Monday, September 7, 2020



         अनुवादः चुनौति र अवसर
0.  परिचय
     अनुवाद १९६० को दशकवाट साहित्यिक लेखनमा प्रयोग भएको पाइन्छ। सुरुवाटि कालखण्डमा यसलाई छुट्टै विधाको रुपमा स्विकारिएको थिएन। अनुवादकलाई लेखकको रुपमा नहेरिने र यो त्यति धेरै प्रतिष्ठाको बिषयको रुपमा हेरिदैन थियो। अनुवादलाई दोश्रो दर्जाको लेखन शैलीको रुपमा हेरिदै गर्दा बिस्तारै यसको महत्व साहित्यिक लेखनमा बढेको देखिन्छ। अनुवाद भन्नाले कुनै पर विश्वको नयाँ सांस्कृतिक ज्ञानको लक्षित संस्कृतिमा रचानत्मक सृजना हो। वास्तवमा यो अनेकतामा एकता को सचेतना हो। यो एक विस्व साहित्यको सांस्कृतिक बिकासक्रमको साधन हो जसले बिचारको आदान प्रधान गर्न मध्दत गर्छ।
१.    अनुवादको सैद्धान्तिक बिकासक्रम र परिभाषाः
      अनुवादलाई ब्यख्यात्मक शिल्पको रुपमा लिएको देखिन्छ यो एउटा त्त्यस्तो शिल्पकला हो जसमा श्रो भाषा लक्षित भाषा बिचको समज्यस्यता बिच अनुगृहित हुन्छ एन्डरे लेफेवेरेले [1]सर्बप्रथम सन् १९७८ मा अनुवाद शास्त्रको प्रयोग अनुवाद सिद्धान्तमा गरेका थिए सले श्रो भाषामा रहेको बिसयबस्तुको खोज गर्न उल्लेख्निय मद् गरेको पाइन्छ। प्राकृतिक रुपमा यो ाषी विज्ञानको भित्री कृयाकलापको ब्याख्याको रुपमा हेर्ने गरिएको कत्फोर्द(१९७८)[2] अनुवादलाई एक भाष बिषयबस्तुलाई अर्को भाष बिस्षयबस्तुको रुपमा प्रतिस्थापन गर्ने याकलापको ुपमा ब्यख्या गर्दछन। यसलाई स्रोत को अर्थलाई लक्षित भाषामा प्रतिस्थापन हो भनेर ब्याख्या गर्छन ।उनी भन्छन अनुवाद भनेको भाष कृयाकलापको चिरफारहो एउटा भाषाको बियबस्तुलाई अर्को भाषामा लाने प्रकृया हो   पेटर नेमार्क[3] अनुवादको समस्यालाई ब्याख्या गर्दभन्द्छन कि यसमा श्रो बियको केहि शब्द अर्थ  हराउन सक्दछ    निडा[4] यसलाई बिज्ञानको रुपमा ब्याख्या गर्छन उनि अनुवादको परिभाषा एकल नहुने बि परक भएर सम्पादन गर्नु पर्ने कुरालाई जोदिदै द्य पद्य अनुवादको परिभाषा एउटै नभफरक फरक हुने मत ब्यक्त गर्छन सुसन ब्यासनेटले[5]अनुवादलाई औधोगिक पुजिवाद र औपनिवेशको बिस्तारको परिधिमा बसी ब्याख्या गरेका छन। अनुवाद भनेको बौद्धिक कृयाकलाप हो। यसमा श्रोत बिषयले कुनै पनि लक्षित बिषयको बारेमा बोल्दछ। गोबिन्द राज भट्टराई[6](२००० २) भन्छन अनुवाद भनेको स्रोत भाषामा रहेको बिषय बस्तुको भावलाई लक्षित भाषामा प्रतिष्थापन गराउने प्रकृया हो ।
२.    अनुवादका प्रकार
सुसन ब्यसनेट(१९८०;१३) एडवर्ड लाई उध्दरणमा लिदै बन्छन कि  सम्भवत संसारका कुनै दुई भाषाहरु समान समाजिक वास्तविकताlलाई प्रतिबिम्बित गर्न सकदैनन् । भिन्न समाजिक विश्वहरु एक अर्काका परिपुरक हुन सक्दैन् किनकि ति दुबे आफैमा पुर्ण  भिन्न छन।
      ब्यसनेट को तर्कलाई आधार मान्ने हो भने  संसारमा  हरेक समाजमा बोलिने भाषा फरक रहने र ब्याक्तिहरुले फरक फरक भाषा बोल्ने सत्य कुराको उजागर भएको बुजिन्छ। फरक भाषाको बाक्य संरचना फरक हुने र त्यसको भाव पनि तथ्यगतरुपमा फरक हुन्छ।
        बिजय कुमार दास  (२००९; २८-२९)[7]जोन ड्राइडनको भनाईलाई उद्धृत  गर्दै  भन्दछन कि अनुवादलाई तिन भगमा बिभजन गर्न सकिन्छ। मेटाफ्रेज, प्याराफ्रेज र इमिटेसन। शब्दानुवाद, भावानुवाद र स्थनियकरण। त्यस्ते रोमन याकोब्सनको बिचार उद्धृत गर्दे दास अनुवादलाई तिन भिन्न प्रकरयाको कुरा गर्छन। एकल भाषिक अनुवादः  यो अनुवाद मा एकल भाषा भित्र भएका संकेतलाई त्यहि भाषा बित्र रहेको अर्को बषिक संकेतमा रुपान्तरण गरिन्छ।  अन्तर भाषिक अनुवाद बन्नाले  एक भाषामा भएको भाषिक संकेतलाई अर्को भाषिक संकेतमा रुपान्तरण गर्ने प्रकृया बुझिन्छ। लाक्षणिक अनुवाद मा एक भाषिक काब्यमा रहेको लक्षणालाई केन्द्र बिन्दु मा राखेर अनुवाद गरिनछ।
३.    अनुवादको ईतिहास 
      सुसन ब्यासनेट (१९८० ४०-४१) लेख्छन कि वास्तवमा अनुवादको सुरुवात कसरि भयो यकिनका साथ भन्न सकिदैन । यदपि रोमन सभ्यतामा अनुवादको स्थान भएको कुरा सिसेरो र होर्यास जास्ता अनुवादक को अस्थित्वले प्रमाणित गर्छ। यसको तात्पर्य  अनुवादको सुरुवाट कहिले भएको एकिन नभयता पनि रोमन सभ्यताको पालामा अनुवाद अस्थित्वमा रहेको प्रमाणित हुन्च। तसर्थ  रोमन सब्यतालाई नै आधिकारिक रुपमा अनुवाद सुरु भएको युगको रुपमा लिन सकिन्छ। त्यसपछि इङ्गल्याण्डमा अनुवाद को क्रमिक बिकास  हुदे आएको देखिन्छ। वास्तवमा अंङ्ग्रेजी साहित्यको सुरुबाटि कालखण्डमा अनुवादको उल्लेखनिय भुमिका रहेको छ।राजा  अल्फ्रेडको पालामा एङ्गलो स्याक्सन साहित्यको अनुवाद भएको छ। कबिहरु वाट र सरेले ईटालियन कबिताहरुलाई अंग्रेजिमा अनुवाद गरेका छन।  यि त केबल प्रतिनिधि पात्र मात्रै हुन।
४.    नेपाली किताबको अंङ्ग्रेजी अनुवादको बिकास क्रम
        नेपाली साहित्यको अंङ्ग्रेजी अनुबादको ईतिहास धेरै लामो पाइदैन।  नेपाली साहित्यको ऐतिहासिक कालखण्डमा भानु भक्तलाई प्रमाणिक अनुवादक मान्न सकिन्छ किनकि संकृतमा लेखिएको रामायणलाई नेपाली अनुवाद गरेर नेपालि जनजिब्रो मा उक्त महाकाब्यलाई जिबन्त बनाएका थिए। तर पानि नेपाली साहित्यलाई अंङ्ग्रेजीमा अनुबाद गर्ने श्रेय हामीले लक्ष्मि प्रसाद देवकोटालाई दिनु पर्छ। उनले २०१३ सालमा भिमदत्त रोक्का लागाएत अरु साहित्यकारको सहयोग मा ईन्द्रेणी साहित्यिक पत्रिकामा नेपाली कबिताहरुको अनुवाद गर्न थालेको देखिन्छ। नेपाली कबिता अनुवादको सम्बन्धमा  माधवलाल कर्मचार्य (२००२)[8]लेख्छन कि देवकोटा स्वयमले सन् १९६४ मा शुलोचना महाकाब्यलाई अंङ्ग्रेजिमा अनुवाद गरेका थिए। मुनामदन खण्ड काब्यको अंङ्ग्रेजीमा अनुवाद  सन् १९६९ मा मधुसुधन देवकोटाले गरेका थए भने सन् १९९७ आनन्द श्रेष्ठले गरेका थि।  पछि उक्त किताब मिचेल जेम्स हटले नि सन् १९९६ मा गरेक थिए।  देवकोटाले समकालिन साहित्यकारहरुको कृतिलाई पनि अंङ्ग्रेजिमा अनुवाद गरेका थिए। उनले  बालकृष्ण समको मृत्यु पछिको अभिब्यक्ति को अंङ्ग्रेजि अनुवाद गरेका थिए। तिर्थ राज तुलाधरले म. बि.बि. शाहको कबिताहरुलाई अंङ्ग्रेजिमा अनुवाद गरेका थिए। सायद यो नै अंङ्ग्रेजिमा अनुवाद भएको पहिलो कबिता संग्रह थियो।  तिर्थराज तुलाधरले सन् १९९४ मा  विजय मल्लका ५६ वटा कबिताहरुलाई  मेरो ईचछा र अन्य कबिताको [9]शिर्षकमा अनुवाद गरेका थए। माधवलाल कर्मचार्य र अयोध्य प्रसाद प्रधानले संयुक्त रुपमा केदारमान ब्यथितको एकासि वटा कबिताहरु अनुवाद गरेका थिए। माधवलाल कर्मचार्यले छिन्नलताको लगभग ७० वटा कबिताहरुलाई अंङ्ग्रेजिमा अनुवाद गरे। उनले सिद्धिचरणका ६७वटा कबिताहरु पनि अनुवाद गरेका थए। यसरि नेपाली कबिताको अनुवादमा कर्मचार्यको बिशेष भुमिका रहेको देखिन्छ। डा. तारानाथ शर्माले चांदनी शाहका कबितालाई अंङ्ग्रेजिमा अनुवाद गरेको पाईन्छ।  त्यस्तै  पध्म देवकोटाले नेपाली कबिताहरुलाई अंङ्ग्रेजिमा अनुवाद गरेर नेपाली अनुवादको ऐतिहासिक पर्खालमा योगदानको ईट्टा थपेका छन।डेभिड रबिन सायद प्रथम अंङ्ग्रेजी मातृ भाषक हुन जसले नेपाली साहित्यमा बिशेष ध्यान दिएको देखिन्छ। लक्ष्मि प्रसाद देवकोटाका कबिताहरु रबिनले अनुवाद गरेको देखिन्छ।
            गध्यको  अनुवादको इतिहास पनि पध्य जति नै पुरानो छ। सायद प्रहलाद नाटक नै पहिलो नेपाली नाटक होला जुन अंङ्ग्रेजीमा अनुवाद भएको छ। यसलाई मधुसुधन देवकोटाले  अनुवाद गरेका हुन। त्यसे गरि अस्वस्थामा नाटक पध्म प्रसाद देवकोटाले अनुवाद  गरेका थिए। शिरिषको फुल समभवत पहिलो नेपाली उपन्यास होल  जुन अंङ्ग्रेजीमा अनुवाद बएको छ। यो टंक बिलास वर्य र सन्ड्रा जेडिस्टेन ले सामुहिक रुपमा सन् १९७२ मा गरेका हुन।  नेपाल भाषाको प्रथम  अनुवाद भएको उपन्यास धुस्वन सयमिको ग्रहण हो यसको अनुवादक टि र कंसाकार हुन। ल्यरि हर्तसेल ले शंकर कोइरालाको खैरेनि घाट, जि बि मल्लको पल्लो घरको झ्याल र लील बहादुर क्षेत्रिको बसाँइ उपन्यास अनुवाद गरेका छन।


     
      अनुवादका सिमा तथा चुनौति हरु
      अनुवाद भाषीक अर्थको रुपान्तरण र तथा प्रतिस्थापन
      भएकोले यसका सिमाहरु छन। सम्पुर्ण भाषीक रुपान्तरण गर्न सम्भव छैन किनकि श्रोत भाषा र लक्षित भाषा बिचमा पुर्ण रुपले समानता पाइदैन। यसरी असमान भाषीक गुण हुदा अनुवादमा समस्या आउन सक्छ। सांस्कृतिक शब्दको भावानुवाद पनि अनुवादको समस्या हो। भौगोलिक शब्द आदि को अनुवाद गर्दा पनि त्यसको मर्म नखुलाउन सक्छ। उदारणको लागिः चन्द्रमालाई मुन (moon) भनेर अनुवाद गर्दा मुनले चन्द्रमाको सांस्कृतिक र धार्मीक भावलाई समेट्न सक्दैन। किनकि पूर्विय दर्शनमा चन्द्रमाको सांस्कृतिक र धार्मीक रुपमा विशेष अर्थ छ। साथै व्याकरणात्मक भिन्नताले पनि अनुवादमा चुनौति ल्याउने गर्छ। नेपाली ब्याकरणमा वाच्य तीन प्रकारका छन् तर अङ्ग्रेजिमा वाच्य केबल दुई प्रकारका मात्र छन। यसरि भाव वाच्यको वाक्यको अनुवाद गर्दा केहि चुनौति आउँन सक्छन्। त्यस्तै सर्वनामको अनुवादमा नि समस्या हुन सक्छ। पुरूषवाचक सर्वनामको प्रयोग आदार अनुसार फरक फरक प्रयोग गर्ने गरिन्छ। जस्तो त, तिमि तपाँई आदि तर अङ्ग्रेजिमा केबल you को प्रयोग हुन्छ। तँ गृहकार्य गर। तिमी गृहकार्य गर। तँपाई गृहकार्य गर्नुहोस। यि तीन वाक्यको अङ्ग्रेजि अनुवाद you do your home work. हुन्छ। तसर्थ अनुवादमा भाषीक, सांस्करतिक र ब्याकरणात्मक चुनौतिहरु धेरै हुन्छन्। यि चुनौतिहरुलाई अनुवादमा विशष रुपमा सम्बोधन गर्नु पर्छ।
५.    अनुवादको उपयोगिता
      अनुवाद आफैमा चुनौति भएता पनि यसको उपयोगिता धेरै छ। यसले सांस्कृतिक धरातललाई फराकिलो पार्न मद्धत गर्छ। कुनै पनि भाषीक साहित्यलाई अर्को भाषीक पाठकको माझमा पुर्याउन अनुवादको विशेष भुमिका रहेको हुन्छ। यसले भिन्न भाषा समुहको सांस्कृतिक भाषीक समाजिक बिचारको आदान प्रदान गर्न बिशेष मद्धत गर्छ। त्यस्तै गरेर यो भाषा शिक्षणमा प्रयोग भई भाषिक शिकाईको माध्यमको रुपमा काम गर्छ। यो केबल साहित्यमा मात्र नभइ बोलिचालिमा नि प्रयोग हुन्छ। यसले  ब्यबसाहिक प्रयोजनमा पनि बिशेष सहयोग पुर्याउने देखिन्छ। पर्यटन ब्यबसायमा यसको उच्चतम प्रयोग भएको पाईन्छ।
मानव यो ब्रह्माण्डकै सबै भन्दा उत्कृष्त प्राणि हुनुमा उसको बोलाई लेखाई पढाई र त्यि चिजले उसको आनिबानिमा पारेको प्रभाव र श्रिजनसिलता आदि को कारण हो। मानव बिभिन्न भाषाको प्रयोग गर्ने ल्याकत राख्दछ। भाषिक प्रयोग को क्षमताले ग्रदा उसले बिगत र बर्तमान बिचको समजस्यता मिलाउन सक्छ। अनुवाद एउटा त्यस्तो साधन हो जसले सम्पुर्ण ईतिहास धर्म संस्कृतिको बारमा जानकारि आधान प्रधशान गर्न मधदत गर्छ। यदि अनुवाद बिज्ञन नहुदो हो त
अङ्ग्रेजहरुले ल्याटिनको बारेमा थाहा नै पाउने थएन्न।न त पुर्विय हरेले पश्चिमि गोलार्धको बारेमा थाहा पाउने थिए न त पश्चिमिहरुले पइर्विय गोलार्ध को बारेमा थाहा पाउने थिए। गोबिन्द राज भट्टराई (२००० ९) साहित्यिक अनुवादले हामिलाई बिभिन्न देष र भाषिक साहित्यमा चलेका चलन र सैदान्तिक बादहरुको बारेमा थाहा दिन मध्दत गर्छ। यसले साहित्यिक ज्ञानको धरातल धेफराकिलो बनाउन मध्दत गर्नु को साथै रै फराकिलो बनाउन मध्दत गर्छ। साहित्यको पाठकहरु बडाउनु को साथै भषिक र सांस्कृतिक ज्ञनको धरातल
बिजय कुमार दास (1998 १२) अनुवादले बिभिन्न कथाहारुका बिषय र साहित्यका बिदा हरुमा प्रयोग भएका लेखन प्रकृया वा रचनात्म लेख्य शिल्पि भित्राउन मध्दत गर्छ। महाभारत र रामायण को अनुवादले ले अनुवाद आफैमा एउटा नया लेखन प्रकृया को रुपमा स्थपित गराउन मध्दत गरेको च। तसर्थ अनुवादले लेखन प्रकरयामा नया शैलिको बिजारोपण गर्न सक्छ। बिगतमा अनुवादको खासै महत्व थिएन। यसलाइ बास्तविक बिषय बस्तु नाथिको बेवस्था बाट निसकेको साहित्यिक लेखन कार्य हो। अनुवादको प्रमुख उदेष्य दुई भिन्न भासा समुहको फरक बिचको समाजस्यता हो। आन्ड्रे लफार्भ(२०१०: ८) अनुवादलाई विश्व साहित्यको ज्ञानको प्रत्यारोपण हो। सांस्कृतिक सम्बन्धको आदान प्रदान गर्नुको साथै परास्परिक भातृत्वको भावना जगाउन अनुवाद सिध्दान्तले मुख्य भुमिका खेलेको छ।
       अनुवादले विश्व साहित्यलाई साधुराएको छ। यसले एउटा निस्चित समुहको संस्कृतिलाई सिमित धेरावाट बाहिर निकालेर विश्व संस्कृतिको अङ्ग बनएको छ।अनुवाद भन्नाले एउटा भाषिक भावलाई  अर्को भाषाको बिम्बमा लैजाने कृयाकलाप हो। तर भाषिक बिम्बभाषा पिच्चे फरक हुन्छ। ति फरक बिम्बले  संस्कृति र ब्याकरणलाई एक अर्का भन्दा फरक बनाउछ। वास्तवमा भाषाको मुख्य  कार्य  बिचारको आदान  प्रदान हो। भाषिक विचार कुने पनि भाष्य संस्कारमा निर्भर पर्छ।


६.    उपसंहार
अनुवाद शास्त्र एक छुट्टै बिधामा स्थापित हुनमा बिशेष गरि भाषाबिदहरुको भुमिका रहेको छ। १९६० को दशकबाट  यो नयाँ बिधाको रुपमा चिनिन थालेको छ। यसका बिभिन्न धारहरु बिकसित हुदै गएका छन। सम्पुर्णरुपले कुनै पानि साहित्यिक कृतीहरु अनुवाद नभएता पनि, अनुवादको आवस्यकता अपरिहार्य छ। यसले केबल साहित्यको धरातल मात्र फराकिलो पार्दैन, यसले बिभिन्न भौगोलिक परिवेषका भाषा साहित्यको ज्ञान र लेखन शैलिलाई परिष्कृत बनाउन मद्धत गरेको छ। पाठकहरुलाई विश्व साहित्यको बारेमा आवस्यक  खुराक पस्किनलाई यो धेरै सहयोगी भएको छ्
















[1]  Translation/History/Culture. London: Routleadge, 1992. Print. का लेखक
[2]  A Linguistic Theory of Translation. . London: OUP, 1978. Print. का लेखक
[3] A Textbook of Transaltion का लेखक
[4] Contexts in Translating का लेखक
[5] Translation Studies.2nd ed. London: Menthen, 1980 का लेखक
[6] . An Introduction to the Translation Studies. Kathmandu: Ratna Pustak             Bhandar, 2000. Print. का लेखक
[7] A Handbook of Translation Studies.2nd ed. New Delhi: Atlantic, 2009.    Print. का लेखक

[8] . अनुवाद ग्रन्थ सुचि. काठमान्डौः नेपाल प्रज्ञा प्रतिष्ठान, 2002. को लेखक। यो पुस्तकले अनुवादित नेपाली किताबहरुको अभिलेखकरण गरेको छ।

[9] My Desire and Other poem को नेपाली अनुवाद( यस लेखका लेखकको अनुवाद)

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Literature

Sagar's Diary: News Story Wriitng