Monday, March 1, 2021

सबै भन्दा ठुलो भक्त को? बिम्बात्मक कथा र नेपाली समाज

 सबै भन्दा ठुलो भक्त को? बिम्बात्मक कथा र नेपाली समाज

नेपाली लोक कथा सबै भन्दा ठुलो भक्त को? सायद हुनु पर्छ नेपाली किताबमा पढिएको। धार्मिक बिषय बस्तु भएको उक्त कथा नारदमुनि र विष्णुको सम्वादबाट सुरु हुन्छ। नारदलाई आफुनै भगवानको परम भक्त जस्तो लाग्छ। वास्तविक धरातल नहेरि उनि भगवानको मुखबाट आफ्नो भक्ति प्रमाणित गर्न चाहन्छन्। यसको चाल पाएका भगवानले उनको बास्तविक हैसियत देखाउनको लागि काममा लगनसिल एउटा किसान वास्तवमा उनको परम भक्त भएको कुरा भन्दै उनको परिक्षा लिन्छन।

यो विम्वात्मक कथाको सार नेपाली समाजले वुझ्न बाकि रहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ। नारद चरित्रको नेपाली समाज कमि छैन। आफ्ना काममा खासै मतलब नगरि समाजिक जिवनका आयामहरुको परस्त लम्पसारवाद र कुरौटे पनले समाज बिछ्प्त छ। जसरी नारदलाई नारयण नारयण गर्दा आफुलाई भक्ति गरेको भ्रम परेको छ। त्यसै गरि स्तुति गानमा रमेको धार्मिकता बौद्धिकताको माखेसाङ्ग्लोमा जेलिएको हुन्छ। तरमा डुबेको माखोलाई भ्रम भएको हुन्छ कि तर खान गएको हो। वास्तवमा  उसलाई थाहाँ हुदैन कि त्यहि तर नै उसको काल हो। उ त्यसैको दलदलमा जेलिएर मर्न पुग्छ। बास्तवमा न त उ आफु तर खान्छ न तर अरुको लागि खान योग्य छोड्छ।

नारदरुपि चरित्रको चिरफार गरिएको कथा बुझ्न नेपाली समाजले अझै पर्खनु पर्ला सायद।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Literature

Sagar's Diary: News Story Wriitng