मेरो आँत काप्दा काँपेका रातहरू
ताते गर्दै डोर्याउने ती बलिष्ठ हातहरू
डगेएनन्, कहिल्यै झुकेनन् ती काध
हरपल हरदम रह्यौ साथ
आकाश बढाडिएर फ्याकिँदा सूर्य
तिमी निस्तेज पाहाड जमिरह्यौ
बर्खा भेल उर्लेका बेला
तिमी बाँध सहिरह्यौ
जमेको खोला उदाङ्गो पारी
बिसकुन रछ्यान छर्दे जाँदा
हत्केला तिमी टिप्दै आयौँ
हत्केला कति फुटे होलान्
मेरुदण्ड ती चर्केका होलान्
दाइँको मियो झैँ अटल तिमी
दुःखको पहाड पग्लेर आयौ
सपनी तिम्रा राखेर थाति
गर्यौ नि भाकल फूल र पाती
बनाई दुःख आत्मीय साथी
बन्यौ नि भृगु निकाली मासी
तिमी सूर्य नापिरह्यौ
निःशब्द रात र बलेसि बिहानको स्मृति
शीतको थोपा तप तप चुहिँदा
बनेको ड्याडी तिमी मैन
पग्लिँदै पापा र बाबा तिमी
हरपल पिताजी रहिरह्यौ
हरपल पिताजी रहिरह्यौ
Saturday, July 29, 2023
Subscribe to:
Comments (Atom)
-
Reporting/ Narration Harry said, “I am very busy”. Said is reporting verb and I am very busy is reported speech. Normally we use linker (t...
-
A Matter of Husbands Characters: 1. Earnest Young Woman: an innocent woman who goes to famous actress to plead her to return her husba...
-
Class 11 New course An Astrologer's Day by R. k. Narayan An Astrologer’s Day In an unnamed village, an astrologer laid his tool of tr...