Thursday, June 3, 2021

 भंगेरी

एउटा सानो भंगेरो सिमलको गाछीमा गुण बनाएर बसेको थियो। उ खुसी थियो। उसलाई लाग्थ्यो कि संसार उसैको हो। उ स्वतन्त्र भएर उड्थ्यो। उसका चाहनाहरु सिमित थिए। उसको परिवार सुरु भएको थिएन। बिस्तारै उ बढ्न थाल्यो। उसका चाहनाहरु बढ्दै गए। उसलाई परिवारको चाहना भतो। प्रगतिसिल समाजमा वंश धान्ने चाहना राख्नु गलत थिएन। उसले एउटी भंगेरीलाई माया जालमा पार्यो र घरजम बसायो।
त्यो सानो सिमलको गुण उसको लागि प्रयाप्त भएन। उ बाध्य भयो र जंगलको ठुलो सालको गाछीमा बसाई सर्यो। उसलाई लागेको थियो ठुलो ठाऊको बसाई सहज हुन्छ। बिचरा चरि! उसलाईके थाँहा जङ्गल राजको कथा। उसलाई त सिमलको रुख जस्तै कञ्चन लागेको थियो त्यो जङ्गल।
गुण बनाउदै गर्दा छिमेकीहरु राम्रै जस्तो लाग्या थियो उसलाई। कोहि कोहि त बेसारे पारामा सोध्थे उसलाई केहि सहयोग चाहिन्छ कि भनेर। उसले त्यो छद्म भेदि कुरा बुझ्न सकेन। बुझोस नि कसरी? उ त छद्म भेदि थिएन।उसलाई त संसार उ जस्तै निर्मल लाग्थ्यो।
बिस्तारै रङ्ग भेदि समाजको रङ्ग बुझ्न थाल्दै थियो। दैवको लिला, भंगेरोकि जहानले नयाँ जिवनको फुल खेलाउन थालि। बिस्तारै भंगेरिको बानि परिवर्तन हुन थाल्यो। भंगेराको मन नि फुरुङ्गै भयो। तर उसको खुशि निमेष भरको मात्रै हो भनेर बुझ्न सकेन। सकोस नि कसरी? परको टोड्कोमा घात लगाएर बसेको त्यो कालो नाग उसको नजरमा आउने कुरै भएन। उ त ढुक्दै थियो कति खेर भंगेरिले फुल पार्लि र खउला भनेर। नभन्दै जसै भंगेरिले फुल पारि त्यो नाग आई हाल्यो फुल खान। वास्तवमा त्यो नागको जिवन चर्यानै अर्काको फुल चोरेर खानुमा बितेको थियो। जसै नाग सालको गछिमा चड्न थाल्यो भंगेराले बुझ्यो कि उसको वंशको बिनास हुदै छ। उ रुखको वरिपरि उड्न थाल्यो। बिचराले गर्न सक्ने केबल त्यति न हो। उसले मध्दत नमागेको पनि हैन देखे र चिने जति सबैसँग हार गुहार गरेकै हो। तर कोहि मधदतको लागि आएनन्। सायद चारो टिप्न जंगलबाट गाउ तिर लाग्दा मान्छेको बानि सरेको हुन सक्छ भनर अड्कल काट्यो भंगेराले।
भंगेरा-भंगेरिले हार मानेनन्। उनिहरुलाई लाग्थयो एक माघले जाडो जादैन। शिशिरमा फुल झर्दैमा फुल फुलाउने गुणनै समाप्त हुदैन। उनिहरुले अर्को वषन्तको पर्खाईमा दिन ब्यतित गरे र बिगतको पस्चताप नगरि वर्तमानमा बाच्ने प्रयास गरे। हुन पानि जिवन धर्मीले जिवने कलानै त्यहि हो। तर निर्दयि संसार यो पटक नि त्यहि भयो। काले नाग न पर्यो नखाई किन छोड्थ्यो। बिचरा ति भंगेरा भ।गेरि बिबस भएर फर्के फरि उहि पुरानो ठाउ। त्यहि सिमलको गाछी जसलाई छोडेर उनिहरु हिडेका थिए। तर समय उहि थिएन। सिमलका धेरै भुवाहरु उडिसकेका थिए। त्यो सिमलको रुख बुढो भैसकेको थियो। पुरानो समाज फेरि सकेको थियो। रुखमा अरु चराहरुनि बस्न थालेका थिए। बदलिएको थिएन केबल त्यसका जरा।
भंगेरो पहिलेको जस्तो रुखमा हैकम जमाउन सक्ने ल्याकत त राख्देन थियो तर पनि त्यो रुखसंग उसको स्मृति पोतिएको हुदा केहि सहजता महसुस गर्थ्यो। जे होस एउटा हाङ्गा सम्म उसले पाउने आशा गरेको थियो। बिस्तारै उ उडेर एउटा हाङ्गामा बस्यो र गुण बनाउने सुरसार गर्न थाल्यो। त्याहाँ नि अरु पछिहरुको नजर फरक खालको रहेको आभास उसलाई भयो। तिनीहरुको नजरमा कतै न कतै उसमाथि सङ्काको नजर भएको आभास उसलाई भै राख्यो। उसलाई लाग्थ्यो हरेक आखाले गरिखान नसकेर फर्केको एउटा हुतिहाराको रुपमा गिज्याइ रहेको छ। तर बिबष उ सहनु बाहेक केहि गर्न सक्दैन। उसको मनमा सल्केको बिद्रोहको डडेलोलाई सहनसिलताले छोपेर उ संकल्प गर्छ कि उसले त्यो समाजमा उसको अस्तित्व स्थापित गराउने छ। उ अब अरुको कुरा प्रति अन्धो लाटो र बहिरो जस्तो भएर उ एकलव्य चेष्टामा आफ्नो लक्ष्य पथमा अगाडि बढ्छ। उसलाई थाहा छ संसारनै उथलपुथल भएनि उसको भंगेरिले उसलाई साथ दिनेछे। बिस्तारै उसले आफ्नो गुणलाई जिबन्त बनाउछ। उसको गुणमा बचेरा चिरबिर गर्न थाल्छन। केहि समयको अन्तरालमा उ आफ्ना बचेरालाई त्यहि जंगलको सयर गाराउन लान्छ। अब त भंगेरा-भंगेरि सिमलको डालिमा बसेर रमाउन थालेका छन।एको हो

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Literature

Sagar's Diary: News Story Wriitng