Sunday, October 25, 2020

दशै

 

दशै हिन्दुहरुको महान चाँड हो। यो सबैको जन जिब्रोमा झुन्डेको छ। किन यो महान चाँड हो त यो? कहिले यस बिषयमा हामीले खोज्ने प्रयास गर्यौ त? यस्ता कयौ प्रश्नहरु अनुत्तरित छन आजको आधुनिक समाजमा।

सुरुवाट गर्न चाहन्छु दशैको कथा बाट। हामी सबेलाई थाहाँ भएकै बिषय हो। दशै आसुरी शक्तिमाथि दैविक शक्तिको बिजयको गौरवगाथा हो।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशःशैलपुत्री,ब्रह्मचारिणी

चन्द्रघन्टाकुष्माण्डास्कन्दमाताकात्यायनीकालरात्रीमहागौरीसिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमी को दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ 

 यो चाडको मिथकिय कथामा सम्पुर्ण देवताले शुम्भ निशुम्भलाई बध गर्न नसके पछि शक्ति सरुपा देवीको आरधाना गरी उनै देवीको हातबाट ति आसुरी शक्तिको अन्त्य गरेको कथा पाइन्छ।

यसको तात्पर्य केबल आसुरी शक्तीमाथि दैवी शक्तीको बिजयमात्र थिएन। यो त सनातनी समाजमा महिला पुरुष समानताको बिषेशताको पनि प्राधुवाद थियो। यसले वैदिक समाज पुर्ण रुपमा पृत्रिसतात्मक नभई पृत्रिसतात्मकाता र मात्रिसतात्मकता को समिश्रण थियो भनेर उजागर गर्न खोजेको देखिन्छ। यसरी समातामुखि समाजको परिकल्पना गरेको हुदा बास्तवमा यो महान चाड हो।

अब जमराको कुरा गरौ। जमरा भन्नाले उमारिएको अन्नको टुसा वा पालुवा हो। यसरि जमरा उमार्दा बिजको उमर्ने क्षमताको परिक्षण हुन सक्छ। आफुले भण्डारण गरेर राखेको बिजको उर्बर क्षमता छ कि छैन भनेर त्तत्कालिन समाजमा परिक्षण गर्ने पकृयाको थालनिलाई धार्मिकतामा जोडेर राखिएको हुन सक्छ।

अब बलि प्रथालाई नियालौ। दशैमा दिइने बलिलाई लिएर धेरै कमेन्ट र आलोचना गरिएको पाइन्छ। हुनत यसलाई हिंसाको रुपमा पनि ब्याख्या गर्ने गरेको देखिन्छ। नवरात्रिको आठौँ दिनमा महाकाली -भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ।

यो बलि प्रथाले मानव सभ्यता कृषि युगबाट पशुपालन युगमा प्रवेश गरेको कुरालाई बुझाउन खोजेको देखिन्छ। किनकि बलि दिने दिन पशु बलि दिनु भन्दा पहिले घिरौला वा कुभिन्डोको बलि दिने गरिन्छ। त्यस पस्चात मात्र पशु वलि दिइन्छ। तसर्थ यो केबल हिंसा मात्र होइन।

त्यस्तै दशैमा लगाइने टिकाले बिरताको सन्देश दिन्छ। रातो रङ्गमा मुछिएको अक्षताले आसुरि शक्ति माथि दैविक शक्तिले बिजय प्राप्त गरेको हर्ष बढाईको रुपमा  लिने गरिन्छ। मानविय बिरताको बिरासतको रुपमा रातो रङ्गको प्रयोग भएको पाइन्छ। यसले नराम्रो गुणलाई राम्रो गुणले पराजित गर्ने र त्यसलाई सहृर्ष स्विकारिएको स्विकारोक्तिको रुपमा बिम्बित गरेको कुरा देखिन्छ। दशैको टिका केबल बिजयको घोतक मात्र नभइ यो समाजिक जिबनको महिमा उजागरण गर्ने कार्यको रुपमा पनि लिन सकिन्छ। यस टिका ग्रहण गर्नको लागि मानव आफ्ना नाता कुटुम्बको घर जाने गर्छन। यसले कुनै न कुनै रुपमा मानविय समाजको समाजिकता बढाउन मद्धत गरेको देखिन्छ। यो मानविय समाजिकताको पुनर्ताजकि हो। यसले आफ्ना नाता र कुटुम्बको बिचमा भावना साटासाट गर्न र सम्वन्धको समाजस्यता कायम गर्न मद्धत गरेको देखिन्छ। साथै यसले समाजिक मेलमिलापको बढोत्तरिमा पनि सघाउछ। टिका ग्रहणको बेलामा दिइने आशिषको पनि बिशेष अर्थ देखिन्छ।

आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते 
विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ॥

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥

द्रोणको छोराको जस्तो आयु होस। दशरथको जस्तो

 श्रीसम्पती होस्। अनि राम अर्थात राघवको जस्तो शत्रुलाई परास्त पार्न सक्ने क्षमता होस्।नहुषको जस्तो सुख ऐश्वर्य होस्। दुर्योधनको जस्तो मान होस्। सुर्य पुत्र कुन्तीको जस्तो दान गर्ने मनशाय र भाव होस्। हलो बोकेर हिड्ने बलरामको जस्तो बल होस्। कुन्ती पुत्र युधीस्ठीरको जस्तो सत्यता होस्। जिवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधी बाहीर छिन्, उनी प्रति नमन र मानव खप्परको माला लगाएकी कपालिनी प्रति हार्दीक नमन दुर्गतीको नाश गर्ने दुर्गा प्रति नमन अनि एकाकार र सर्बशक्तिमान शिव प्रति नमन । क्षमा की देवी क्षमा प्रति नमन, र सबै जीवकी दाती धातृ प्रति नमन, हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहा प्रति नमन, मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रतिनमन । सबैजना देवीलाई हार्दीक नमन। यो त केबल शाब्दिक अर्थ हो। वास्तबमा यसको आसय धेरै माथि रहेको छ। मरणशिल जिवनको वास्तविकतालाई उजागर गर्दै जिबन चिरञ्जबि बनाउने कार्यमा जिबनलाई अगाडि बढाउनु पर्ने भाव आयुर्द्रोणसुते ले बताउन खोजेको छ। दशरथको जस्तो सम्पति होस भनेर कर्तव्य पारायण पुत्र( किनकि आफ्ना पिताको आज्ञा सिरोपण गर्ने पुत्र नै मुख्य धन भनेर) सांस्कृतिक सभ्यताको धनलाई बुझाउन खोजेको छ। रामको जस्तो शक्तिको कुरा गरेर आफ्नो स्त्रीको रक्षार्थ शत्रुको परास्त गर्ने सक्ने बलबुताको भाव झल्काउन खोजिएको छ। ऐश्वर्य नहुषे गतिश्च पवने शब्दले नहुषको जस्तो गति प्राप्त होस भनेर ईन्द्रको प्रतिस्थापन गरेर स्वर्गको राजकाज पनि गर्न सकियोस भन्ने भाव देखाउन खोजिएको छ। यश र कृतिले स्वयम भगवानको प्रतिस्थापन गरि मानवको महत्वलाई उजागर गरिएको छ। मानञ्च दुर्योधने ले दुर्योधनको जस्तो आफ्नो मान राख्न जिवनको आहुति दिन पनि पछि नपरियोस भन्न खोजिएको छ। आफु हार्न सक्छु भन्ने जान्दा जान्दै पनि आफ्नो संकल्पको लागि युद्धमा होमिएर ज्यान आहुति गर्न सक्ने दुर्योधनको बिम्ब प्रयोग गरिएको छ। शौर्य शान्तनवे शब्दले सुर्य पुत्र कर्णको दान गर्ने क्षमता र हेला र हेय भवलाई पनि बेबस्था गर्न सक्ने शान्त स्वभाव देखाउदै आवस्यकता अनरुप मानवमा शान्त गुण पनि हुनु पर्ने भाव देखाउन खोजिएको छ। बलं हलधरे शब्दले बलरामको शक्तिको याचना गरिएको छ। बलराम शक्तिशाली हुदा हुदै पनि महाभारतको युद्धमा कसैको पक्ष नलिई तटस्थ बसेकोले त्यसको बिम्बमा आफ्नो बललाई पक्ष बिपक्षमा नराखि आवस्यकता अनुसार तटस्थ बस्नु पर्ने भावको ब्याख्या गर्न खोजिएको छ। हलोको बिम्बले कृषिको महत्वलाई उजागर गरिएको छ। सत्यञ्च कुन्तीसुते शब्दले मानवमा सत्य बचन बोल्न सक्ने सहास खोज्न खोजिएको छ। विज्ञान बिदुरे भवति भावताम शब्दले बिदुरको जस्तो ज्ञान र त्यसको प्रयोग गरियोस भन्न खोजिएको छ। यसले बौद्धिकता राज्य संयन्त्रको डरमा नपरि सत्य बोल्न सक्ने ल्याकत भएको होस भन्ने कामना गरिएको छ। बिदुर धित्रराष्टको महामन्त्री भए पनि उनको गल्तिलाई सधै कटाक्ष गर्ने पात्रको रुपमा उभिएको हुदा मानवको बौद्धिकता सहि र गलत छुट्याउन सक्ने हुनु पर्ने भाव बिदुर शब्दबाट खोजिएको छ। साथै नरायण भगवानको कृतिलाई मानव  जिबनमा प्राप्ति गर्न खोजिएको छ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जस्ता वाक्यांसले केबल पुरुषको बिम्ब मात्र नभई महिलाको पनि महत्वलाई उजागर गरिएको छ। यसले महिला र पुरुषको लैङ्गिक समतालाई उजागर गर्दै महिला पुरुष समान रहेको र जिबन लैङ्गिक सहअस्थित्वबाट चल्ने कुरा देखाइएको छ। यसरि दशैमा दिइने आशिषले आदर्श सामजको परिकल्पना गरिएको छ।

अब दशैमा दिइने दक्षिणाको कुरा गरौ। यो बिषय पनि धेरै टिप्पणि गरिने बिषय भएको छ। के दशैमा दक्षिणा दिनै पर्ने बाध्यता हो त? बास्तबमा दशैमा दक्षिणा दिने कुराको कुनै ठुलो महत्व छैन। के हामीलाई थाहा छ?

टिका लगाउदा खोलिएको अञ्जुलि केबल आशिषको लागि थापिएको हो। बैदिक सनातन संकारमा खालि हात न होस भनेर खोलिएको हातमा सगुन हालि दिने चलन छ। तसर्थ उक्त खोलिएको हातमा सगुन स्वरुप फुल, पाति या कुनै फल मात्र पनि राखिदिन सकिन्छ। तर त्यसलाई बिस्तारै आफ्नो सम्पन्ताको सुचकको रुपमा पैसा दिन थालिएको हो। तसर्थ दशैको टिका लगाएर पैशा नै दक्षिणाको रुपमा दिनु पर्ने बाध्यात्मक ब्यबस्था होइन।

अन्त्यमा दशै एउटा वैदिक सनातन धर्म को बिशेष चाड हो। यसले मानवको सम्पुर्ण चारत्रिक विकासको बारेमा आदर्श भाव ब्यक्त गरेको छ। हामीले यसलाई बिशेष पर्वको रुपमा मनाउनु पर्छ।

 

 

 

 

 

 

 

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Literature

Sagar's Diary: News Story Wriitng