Monday, December 14, 2020

Sunday, November 29, 2020

जिवन र मृत्युः पुर्वीय र पास्चतिय बिचार

 

१.  बिषय प्रवेश

मृत्यु जिवनको अन्तिम सत्य हो। जन्मबाट सुरु भएको जिवन मृत्युमा पुगेर टुङ्गिन्छ। कवि लेखनाथ पौड्यालले ‘कालको महिमा’ कवितामा कालको सम्पुर्ण ब्याख्या गरेका छन्। उनि लेख्छन काल एक भाव बिहिन सुन्यता हो जो समान दृष्टि राखेर समानताको कसिमा राखि सम्पुर्ण जिवलाई हेर्ने गर्छ। काल मृत्युको साधक भएको हुदा मृत्यु आफैमा एउटा भाव सुन्यता हो। यो यस्तो अचुक अस्त्र हो जसको औषधी अहिले सम्म भौतिकवादले भेट्न सकेको छैन। सायद मृत्युनै त्यस्तो चिज हो जसले भौतिकता र विज्ञानलाई पराजित मानसिकताबाट गुज्रिन बाध्य पारेको छ। तर आधुनिक मानव यो भाव सुन्यतामाथि नजर अन्दाजको स्वाङ्ग रचि रहन्छ। सायद जिबनको लालचा यति धेरै हुन्छ कि उसलाई मृत्युको शब्दले मात्र डर पैदा गराउँछ।

जिबनधर्मीहरुको जिवन बुझाई फरक प्रवृतिको रहेको छ। उनिहरु जिवनलाई सुरुवात बिन्दु मानेर मृत्यलाई जिवनको अन्त्य बिन्दु नमानि फरक यात्राको सुरुवाटको रुपमा हेर्ने गरेका छन। सनातनि संस्कारमा मृत्यलाई सहज रुपमा स्विकार गरिएको कुरा सन्यास आश्रम ब्यवस्थाबाट बुझ्न सकिन्छ। सनातनि हिन्दु संस्कारमा जिवनको अन्तिम काल खण्डमा संसारिक मोहमायाबाट पर रहि मृत्युलाई बुझ्ने र मृत्युलाई सहज स्विकार गरिने गरेको देखिन्छ। तसर्थ मृत्युलाई एक भयको माध्यम को रुपमा नलिई जिवन चक्रको समान्य घटनाको रुपमा बुझ्ने गरेको वास्तविकता झल्किएको भएता पनि  बिस्तारै भौतिकवादि समाजले मृत्यु अनावस्यक डर पैदा गर्ने गरेको देखिन्छ। यदी मृत्यु सम्पुर्ण अन्त्य हुन्थ्यो भने मरेका कोहि पनि बाच्ने थिएनन् होला। तर यहाँ त्यस्ता धेरै ब्याक्तिहरु छन जो बाचिरहेका छन जबकि उनिहरुको भौतिक शरिर त धेरै पहिले नि धर्तीबाट उठेको हो। तसर्थ मृत्यु जिवनको अन्त्य होइन। यो त केवल भौतिकताको जडताको मात्र अन्त्य हो। मृत्युको समिप पुगेका मानवको भावना फरक रहेने कुराको ब्याख्या धेरै लेखकहरुले लेख मार्फत आफ्नो भावनाहरु ब्यक्त गरेका छन। राधा पौडेल आफ्नो भोगाई संकलित किताब खलङ्गामा हमलाः एउटा नर्सको डाएरी मा म्रृत्यु समिपताको ब्याख्या गरेकि छिन्। उनि भन्छिन, “मृत्युको नजिक पुग्दा मान्छे सांसारिक मोहमायाबाट त्यसै मुक्त हुँदोरहेछ।अब बाचिन्न कि भन्ने लागेर मैले आफ्ना हितैषीलाई मन मनै धन्यवाद दिए। मैले सबैलाई माफ गरिदिए”।(खलङ्गामा हमला ६७)

राधा पौडेलको भनाईलाई गहिरिएर हेर्दा यो भौतिकवादि समाजमा मान्छेको तछाँड मछाँड ब्यर्थ जस्तो लाग्छ। किन मान्छे स्वार्थी बन्छ? के आजका सबै उसका चिजहरुले उसलाई मृत्युबाट बचाउन सकेको छ त? मान्छे भौतिकतामा किन यति धेरै आसक्ति?

हेर्दा यि प्रश्नहरु समान्य जस्ता लाग्न सक्छ तर यि प्रश्नको उत्तर खोज्दै जाँदा मानव सभ्यताको बिरासतमा पुग्न सकिन्छ। मानव मानव हुनुमा उसको समाजिकता मुख्य कारण हो। चेतनाको बिकाससँगै मानवमा समाजिकता परिवर्तनशिलता बिकासवादि चिन्तनहरु देखा परेका छन्। भौतिकतालाई बिरासत ठान्ने पश्चिमा जगत आज मानसिक चिन्ताको सिकार भएको भनेर धेरै मनोविदहरुको निष्कर्ष रहेको छ। पुनर्जागरणको युगवाट पश्चिमा जगत भौतिकवादि विज्ञानको युगमा प्रवेश गरेका थिए। वेज्ञानिक खोज अनुसन्धानमा अब्बल रहेका देशहरु पनि मानव सभ्यताको समाजिक विरासतलाई कायम राख्न पुर्णरुपमा सफल भएको पाइदैन। क्रिस्टोफर मार्लोको नाटक डक्टर फस्टसको कथाले पनि यो कुरा देखाउन खोजेको छ। कसरि भौतिकवादमा रमाएर मजा लिनको लागि मेचिस्टोफलिसलाई आफ्नो आत्मा बेच्छ र केहि समय मज्जा लिन्छ तर जब मेचिस्टफिलिस उसको आत्मा लिन आउँदा उसको अनुहारमा भएको परिवर्तन हेर्न लायकको छ। टि. स. इलिएटले लेखेको द वेस्ट ल्यान्डमा पनि भौतिकाताको कुरुप चहेरालाई बिम्बात्मक रुपमा देखाउन खोजेका छन्। लिलबहादुर क्षेत्रीको बसाँई उपन्यासको नन्दे जस्ता पात्रको बिकास भौतिकवादि समाज हो। “नन्दे त यहि नै चाहन्थ्यो कि धने बासइँ सरोस्। अनि त्यो खयल उसको हात लागोस्। उसको एउटा भानिजलाई राख्न एउटा खयलको आवस्यकता उसलाई भइ नै राखेको थियो।“(बसाइँ५८)

यस भनाईले भौतिकवादि सामजमा मानव कसरि स्वार्थि हुन्छ भनेर देखाउन खोजिएको छ। धनेले खयल बेच्नु उसको बाध्यता होला। तर नन्देको नियत पनि त सफा देखिएन नि। यसमा नन्दे पुर्णरुमा दोषि भने होइन किन कि भौतिकवादि समाजले भौतिकता नै पुर्ण रुपमा उसको बिचार को जड हो।

२.    सिमाहरु

यो लेख एउटा समान्य केहि पुर्वीय दर्शन र पास्रत्य दर्शनका दृष्टान्त समेतिएर लेखिएको सुरुवाटि चरणको लेख हो। यसले सम्पुर्ण पुर्वीय र पास्चत्य दर्शनका जिवनका वादहरु समेटेको छैन। यद्धपि यसले पुर्वीय र पस्चात्य दर्शनमा जिवन र मृत्यु प्रति राखिएका केहि दर्शनको बारेमा खोतल्ने जमर्को गरेको छ। समान्य रुपमा भए पनि यसले पुर्वीय र पस्चात्य दर्शन बिचको को समानता र भिन्नता केलाउन मद्धत गर्ने छ भन्ने लेखकको बिस्वास रहेको छ।

३.    पुर्वीय दर्शन जिबन र मृत्यु

जिवनको परिभाषा सायदै पुर्ण होला। ब्याक्ति पिच्चे यसको परिभषा फरक फरक हुन्च। जिवनको परिभाषा ब्याक्तिको भोगाईमा फरक पर्छ। जिवनका भोगाई नै वास्तवमा यसको परिभाषाको साध्य हो। जिवन वास्तवमा तिन अक्षरको समागमबाट बनेको देखिन्छ। पहिलो अक्षर जि ले जिउने कलाको ब्याख्या गर्छ भने दोश्रो अक्षर व ले बाच्ने कलाको बारेमा बर्णन गरेको हुन्ढ। अन्तिम अक्षर न ले नमर्ने कलाको ब्याख्या गरेको बुझिन्छ।

जिवनको सुरुवाटि चरणलाई हेरने हो भने पुरुष र महिलाको समिस्रण बाट हुन्छ। अर्थात जिवन नितान्त जोर प्रकृया हो। एकल जन्म ब्याख्या मात्र जिवन हुन सक्दैन। जसे एक दिन भन्नाले दुइ प्रहरः दिन अनि रात बुझिन्छ, तयस्तै गरेर जिवन भन्नाले दुबे जन्म मृत्युको समिश्रणको रुपमा बुझ्नु पर्छ। यो वास्तविकतालई भौतिक मानवले कम बुझेको छ किनकि उ सर्बदा जन्म र बाचुन्जेलको कर्मको रोइलो गर्न चाहान्छ।

बास्तवमा जिवन केबल जन्मको रोइलो मात्र होइन। यसका बृह्तर आयामहरु छन। समान्य रुपले माथिको परिभाषालाई मात्र नियाल्ने हो भने पनि यसले जिवनका तिन वटा आयामलाई उजागर गर्न खोजेको छ। पहिलो अक्षरको आयाम केबल बाच्ने प्रकृयामा रहेकोले यसलाई पशुवट जिबन शैलिको ब्याख्यात्मक टिप्पणिसको रुपमा लिन सकिन्छ। किनकि हरेक प्राणिले बाच्नको लागि आवस्यक संघर्ष गारेको हुन्छ। उसको संघर्ष बस्तुत केबल बाच्ने प्रकृयामा हुन्छ र यो पनि जिवन नै हो। दोस्रो अक्षरको परिभषाको ब्याख्यात्मक टिप्पणि गर्ने हो भने यसले मानबिय जिबल प्रकृयाको बारेमा ब्याक्या गर्न खोजेको देखिन्छ। वास्तवमा बाच्ने पर्कृया जिउनु भन्दा सापेक्षित रुपमा मास्तिर रहेको हुन्छ। यसमा ब्याक्ति के हि हद सम्म जिबनको रक्षात्मक कार्यमा धेरै गठजोडमा

त्यस्तै अन्तिम अक्षरको ब्याख्यात्मक टिप्पणि गर्दा नमर्ने बुझिन्छ। अर्थात जिवनको एउटा अर्थले जिवनको अन्त्य कहिले नहुने र सदा जिवन्त रहने कुरापनि जिवनको सार हो भन्ने कुरा अन्तिम अक्षरले बुझाउन खोजेको देखिन्छ,।

 

पुर्वीय दर्शनले जिबनलाई केबल मरणसिल मात्र नमानि यसको बहुआयामिक अर्थलाई

निराकरण गर्न खोजेको देखिन्छ।

भरत साह[1] जिबनको  अस्थित्वको झरना कालखण्डलाई सहजिकरण गर्दै भन्छन “ नाम बिहिन स्वास र स्वास बिहिन नामको अन्तर नै जिबन हो।“ सरसर्ति हेर्दा यो ज्यादै सरल देखिन्छ। यदपि, यो परिभाषाले जिवनको बहुआयामिक विषयको उठान गरेको छ। जिवनको सुरुवाटि चरणमा नाम नहुने तर स्वास हुने भनेर जिवन सुरुवात अदृष्य शक्ति वाट हुन्छ बन्न खोजेका छन। जिवनको सरुबात नामको भौतिकता भन्दा धेरै माथि रहेको कुरालाई उने उजागर गर्न खोजेको देखिन्छ। फेरि श्वास बिहिनताको नाम भनेर उनि जिवन केहि हद सम्मको अमरणसिलता रहेको कुरा बुझाउछन।

जिबान अमर रहेको कुरा सोमनाथ दाहालले[2] मान्ने गरेका छन। उनको तर्कको समान्य जोड धार्मिकतामा आधारित रहेको छ। उनि भन्छन यदि मानव आफै मर्थ्यो भने किन अवतारहरुको ब्याक्या हुन्थ्यो घर्मशास्त्रमा।
दाहालको तर्कलाई पानि नमर्ने जिवनको ब्याक्याको रुपमा लिन सकिन्छ। हाम्रा धार्मिक ग्रन्थहरुमा देवताको अवतारको बयाख्या पाहिन्छ। पुराणहरुमा बिभिन्न देवताको अवतार दानवहरुको बधको लागि थियो भनेर ब्याख्या गरिएको छ। केहि उदारणहरु लिउः रावण मार्नको लागि रामको अवतार,  कंष मार्नको लागि कृष्ण, तारकासुरको लागि कुमार, महिषासुरको लागि दुर्गा आदि। यदि जिवन आफै मरणसिल थियो भने किन यि अवतारको बारेमा ब्याक्या हुदैन थियो होला।

समान्य रुपमा ब्याक्तिको जिबन प्रकृयालाई नियाल्ने हो भने हामि केबल जिबनलाई जुउने र बच्ने कलाबाट हेरिरहेको छौ। किनकि बच्चाको जन्म प्रकृयामा सम्पुर्ण समुदाय खुसि हुने गर्छन। उता जन्मिने बच्चा हातको मुठि बादेर जन्मेको हुन्छ।उसलई लाग्छ उसले समाजमा जिबलमा धेरै चिज बोकेर लयाएको देखिन्छ। उ आफैमा प्राकृतिक रुपमा ब्यहवार गरि रहेको हुन्छ। उसको जिवनमा हासो र आसो सँगै बोकेको हुन्छ् तर मानविय जिवनको बिकासक्रम सँगे बिस्तारै प्राकृतिक कुराहरु हराउदै समजिक राजनैतिक र सास्कृतिक मानवको रुपमा बिकास हुन्छ। यसरि प्राकृतिक मानव बाट समाजिक मानवको परिवर्तन हुदै गर्दा जिवनको बास्तबिक परिभषाबाट मानव धेरै पर गएको र जिवन केबल जन्म र मृत्यु बिडको रिइलो को रुपमा बुज्ने गारेको देखिन्छ।

डा. प्रमोद ढकाल [3] जन्म र मरँकि बारेमा गीताको दोश्रो श्कन्धको २७ औ श्लोक

जातस्य हि ध्रुवो मृत्युःध्रुवं जन्म मृतस्य च।

को ब्याक्यात्मक टिप्पणि गर्दै लेख्छन कि जन्मने अवस्य मर्छन्; मर्ने सबै अवस्य जन्मन्छन् यो दृस्यमय ब्रह्माण्ड पनि जन्मेको थियो। त्यसेले यसको पनि मृत्यु अवस्य हुनेछ, यद्यपि यो जुन शाश्वत सत्यको रुपान्तरणवाट जन्मेको हो त्यो मर्दैन। यहाँ देखिने सबै जन्म मृत्यु त्यहि शाश्वत सत्यको निरन्तर चलिरहने रुपान्तरणका प्रतिकहुन। फलस्वरुप शरिरधारी सबै वस्तु कहिले न रोकिने बन्ने र विधतन हुने प्रकृयामा समेल भइरहेका हुन्छन्।ब त्यस्तै गरेर गीताको दोश्रो श्कन्धको १६ औ श्लोक

नासतो विद्यते भावो नाभावो विद्यते सतः । उभयोरपि दृष्टोSन्तस्त्वनयोस्तत्त्वदशिर्भिः

जे थियो त्यो च र हुनेछ। जे थिएन त्यो छैन र हुनेछैन। अर्थात यो सृष्टिमा जुन आज हामि देखिरहेका छौँ त्यो हिजो कुनै रुपमा थियो र बोलि पनि कुने रुपमा हुनेछ। अर्थात हामिले नासवान् देखेका वा जन्मे मरेको देखैको कुनै चिजहरु वास्तवमा नासवान् छैनन्।ती परिवर्तनशील छन् र ति परिवर्तन भएका हुन नासिएका होइनन्। (119)

डा. प्रमोद ढकालले जिवनको वास्तविक अर्थलाईउ जागर गर्न को लागि गीताको उद्धरण लिएका छन। उनको सार केहो बने जिवन पुर्णरुपले मरणशिल छैन, यद्यपि हामी यति धेरै जिवन बाट पर गइसकेका छौँ कि हामि बास्तविक जिवन को यथार्थलाई बुझ्न सक्दैनौ। हाम्रो ज्ञानको धरातल यति कमजोर भएको छ कि सापेक्षित सत्य र शाश्वत सत्य बिचको भिन्नता छुट्याउन सक्न ल्याकत हामीसँग बाकी छैन होला। जन्मने र मर्ने एउटा समान्य प्रकृया रहेको र वास्तविकता फरक रहेको कुरा हामी बुज्न नसक्ने हुनुमा हाम्रो पुरातन ज्ञान को धरातलको अवसान थियो, हामीले आफ्नो मौलिकतालाई परधनको गर्भमा लुकाएर आफु बाँझो भएको स्वाङ्ग पारि रहेको छौ।

 

४.  पास्चत्य दर्शनः जिवन र मृत्यु

शक्तिको बारेमा पस्चिमी धाराणा नि पुर्विय जस्तैछ।उनिहरुको शक्ति सिद्धान्तले शक्ति कहिले नास नहुने केबल परिवर्तन मात्र हुने भने र ब्याख्या गरेको छ। हामी त्यो पस्चिमि दर्शनलाई सजिलै अङ्गिकार गरेका छौ। यदि यो  साचो हो भने जिवन कासरि मरण शिल हुन्छ। जिवन को प्राण वायु एक शक्ति हो यो त्यस्तो शक्ति हो जो हुदा हुदै नि छैन जस्तो लाग्छ र नहुदा नहुदै नि भएको वास्तविकता हो। तात्पर्य, अहिले सम्म प्राण बायु कसैले देकेको छैन, न त देखाउन नै सकिन्छ।

राजन[4] आफ्नो लेखमा फेडरिक निट्सैको जिवन दर्शन माथि कलम चलाउदै  लेख्छन कि निट्से जिवनलाई क्रियासिल सुन्यताबाट हेर्ने गरेका छन। उनि आफ्नो दर्शनलाई दुईवटा धार वाट  हेर्ने गर्छन। उनि हरेक ब्यक्तिले मानविय संकटलाई चुनौतिको रुपमा लिई त्यसको सामना गरि विजय हासिल गर्नु पर्ने  र असिमित सम्भावना र ईच्छाको बिच बाट शक्ति को खोजि गरि महामानव को यात्रा तिर बड्नु पर्ने। र अर्को धार बाट मानविय जिवना का सिमाहरुको ब्याख्या गर्दै महामानव पनि कतै न कतै निरिह बन्न सक्छ। यदपि उ सँग सहास चै हुन्छ।

ग्रिसका पुरातन दार्शनिकहरुले मृत्युलाई धेरै प्राथमिकतामा राखेका थिएब्नन्। उनिहरु ब्रह्माण्डको श्रृष्टि र प्रकृतिको बारेमा चासो राख्ने गरका देखिन्छन्। थेल्सले प्राचीन ग्रिकमा पहिलो पल्ट जिबानको बारेमा ब्याख्या गर्दै जन्म र मृत्यु एउटा प्राकृतिक बिषय रुपमा ब्याख्या गरेका छन। ह्यामिल्टन केहन्स(1961, p. 25) [5] भन्छन सुकरातले म्रत्युलाई दुई प्रकृयागत रुपमा ब्याख्या गरेका छन्। उनि भन्छन कि त यो बिनास हो जसको कुनै चेतना छैन वा यो एउता परिवर्तन हो जसमा आत्मा एक ठाँउ बाट अर्को ठाँउमा बसाँई सर्छ। यो एउटा चिर निन्द्रा हो जसको डर मान्नु आवस्यक छैन।

 रिचार्ड मेक्लन(1941, p. 556)[6] लेख्छन  प्लेतो जिबनलाई दैव्तवादि सिद्धान्तमा बिशलेषण गर्दै आत्मा अमर हुने र सरिर बाट बहिर निसक्ने कुरालाई आफ्नो फेडो भन्ने कथामा ब्यक्त गर्छन। तर एरिस्टोटल प्लेटो को दैव्दताबादि सिद्धान्तलाई अस्विकार गर्दै आत्मालाई शरिरको स्वरुपको रुपमा ब्याख्या गर्छन्।

 डेभिड ह्युम[7]  लेख्छन कि थोमस होब्स(1588–1679) ले जिवन पछीको  जिवनको खोजि केबल धार्मिक अन्धबिस्वासको कारण हो भनेर ब्याख्या गर्छन।उनको बिचार एउटा भौतिकताबादि जिबनको रहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ। ब्लेज पास्कल मानवलाई पृथक प्राणीको संज्ञा दिदै मृत्युको जानकारी राख्न सक्ने असाधारण प्रतिभा भएको  भनेर ब्याक्या गर्छन।

सोफेनआवर[8] भन्छन कि सबै धर्म र दर्शनहरुले मुलभुत रुपमा मृत्यु को ब्याख्या गर्दै सम्पुर्ण मानवलाई त्यतै तिर डोराउन खोजेको कुरा ब्यक्त गर्छन। उनि भन्छन कि यसले मृत्युको निस्चितताको कुरा गारि भयभित पार्न खोजेको कुरालाई ब्याख्या गरेका छन फेडेरिक निट्सेले मृत्यको गहन अर्थको बारेमा ब्याख्या गरेका छन। उनि भन्छन जिवन्त बन्नको लागी लगाब र सत्य चाहिन्छ। यो त्यस्तो सत्य हो जसमा ब्याक्तिको जन्म र मृत्युको सत्यता अनुगृहित हुन्छ। सत्यको लागि सहास चाहिन्छ। उनका लागी भगवानको मृत्यु भैसकेको छ। यो संसारमा आध्यात्मिक चिजहरुको कुनै अर्थ छैन।

५.    उपसंहार

पुर्वीय दर्शन जिवनलाई आध्यमिकतासँग जोडेर हेरि जिवन पछि पनि जिवन रहने कुरामा केहि हद सम्म विस्वास गर्ने गारेको देखिन्छ। सनातनि संस्कारमा गरिने मृत्यु संस्कारले यि कुराहरुको झल्को दिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 



[1] प्रसादी एकेडेमी लालितपुरका जिब विज्ञानका अध्यापक

[2]  झरना संञ्चारका संम्पादक र नेपालि साहित्यका अध्येता

[3]  पूर्वीय दर्शनको पुनर्ब्याख्या का लेखक

[4]  वनारस विश्व विद्यलयबाट दर्शनमा वद्यावारिधि गरेका शोध कर्ता, रिसर्च गेटमा ४वटा शोध छपएका ब्यक्ति

[5]  The Collected Dialogues of Plato का लेखक जुन प्रिन्सटन विश्वबिद्धालयको प्रेस बाट छापिएको छ।

 

[6]  The basic works of Aristotle का लेखक जुन न्युयोर्क रयान्डम हाउस बाट छापिएको छ।

[7]  The philosophy of self का लेखक

[8] The World As Will and Idea का लेखक जुन Haldane and Kemp 1948, p. 378 ले जर्मनिबाट अंग्रेजीमा अनुवाद गरेका छन। यो Routledge & Kegan Paul; 9th edition (January 1, 1948) मा प्रकासन भएको हो।

 

Sunday, October 25, 2020

दशै

 

दशै हिन्दुहरुको महान चाँड हो। यो सबैको जन जिब्रोमा झुन्डेको छ। किन यो महान चाँड हो त यो? कहिले यस बिषयमा हामीले खोज्ने प्रयास गर्यौ त? यस्ता कयौ प्रश्नहरु अनुत्तरित छन आजको आधुनिक समाजमा।

सुरुवाट गर्न चाहन्छु दशैको कथा बाट। हामी सबेलाई थाहाँ भएकै बिषय हो। दशै आसुरी शक्तिमाथि दैविक शक्तिको बिजयको गौरवगाथा हो।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशःशैलपुत्री,ब्रह्मचारिणी, 

चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमी को दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ 

 यो चाडको मिथकिय कथामा सम्पुर्ण देवताले शुम्भ निशुम्भलाई बध गर्न नसके पछि शक्ति सरुपा देवीको आरधाना गरी उनै देवीको हातबाट ति आसुरी शक्तिको अन्त्य गरेको कथा पाइन्छ।

यसको तात्पर्य केबल आसुरी शक्तीमाथि दैवी शक्तीको बिजयमात्र थिएन। यो त सनातनी समाजमा महिला पुरुष समानताको बिषेशताको पनि प्राधुवाद थियो। यसले वैदिक समाज पुर्ण रुपमा पृत्रिसतात्मक नभई पृत्रिसतात्मकाता र मात्रिसतात्मकता को समिश्रण थियो भनेर उजागर गर्न खोजेको देखिन्छ। यसरी समातामुखि समाजको परिकल्पना गरेको हुदा बास्तवमा यो महान चाड हो।

अब जमराको कुरा गरौ। जमरा भन्नाले उमारिएको अन्नको टुसा वा पालुवा हो। यसरि जमरा उमार्दा बिजको उमर्ने क्षमताको परिक्षण हुन सक्छ। आफुले भण्डारण गरेर राखेको बिजको उर्बर क्षमता छ कि छैन भनेर त्तत्कालिन समाजमा परिक्षण गर्ने पकृयाको थालनिलाई धार्मिकतामा जोडेर राखिएको हुन सक्छ।

अब बलि प्रथालाई नियालौ। दशैमा दिइने बलिलाई लिएर धेरै कमेन्ट र आलोचना गरिएको पाइन्छ। हुनत यसलाई हिंसाको रुपमा पनि ब्याख्या गर्ने गरेको देखिन्छ। नवरात्रिको आठौँ दिनमा महाकाली -भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ।

यो बलि प्रथाले मानव सभ्यता कृषि युगबाट पशुपालन युगमा प्रवेश गरेको कुरालाई बुझाउन खोजेको देखिन्छ। किनकि बलि दिने दिन पशु बलि दिनु भन्दा पहिले घिरौला वा कुभिन्डोको बलि दिने गरिन्छ। त्यस पस्चात मात्र पशु वलि दिइन्छ। तसर्थ यो केबल हिंसा मात्र होइन।

त्यस्तै दशैमा लगाइने टिकाले बिरताको सन्देश दिन्छ। रातो रङ्गमा मुछिएको अक्षताले आसुरि शक्ति माथि दैविक शक्तिले बिजय प्राप्त गरेको हर्ष बढाईको रुपमा  लिने गरिन्छ। मानविय बिरताको बिरासतको रुपमा रातो रङ्गको प्रयोग भएको पाइन्छ। यसले नराम्रो गुणलाई राम्रो गुणले पराजित गर्ने र त्यसलाई सहृर्ष स्विकारिएको स्विकारोक्तिको रुपमा बिम्बित गरेको कुरा देखिन्छ। दशैको टिका केबल बिजयको घोतक मात्र नभइ यो समाजिक जिबनको महिमा उजागरण गर्ने कार्यको रुपमा पनि लिन सकिन्छ। यस टिका ग्रहण गर्नको लागि मानव आफ्ना नाता कुटुम्बको घर जाने गर्छन। यसले कुनै न कुनै रुपमा मानविय समाजको समाजिकता बढाउन मद्धत गरेको देखिन्छ। यो मानविय समाजिकताको पुनर्ताजकि हो। यसले आफ्ना नाता र कुटुम्बको बिचमा भावना साटासाट गर्न र सम्वन्धको समाजस्यता कायम गर्न मद्धत गरेको देखिन्छ। साथै यसले समाजिक मेलमिलापको बढोत्तरिमा पनि सघाउछ। टिका ग्रहणको बेलामा दिइने आशिषको पनि बिशेष अर्थ देखिन्छ।

आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ॥

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥

द्रोणको छोराको जस्तो आयु होस। दशरथको जस्तो

 श्रीसम्पती होस्। अनि राम अर्थात राघवको जस्तो शत्रुलाई परास्त पार्न सक्ने क्षमता होस्।नहुषको जस्तो सुख ऐश्वर्य होस्। दुर्योधनको जस्तो मान होस्। सुर्य पुत्र कुन्तीको जस्तो दान गर्ने मनशाय र भाव होस्। हलो बोकेर हिड्ने बलरामको जस्तो बल होस्। कुन्ती पुत्र युधीस्ठीरको जस्तो सत्यता होस्। जिवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधी बाहीर छिन्, उनी प्रति नमन र मानव खप्परको माला लगाएकी कपालिनी प्रति हार्दीक नमन दुर्गतीको नाश गर्ने दुर्गा प्रति नमन अनि एकाकार र सर्बशक्तिमान शिव प्रति नमन । क्षमा की देवी क्षमा प्रति नमन, र सबै जीवकी दाती धातृ प्रति नमन, हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहा प्रति नमन, मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रतिनमन । सबैजना देवीलाई हार्दीक नमन। यो त केबल शाब्दिक अर्थ हो। वास्तबमा यसको आसय धेरै माथि रहेको छ। मरणशिल जिवनको वास्तविकतालाई उजागर गर्दै जिबन चिरञ्जबि बनाउने कार्यमा जिबनलाई अगाडि बढाउनु पर्ने भाव आयुर्द्रोणसुते ले बताउन खोजेको छ। दशरथको जस्तो सम्पति होस भनेर कर्तव्य पारायण पुत्र( किनकि आफ्ना पिताको आज्ञा सिरोपण गर्ने पुत्र नै मुख्य धन भनेर) सांस्कृतिक सभ्यताको धनलाई बुझाउन खोजेको छ। रामको जस्तो शक्तिको कुरा गरेर आफ्नो स्त्रीको रक्षार्थ शत्रुको परास्त गर्ने सक्ने बलबुताको भाव झल्काउन खोजिएको छ। ऐश्वर्य नहुषे गतिश्च पवने शब्दले नहुषको जस्तो गति प्राप्त होस भनेर ईन्द्रको प्रतिस्थापन गरेर स्वर्गको राजकाज पनि गर्न सकियोस भन्ने भाव देखाउन खोजिएको छ। यश र कृतिले स्वयम भगवानको प्रतिस्थापन गरि मानवको महत्वलाई उजागर गरिएको छ। मानञ्च दुर्योधने ले दुर्योधनको जस्तो आफ्नो मान राख्न जिवनको आहुति दिन पनि पछि नपरियोस भन्न खोजिएको छ। आफु हार्न सक्छु भन्ने जान्दा जान्दै पनि आफ्नो संकल्पको लागि युद्धमा होमिएर ज्यान आहुति गर्न सक्ने दुर्योधनको बिम्ब प्रयोग गरिएको छ। शौर्य शान्तनवे शब्दले सुर्य पुत्र कर्णको दान गर्ने क्षमता र हेला र हेय भवलाई पनि बेबस्था गर्न सक्ने शान्त स्वभाव देखाउदै आवस्यकता अनरुप मानवमा शान्त गुण पनि हुनु पर्ने भाव देखाउन खोजिएको छ। बलं हलधरे शब्दले बलरामको शक्तिको याचना गरिएको छ। बलराम शक्तिशाली हुदा हुदै पनि महाभारतको युद्धमा कसैको पक्ष नलिई तटस्थ बसेकोले त्यसको बिम्बमा आफ्नो बललाई पक्ष बिपक्षमा नराखि आवस्यकता अनुसार तटस्थ बस्नु पर्ने भावको ब्याख्या गर्न खोजिएको छ। हलोको बिम्बले कृषिको महत्वलाई उजागर गरिएको छ। सत्यञ्च कुन्तीसुते शब्दले मानवमा सत्य बचन बोल्न सक्ने सहास खोज्न खोजिएको छ। विज्ञान बिदुरे भवति भावताम शब्दले बिदुरको जस्तो ज्ञान र त्यसको प्रयोग गरियोस भन्न खोजिएको छ। यसले बौद्धिकता राज्य संयन्त्रको डरमा नपरि सत्य बोल्न सक्ने ल्याकत भएको होस भन्ने कामना गरिएको छ। बिदुर धित्रराष्टको महामन्त्री भए पनि उनको गल्तिलाई सधै कटाक्ष गर्ने पात्रको रुपमा उभिएको हुदा मानवको बौद्धिकता सहि र गलत छुट्याउन सक्ने हुनु पर्ने भाव बिदुर शब्दबाट खोजिएको छ। साथै नरायण भगवानको कृतिलाई मानव  जिबनमा प्राप्ति गर्न खोजिएको छ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जस्ता वाक्यांसले केबल पुरुषको बिम्ब मात्र नभई महिलाको पनि महत्वलाई उजागर गरिएको छ। यसले महिला र पुरुषको लैङ्गिक समतालाई उजागर गर्दै महिला पुरुष समान रहेको र जिबन लैङ्गिक सहअस्थित्वबाट चल्ने कुरा देखाइएको छ। यसरि दशैमा दिइने आशिषले आदर्श सामजको परिकल्पना गरिएको छ।

अब दशैमा दिइने दक्षिणाको कुरा गरौ। यो बिषय पनि धेरै टिप्पणि गरिने बिषय भएको छ। के दशैमा दक्षिणा दिनै पर्ने बाध्यता हो त? बास्तबमा दशैमा दक्षिणा दिने कुराको कुनै ठुलो महत्व छैन। के हामीलाई थाहा छ?

टिका लगाउदा खोलिएको अञ्जुलि केबल आशिषको लागि थापिएको हो। बैदिक सनातन संकारमा खालि हात न होस भनेर खोलिएको हातमा सगुन हालि दिने चलन छ। तसर्थ उक्त खोलिएको हातमा सगुन स्वरुप फुल, पाति या कुनै फल मात्र पनि राखिदिन सकिन्छ। तर त्यसलाई बिस्तारै आफ्नो सम्पन्ताको सुचकको रुपमा पैसा दिन थालिएको हो। तसर्थ दशैको टिका लगाएर पैशा नै दक्षिणाको रुपमा दिनु पर्ने बाध्यात्मक ब्यबस्था होइन।

अन्त्यमा दशै एउटा वैदिक सनातन धर्म को बिशेष चाड हो। यसले मानवको सम्पुर्ण चारत्रिक विकासको बारेमा आदर्श भाव ब्यक्त गरेको छ। हामीले यसलाई बिशेष पर्वको रुपमा मनाउनु पर्छ।

 

 

 

 

 

 

 

Monday, September 7, 2020

अनुवादः एक सैद्धान्तिक परिचय



         अनुवादः चुनौति र अवसर
0.  परिचय
     अनुवाद १९६० को दशकवाट साहित्यिक लेखनमा प्रयोग भएको पाइन्छ। सुरुवाटि कालखण्डमा यसलाई छुट्टै विधाको रुपमा स्विकारिएको थिएन। अनुवादकलाई लेखकको रुपमा नहेरिने र यो त्यति धेरै प्रतिष्ठाको बिषयको रुपमा हेरिदैन थियो। अनुवादलाई दोश्रो दर्जाको लेखन शैलीको रुपमा हेरिदै गर्दा बिस्तारै यसको महत्व साहित्यिक लेखनमा बढेको देखिन्छ। अनुवाद भन्नाले कुनै पर विश्वको नयाँ सांस्कृतिक ज्ञानको लक्षित संस्कृतिमा रचानत्मक सृजना हो। वास्तवमा यो अनेकतामा एकता को सचेतना हो। यो एक विस्व साहित्यको सांस्कृतिक बिकासक्रमको साधन हो जसले बिचारको आदान प्रधान गर्न मध्दत गर्छ।
१.    अनुवादको सैद्धान्तिक बिकासक्रम र परिभाषाः
      अनुवादलाई ब्यख्यात्मक शिल्पको रुपमा लिएको देखिन्छ । । यो एउटा त्त्यस्तो शिल्पकला हो जसमा श्रोत भाषा र लक्षित भाषा बिचको समज्यस्यता बिच अनुगृहित हुन्छ । । एन्डरे लेफेवेरेले [1]सर्बप्रथम सन् १९७८ मा अनुवाद शास्त्रको प्रयोग अनुवाद सिद्धान्तमा गरेका थिए ।यसले श्रोत भाषामा रहेको बिसयबस्तुको खोज गर्न उल्लेख्निय मद्धत गरेको पाइन्छ। प्राकृतिक रुपमा यो भाषीक विज्ञानको भित्री कृयाकलापको ब्याख्याको रुपमा हेर्ने गरिएको छ । कत्फोर्द(१९७८)[2] अनुवादलाई एक भाषीक बिषयबस्तुलाई अर्को भाषीक बिस्षयबस्तुको रुपमा प्रतिस्थापन गर्ने कृयाकलापको रुपमा ब्यख्या गर्दछन। यसलाई स्रोत भाषाको अर्थलाई लक्षित भाषामा प्रतिस्थापन हो भनेर ब्याख्या गर्छन ।उनी भन्छन अनुवाद भनेको भाषीक कृयाकलापको चिरफारहो । एउटा भाषाको बिषयबस्तुलाई अर्को भाषामा लाने प्रकृया हो ।  पेटर नेमार्क[3] अनुवादको समस्यालाई ब्याख्या गर्दै भन्द्छन कि यसमा श्रोत बिषयको केहि शब्द र अर्थ  हराउन सक्दछ ।   निडा[4] यसलाई बिज्ञानको रुपमा ब्याख्या गर्छन । उनि अनुवादको परिभाषा एकल नहुने र बिषय परक भएर सम्पादन गर्नु पर्ने कुरालाई जोड दिदै गद्य र पद्य अनुवादको परिभाषा एउटै नभइ फरक फरक हुने मत ब्यक्त गर्छन ।सुसन ब्यासनेटले[5]अनुवादलाई औधोगिक पुजिवाद र औपनिवेशको बिस्तारको परिधिमा बसी ब्याख्या गरेका छन। अनुवाद भनेको बौद्धिक कृयाकलाप हो। यसमा श्रोत बिषयले कुनै पनि लक्षित बिषयको बारेमा बोल्दछ। गोबिन्द राज भट्टराई[6](२००० २) भन्छन अनुवाद भनेको स्रोत भाषामा रहेको बिषय बस्तुको भावलाई लक्षित भाषामा प्रतिष्थापन गराउने प्रकृया हो ।
२.    अनुवादका प्रकार
सुसन ब्यसनेट(१९८०;१३) एडवर्ड लाई उध्दरणमा लिदै बन्छन कि  सम्भवत संसारका कुनै दुई भाषाहरु समान समाजिक वास्तविकताlलाई प्रतिबिम्बित गर्न सकदैनन् । भिन्न समाजिक विश्वहरु एक अर्काका परिपुरक हुन सक्दैन् किनकि ति दुबे आफैमा पुर्ण र भिन्न छन।
      ब्यसनेट को तर्कलाई आधार मान्ने हो भने  संसारमा  हरेक समाजमा बोलिने भाषा फरक रहने र ब्याक्तिहरुले फरक फरक भाषा बोल्ने सत्य कुराको उजागर भएको बुजिन्छ। फरक भाषाको बाक्य संरचना फरक हुने र त्यसको भाव पनि तथ्यगतरुपमा फरक हुन्छ।
        बिजय कुमार दास  (२००९; २८-२९)[7]जोन ड्राइडनको भनाईलाई उद्धृत  गर्दै  भन्दछन कि अनुवादलाई तिन भगमा बिभजन गर्न सकिन्छ। मेटाफ्रेज, प्याराफ्रेज र इमिटेसन। शब्दानुवाद, भावानुवाद र स्थनियकरण। त्यस्ते रोमन याकोब्सनको बिचार उद्धृत गर्दे दास अनुवादलाई तिन भिन्न प्रकरयाको कुरा गर्छन। एकल भाषिक अनुवादः  यो अनुवाद मा एकल भाषा भित्र भएका संकेतलाई त्यहि भाषा बित्र रहेको अर्को बषिक संकेतमा रुपान्तरण गरिन्छ।  अन्तर भाषिक अनुवाद बन्नाले  एक भाषामा भएको भाषिक संकेतलाई अर्को भाषिक संकेतमा रुपान्तरण गर्ने प्रकृया बुझिन्छ। लाक्षणिक अनुवाद मा एक भाषिक काब्यमा रहेको लक्षणालाई केन्द्र बिन्दु मा राखेर अनुवाद गरिनछ।
३.    अनुवादको ईतिहास 
      सुसन ब्यासनेट (१९८० ४०-४१) लेख्छन कि वास्तवमा अनुवादको सुरुवात कसरि भयो यकिनका साथ भन्न सकिदैन । यदपि रोमन सभ्यतामा अनुवादको स्थान भएको कुरा सिसेरो र होर्यास जास्ता अनुवादक को अस्थित्वले प्रमाणित गर्छ। यसको तात्पर्य  अनुवादको सुरुवाट कहिले भएको एकिन नभयता पनि रोमन सभ्यताको पालामा अनुवाद अस्थित्वमा रहेको प्रमाणित हुन्च। तसर्थ  रोमन सब्यतालाई नै आधिकारिक रुपमा अनुवाद सुरु भएको युगको रुपमा लिन सकिन्छ। त्यसपछि इङ्गल्याण्डमा अनुवाद को क्रमिक बिकास  हुदे आएको देखिन्छ। वास्तवमा अंङ्ग्रेजी साहित्यको सुरुबाटि कालखण्डमा अनुवादको उल्लेखनिय भुमिका रहेको छ।राजा  अल्फ्रेडको पालामा एङ्गलो स्याक्सन साहित्यको अनुवाद भएको छ। कबिहरु वाट र सरेले ईटालियन कबिताहरुलाई अंग्रेजिमा अनुवाद गरेका छन।  यि त केबल प्रतिनिधि पात्र मात्रै हुन।
४.    नेपाली किताबको अंङ्ग्रेजी अनुवादको बिकास क्रम
        नेपाली साहित्यको अंङ्ग्रेजी अनुबादको ईतिहास धेरै लामो पाइदैन।  नेपाली साहित्यको ऐतिहासिक कालखण्डमा भानु भक्तलाई प्रमाणिक अनुवादक मान्न सकिन्छ किनकि संकृतमा लेखिएको रामायणलाई नेपाली अनुवाद गरेर नेपालि जनजिब्रो मा उक्त महाकाब्यलाई जिबन्त बनाएका थिए। तर पानि नेपाली साहित्यलाई अंङ्ग्रेजीमा अनुबाद गर्ने श्रेय हामीले लक्ष्मि प्रसाद देवकोटालाई दिनु पर्छ। उनले २०१३ सालमा भिमदत्त रोक्का लागाएत अरु साहित्यकारको सहयोग मा ईन्द्रेणी साहित्यिक पत्रिकामा नेपाली कबिताहरुको अनुवाद गर्न थालेको देखिन्छ। नेपाली कबिता अनुवादको सम्बन्धमा  माधवलाल कर्मचार्य (२००२)[8]लेख्छन कि देवकोटा स्वयमले सन् १९६४ मा शुलोचना महाकाब्यलाई अंङ्ग्रेजिमा अनुवाद गरेका थिए। मुनामदन खण्ड काब्यको अंङ्ग्रेजीमा अनुवाद  सन् १९६९ मा मधुसुधन देवकोटाले गरेका थए भने सन् १९९७ आनन्द श्रेष्ठले गरेका थि।  पछि उक्त किताब मिचेल जेम्स हटले नि सन् १९९६ मा गरेक थिए।  देवकोटाले समकालिन साहित्यकारहरुको कृतिलाई पनि अंङ्ग्रेजिमा अनुवाद गरेका थिए। उनले  बालकृष्ण समको मृत्यु पछिको अभिब्यक्ति को अंङ्ग्रेजि अनुवाद गरेका थिए। तिर्थ राज तुलाधरले म. बि.बि. शाहको कबिताहरुलाई अंङ्ग्रेजिमा अनुवाद गरेका थिए। सायद यो नै अंङ्ग्रेजिमा अनुवाद भएको पहिलो कबिता संग्रह थियो।  तिर्थराज तुलाधरले सन् १९९४ मा  विजय मल्लका ५६ वटा कबिताहरुलाई  मेरो ईचछा र अन्य कबिताको [9]शिर्षकमा अनुवाद गरेका थए। माधवलाल कर्मचार्य र अयोध्य प्रसाद प्रधानले संयुक्त रुपमा केदारमान ब्यथितको एकासि वटा कबिताहरु अनुवाद गरेका थिए। माधवलाल कर्मचार्यले छिन्नलताको लगभग ७० वटा कबिताहरुलाई अंङ्ग्रेजिमा अनुवाद गरे। उनले सिद्धिचरणका ६७वटा कबिताहरु पनि अनुवाद गरेका थए। यसरि नेपाली कबिताको अनुवादमा कर्मचार्यको बिशेष भुमिका रहेको देखिन्छ। डा. तारानाथ शर्माले चांदनी शाहका कबितालाई अंङ्ग्रेजिमा अनुवाद गरेको पाईन्छ।  त्यस्तै  पध्म देवकोटाले नेपाली कबिताहरुलाई अंङ्ग्रेजिमा अनुवाद गरेर नेपाली अनुवादको ऐतिहासिक पर्खालमा योगदानको ईट्टा थपेका छन।डेभिड रबिन सायद प्रथम अंङ्ग्रेजी मातृ भाषक हुन जसले नेपाली साहित्यमा बिशेष ध्यान दिएको देखिन्छ। लक्ष्मि प्रसाद देवकोटाका कबिताहरु रबिनले अनुवाद गरेको देखिन्छ।
            गध्यको  अनुवादको इतिहास पनि पध्य जति नै पुरानो छ। सायद प्रहलाद नाटक नै पहिलो नेपाली नाटक होला जुन अंङ्ग्रेजीमा अनुवाद भएको छ। यसलाई मधुसुधन देवकोटाले  अनुवाद गरेका हुन। त्यसे गरि अस्वस्थामा नाटक पध्म प्रसाद देवकोटाले अनुवाद  गरेका थिए। शिरिषको फुल समभवत पहिलो नेपाली उपन्यास होल  जुन अंङ्ग्रेजीमा अनुवाद बएको छ। यो टंक बिलास वर्य र सन्ड्रा जेडिस्टेन ले सामुहिक रुपमा सन् १९७२ मा गरेका हुन।  नेपाल भाषाको प्रथम  अनुवाद भएको उपन्यास धुस्वन सयमिको ग्रहण हो यसको अनुवादक टि र कंसाकार हुन। ल्यरि हर्तसेल ले शंकर कोइरालाको खैरेनि घाट, जि बि मल्लको पल्लो घरको झ्याल र लील बहादुर क्षेत्रिको बसाँइ उपन्यास अनुवाद गरेका छन।


     
      अनुवादका सिमा तथा चुनौति हरु
      अनुवाद भाषीक अर्थको रुपान्तरण र तथा प्रतिस्थापन
      भएकोले यसका सिमाहरु छन। सम्पुर्ण भाषीक रुपान्तरण गर्न सम्भव छैन किनकि श्रोत भाषा र लक्षित भाषा बिचमा पुर्ण रुपले समानता पाइदैन। यसरी असमान भाषीक गुण हुदा अनुवादमा समस्या आउन सक्छ। सांस्कृतिक शब्दको भावानुवाद पनि अनुवादको समस्या हो। भौगोलिक शब्द आदि को अनुवाद गर्दा पनि त्यसको मर्म नखुलाउन सक्छ। उदारणको लागिः चन्द्रमालाई मुन (moon) भनेर अनुवाद गर्दा मुनले चन्द्रमाको सांस्कृतिक र धार्मीक भावलाई समेट्न सक्दैन। किनकि पूर्विय दर्शनमा चन्द्रमाको सांस्कृतिक र धार्मीक रुपमा विशेष अर्थ छ। साथै व्याकरणात्मक भिन्नताले पनि अनुवादमा चुनौति ल्याउने गर्छ। नेपाली ब्याकरणमा वाच्य तीन प्रकारका छन् तर अङ्ग्रेजिमा वाच्य केबल दुई प्रकारका मात्र छन। यसरि भाव वाच्यको वाक्यको अनुवाद गर्दा केहि चुनौति आउँन सक्छन्। त्यस्तै सर्वनामको अनुवादमा नि समस्या हुन सक्छ। पुरूषवाचक सर्वनामको प्रयोग आदार अनुसार फरक फरक प्रयोग गर्ने गरिन्छ। जस्तो त, तिमि तपाँई आदि तर अङ्ग्रेजिमा केबल you को प्रयोग हुन्छ। तँ गृहकार्य गर। तिमी गृहकार्य गर। तँपाई गृहकार्य गर्नुहोस। यि तीन वाक्यको अङ्ग्रेजि अनुवाद you do your home work. हुन्छ। तसर्थ अनुवादमा भाषीक, सांस्करतिक र ब्याकरणात्मक चुनौतिहरु धेरै हुन्छन्। यि चुनौतिहरुलाई अनुवादमा विशष रुपमा सम्बोधन गर्नु पर्छ।
५.    अनुवादको उपयोगिता
      अनुवाद आफैमा चुनौति भएता पनि यसको उपयोगिता धेरै छ। यसले सांस्कृतिक धरातललाई फराकिलो पार्न मद्धत गर्छ। कुनै पनि भाषीक साहित्यलाई अर्को भाषीक पाठकको माझमा पुर्याउन अनुवादको विशेष भुमिका रहेको हुन्छ। यसले भिन्न भाषा समुहको सांस्कृतिक भाषीक समाजिक बिचारको आदान प्रदान गर्न बिशेष मद्धत गर्छ। त्यस्तै गरेर यो भाषा शिक्षणमा प्रयोग भई भाषिक शिकाईको माध्यमको रुपमा काम गर्छ। यो केबल साहित्यमा मात्र नभइ बोलिचालिमा नि प्रयोग हुन्छ। यसले  ब्यबसाहिक प्रयोजनमा पनि बिशेष सहयोग पुर्याउने देखिन्छ। पर्यटन ब्यबसायमा यसको उच्चतम प्रयोग भएको पाईन्छ।
मानव यो ब्रह्माण्डकै सबै भन्दा उत्कृष्त प्राणि हुनुमा उसको बोलाई लेखाई पढाई र त्यि चिजले उसको आनिबानिमा पारेको प्रभाव र श्रिजनसिलता आदि को कारण हो। मानव बिभिन्न भाषाको प्रयोग गर्ने ल्याकत राख्दछ। भाषिक प्रयोग को क्षमताले ग्रदा उसले बिगत र बर्तमान बिचको समजस्यता मिलाउन सक्छ। अनुवाद एउटा त्यस्तो साधन हो जसले सम्पुर्ण ईतिहास धर्म संस्कृतिको बारमा जानकारि आधान प्रधशान गर्न मधदत गर्छ। यदि अनुवाद बिज्ञन नहुदो हो त
अङ्ग्रेजहरुले ल्याटिनको बारेमा थाहा नै पाउने थएन्न।न त पुर्विय हरेले पश्चिमि गोलार्धको बारेमा थाहा पाउने थिए न त पश्चिमिहरुले पइर्विय गोलार्ध को बारेमा थाहा पाउने थिए। गोबिन्द राज भट्टराई (२००० ९) साहित्यिक अनुवादले हामिलाई बिभिन्न देष र भाषिक साहित्यमा चलेका चलन र सैदान्तिक बादहरुको बारेमा थाहा दिन मध्दत गर्छ। यसले साहित्यिक ज्ञानको धरातल धेफराकिलो बनाउन मध्दत गर्नु को साथै रै फराकिलो बनाउन मध्दत गर्छ। साहित्यको पाठकहरु बडाउनु को साथै भषिक र सांस्कृतिक ज्ञनको धरातल
बिजय कुमार दास (1998 १२) अनुवादले बिभिन्न कथाहारुका बिषय र साहित्यका बिदा हरुमा प्रयोग भएका लेखन प्रकृया वा रचनात्म लेख्य शिल्पि भित्राउन मध्दत गर्छ। महाभारत र रामायण को अनुवादले ले अनुवाद आफैमा एउटा नया लेखन प्रकृया को रुपमा स्थपित गराउन मध्दत गरेको च। तसर्थ अनुवादले लेखन प्रकरयामा नया शैलिको बिजारोपण गर्न सक्छ। बिगतमा अनुवादको खासै महत्व थिएन। यसलाइ बास्तविक बिषय बस्तु नाथिको बेवस्था बाट निसकेको साहित्यिक लेखन कार्य हो। अनुवादको प्रमुख उदेष्य दुई भिन्न भासा समुहको फरक बिचको समाजस्यता हो। आन्ड्रे लफार्भ(२०१०: ८) अनुवादलाई विश्व साहित्यको ज्ञानको प्रत्यारोपण हो। सांस्कृतिक सम्बन्धको आदान प्रदान गर्नुको साथै परास्परिक भातृत्वको भावना जगाउन अनुवाद सिध्दान्तले मुख्य भुमिका खेलेको छ।
       अनुवादले विश्व साहित्यलाई साधुराएको छ। यसले एउटा निस्चित समुहको संस्कृतिलाई सिमित धेरावाट बाहिर निकालेर विश्व संस्कृतिको अङ्ग बनएको छ।अनुवाद भन्नाले एउटा भाषिक भावलाई  अर्को भाषाको बिम्बमा लैजाने कृयाकलाप हो। तर भाषिक बिम्बभाषा पिच्चे फरक हुन्छ। ति फरक बिम्बले  संस्कृति र ब्याकरणलाई एक अर्का भन्दा फरक बनाउछ। वास्तवमा भाषाको मुख्य  कार्य  बिचारको आदान  प्रदान हो। भाषिक विचार कुने पनि भाष्य संस्कारमा निर्भर पर्छ।


६.    उपसंहार
अनुवाद शास्त्र एक छुट्टै बिधामा स्थापित हुनमा बिशेष गरि भाषाबिदहरुको भुमिका रहेको छ। १९६० को दशकबाट  यो नयाँ बिधाको रुपमा चिनिन थालेको छ। यसका बिभिन्न धारहरु बिकसित हुदै गएका छन। सम्पुर्णरुपले कुनै पानि साहित्यिक कृतीहरु अनुवाद नभएता पनि, अनुवादको आवस्यकता अपरिहार्य छ। यसले केबल साहित्यको धरातल मात्र फराकिलो पार्दैन, यसले बिभिन्न भौगोलिक परिवेषका भाषा साहित्यको ज्ञान र लेखन शैलिलाई परिष्कृत बनाउन मद्धत गरेको छ। पाठकहरुलाई विश्व साहित्यको बारेमा आवस्यक  खुराक पस्किनलाई यो धेरै सहयोगी भएको छ्

















[1]  Translation/History/Culture. London: Routleadge, 1992. Print. का लेखक
[2]  A Linguistic Theory of Translation. . London: OUP, 1978. Print. का लेखक
[3] A Textbook of Transaltion का लेखक
[4] Contexts in Translating का लेखक
[5] Translation Studies.2nd ed. London: Menthen, 1980 का लेखक
[6] . An Introduction to the Translation Studies. Kathmandu: Ratna Pustak             Bhandar, 2000. Print. का लेखक
[7] A Handbook of Translation Studies.2nd ed. New Delhi: Atlantic, 2009.    Print. का लेखक

[8] . अनुवाद ग्रन्थ सुचि. काठमान्डौः नेपाल प्रज्ञा प्रतिष्ठान, 2002. को लेखक। यो पुस्तकले अनुवादित नेपाली किताबहरुको अभिलेखकरण गरेको छ।

[9] My Desire and Other poem को नेपाली अनुवाद( यस लेखका लेखकको अनुवाद)