानि नमर्ने जिवनको ब्याक्याको रुपमा लिन सकिन्छ। हाम्रा धार्मिक ग्रन्थहरुमा देवताको अवतारको बयाख्या पाहिन्छ। पुराणहरुमा बिभिन्न देवताको अवतार दानवहरुको बधको लागि थियो भनेर ब्याख्या गरिएको छ। केहि उदारणहरु लिउः रावण मार्नको लागि रामको अवतार,  कंष मार्नको लागि कृष्ण, तारकासुरको लागि कुमार, महिषासुरको लागि दुर्गा आदि। यदि जिवन आफै मरणसिल थियो भने किन यि अवतारको बारेमा ब्याक्या हुदैन थियो होला।

समान्य रुपमा ब्याक्तिको जिबन प्रकृयालाई नियाल्ने हो भने हामि केबल जिबनलाई जुउने र बच्ने कलाबाट हेरिरहेको छौ। किनकि बच्चाको जन्म प्रकृयामा सम्पुर्ण समुदाय खुसि हुने गर्छन। उता जन्मिने बच्चा हातको मुठि बादेर जन्मेको हुन्छ।उसलई लाग्छ उसले समाजमा जिबलमा धेरै चिज बोकेर लयाएको देखिन्छ। उ आफैमा प्राकृतिक रुपमा ब्यहवार गरि रहेको हुन्छ। उसको जिवनमा हासो र आसो सँगै बोकेको हुन्छ् तर मानविय जिवनको बिकासक्रम सँगे बिस्तारै प्राकृतिक कुराहरु हराउदै समजिक राजनैतिक र सास्कृतिक मानवको रुपमा बिकास हुन्छ। यसरि प्राकृतिक मानव बाट समाजिक मानवको परिवर्तन हुदै गर्दा जिवनको बास्तबिक परिभषाबाट मानव धेरै पर गएको र जिवन केबल जन्म र मृत्यु बिडको रिइलो को रुपमा बुज्ने गारेको देखिन्छ।

डा. प्रमोद ढकाल [3] जन्म र मरँकि बारेमा गीताको दोश्रो श्कन्धको २७ औ श्लोक

जातस्य हि ध्रुवो मृत्युःध्रुवं जन्म मृतस्य च।

को ब्याक्यात्मक टिप्पणि गर्दै लेख्छन कि जन्मने अवस्य मर्छन्; मर्ने सबै अवस्य जन्मन्छन् यो दृस्यमय ब्रह्माण्ड पनि जन्मेको थियो। त्यसेले यसको पनि मृत्यु अवस्य हुनेछ, यद्यपि यो जुन शाश्वत सत्यको रुपान्तरणवाट जन्मेको हो त्यो मर्दैन। यहाँ देखिने सबै जन्म मृत्यु त्यहि शाश्वत सत्यको निरन्तर चलिरहने रुपान्तरणका प्रतिकहुन। फलस्वरुप शरिरधारी सबै वस्तु कहिले न रोकिने बन्ने र विधतन हुने प्रकृयामा समेल भइरहेका हुन्छन्।ब त्यस्तै गरेर गीताको दोश्रो श्कन्धको १६ औ श्लोक

नासतो विद्यते भावो नाभावो विद्यते सतः । उभयोरपि दृष्टोSन्तस्त्वनयोस्तत्त्वदशिर्भिः

जे थियो त्यो च र हुनेछ। जे थिएन त्यो छैन र हुनेछैन। अर्थात यो सृष्टिमा जुन आज हामि देखिरहेका छौँ त्यो हिजो कुनै रुपमा थियो र बोलि पनि कुने रुपमा हुनेछ। अर्थात हामिले नासवान् देखेका वा जन्मे मरेको देखैको कुनै चिजहरु वास्तवमा नासवान् छैनन्।ती परिवर्तनशील छन् र ति परिवर्तन भएका हुन नासिएका होइनन्। (119)

डा. प्रमोद ढकालले जिवनको वास्तविक अर्थलाईउ जागर गर्न को लागि गीताको उद्धरण लिएका छन। उनको सार केहो बने जिवन पुर्णरुपले मरणशिल छैन, यद्यपि हामी यति धेरै जिवन बाट पर गइसकेका छौँ कि हामि बास्तविक जिवन को यथार्थलाई बुझ्न सक्दैनौ। हाम्रो ज्ञानको धरातल यति कमजोर भएको छ कि सापेक्षित सत्य र शाश्वत सत्य बिचको भिन्नता छुट्याउन सक्न ल्याकत हामीसँग बाकी छैन होला। जन्मने र मर्ने एउटा समान्य प्रकृया रहेको र वास्तविकता फरक रहेको कुरा हामी बुज्न नसक्ने हुनुमा हाम्रो पुरातन ज्ञान को धरातलको अवसान थियो, हामीले आफ्नो मौलिकतालाई परधनको गर्भमा लुकाएर आफु बाँझो भएको स्वाङ्ग पारि रहेको छौ।

 

४.  पास्चत्य दर्शनः जिवन र मृत्यु

शक्तिको बारेमा पस्चिमी धाराणा नि पुर्विय जस्तैछ।उनिहरुको शक्ति सिद्धान्तले शक्ति कहिले नास नहुने केबल परिवर्तन मात्र हुने भने र ब्याख्या गरेको छ। हामी त्यो पस्चिमि दर्शनलाई सजिलै अङ्गिकार गरेका छौ। यदि यो  साचो हो भने जिवन कासरि मरण शिल हुन्छ। जिवन को प्राण वायु एक शक्ति हो यो त्यस्तो शक्ति हो जो हुदा हुदै नि छैन जस्तो लाग्छ र नहुदा नहुदै नि भएको वास्तविकता हो। तात्पर्य, अहिले सम्म प्राण बायु कसैले देकेको छैन, न त देखाउन नै सकिन्छ।

राजन[4] आफ्नो लेखमा फेडरिक निट्सैको जिवन दर्शन माथि कलम चलाउदै  लेख्छन कि निट्से जिवनलाई क्रियासिल सुन्यताबाट हेर्ने गरेका छन। उनि आफ्नो दर्शनलाई दुईवटा धार वाट  हेर्ने गर्छन। उनि हरेक ब्यक्तिले मानविय संकटलाई चुनौतिको रुपमा लिई त्यसको सामना गरि विजय हासिल गर्नु पर्ने  र असिमित सम्भावना र ईच्छाको बिच बाट शक्ति को खोजि गरि महामानव को यात्रा तिर बड्नु पर्ने। र अर्को धार बाट मानविय जिवना का सिमाहरुको ब्याख्या गर्दै महामानव पनि कतै न कतै निरिह बन्न सक्छ। यदपि उ सँग सहास चै हुन्छ।

ग्रिसका पुरातन दार्शनिकहरुले मृत्युलाई धेरै प्राथमिकतामा राखेका थिएब्नन्। उनिहरु ब्रह्माण्डको श्रृष्टि र प्रकृतिको बारेमा चासो राख्ने गरका देखिन्छन्। थेल्सले प्राचीन ग्रिकमा पहिलो पल्ट जिबानको बारेमा ब्याख्या गर्दै जन्म र मृत्यु एउटा प्राकृतिक बिषय रुपमा ब्याख्या गरेका छन। ह्यामिल्टन केहन्स(1961, p. 25) [5] भन्छन सुकरातले म्रत्युलाई दुई प्रकृयागत रुपमा ब्याख्या गरेका छन्। उनि भन्छन कि त यो बिनास हो जसको कुनै चेतना छैन वा यो एउता परिवर्तन हो जसमा आत्मा एक ठाँउ बाट अर्को ठाँउमा बसाँई सर्छ। यो एउटा चिर निन्द्रा हो जसको डर मान्नु आवस्यक छैन।

 रिचार्ड मेक्लन(1941, p. 556)[6] लेख्छन  प्लेतो जिबनलाई दैव्तवादि सिद्धान्तमा बिशलेषण गर्दै आत्मा अमर हुने र सरिर बाट बहिर निसक्ने कुरालाई आफ्नो फेडो भन्ने कथामा ब्यक्त गर्छन। तर एरिस्टोटल प्लेटो को दैव्दताबादि सिद्धान्तलाई अस्विकार गर्दै आत्मालाई शरिरको स्वरुपको रुपमा ब्याख्या गर्छन्।

 डेभिड ह्युम[7]  लेख्छन कि थोमस होब्स(1588–1679) ले जिवन पछीको  जिवनको खोजि केबल धार्मिक अन्धबिस्वासको कारण हो भनेर ब्याख्या गर्छन।उनको बिचार एउटा भौतिकताबादि जिबनको रहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ। ब्लेज पास्कल मानवलाई पृथक प्राणीको संज्ञा दिदै मृत्युको जानकारी राख्न सक्ने असाधारण प्रतिभा भएको  भनेर ब्याक्या गर्छन।

सोफेनआवर[8] भन्छन कि सबै धर्म र दर्शनहरुले मुलभुत रुपमा मृत्यु को ब्याख्या गर्दै सम्पुर्ण मानवलाई त्यतै तिर डोराउन खोजेको कुरा ब्यक्त गर्छन। उनि भन्छन कि यसले मृत्युको निस्चितताको कुरा गारि भयभित पार्न खोजेको कुरालाई ब्याख्या गरेका छन फेडेरिक निट्सेले मृत्यको गहन अर्थको बारेमा ब्याख्या गरेका छन। उनि भन्छन जिवन्त बन्नको लागी लगाब र सत्य चाहिन्छ। यो त्यस्तो सत्य हो जसमा ब्याक्तिको जन्म र मृत्युको सत्यता अनुगृहित हुन्छ। सत्यको लागि सहास चाहिन्छ। उनका लागी भगवानको मृत्यु भैसकेको छ। यो संसारमा आध्यात्मिक चिजहरुको कुनै अर्थ छैन।

५.    उपसंहार

पुर्वीय दर्शन जिवनलाई आध्यमिकतासँग जोडेर हेरि जिवन पछि पनि जिवन रहने कुरामा केहि हद सम्म विस्वास गर्ने गारेको देखिन्छ। सनातनि संस्कारमा गरिने मृत्यु संस्कारले यि कुराहरुको झल्को दिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 



[1] प्रसादी एकेडेमी लालितपुरका जिब विज्ञानका अध्यापक

[2]  झरना संञ्चारका संम्पादक र नेपालि साहित्यका अध्येता

[3]  पूर्वीय दर्शनको पुनर्ब्याख्या का लेखक

[4]  वनारस विश्व विद्यलयबाट दर्शनमा वद्यावारिधि गरेका शोध कर्ता, रिसर्च गेटमा ४वटा शोध छपएका ब्यक्ति

[5]  The Collected Dialogues of Plato का लेखक जुन प्रिन्सटन विश्वबिद्धालयको प्रेस बाट छापिएको छ

 

[6]  The basic works of Aristotle का लेखक जुन न्युयोर्क रयान्डम हाउस बाट छापिएको छ।

[7]  The philosophy of self का लेखक

[8] The World As Will and Idea का लेखक जुन Haldane and Kemp 1948, p. 378 ले जर्मनिबाट अंग्रेजीमा अनुवाद गरेका छन। यो Routledge & Kegan Paul; 9th edition (January 1, 1948) मा प्रकासन भएको हो।

 

Literature

Sagar's Diary: News Story Wriitng