Sunday, August 30, 2020
https://jharanasanchar.com/newsauthor/%e0%a4%b8%e0%a4%be%e0%a4%97%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%81%e0%a4%b2%e0%a5%80/
https://jharanasanchar.com/newsauthor/%e0%a4%b8%e0%a4%be%e0%a4%97%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%81%e0%a4%b2%e0%a5%80/
Saturday, August 29, 2020
शैक्षिक मजदुर
शैक्षिक मजदुर
नेपाली समाज अच्चमको हुदै
छ। कति धुर्त छ भने मान्छेलाइ फुरुक्क पार्छ र भन्छ तिमी समाजको अगुवा, पथ पर्दसक,
बाटो देखाउने आदि आदि। बिचरा मख्ख पर्छ र सोच्छ साच्चै हो कि क्या हो।उसलाई के
थाहा उसलाई अघि लोभ्याइ सकिएको छ। मार हान्नु अगाडीको खसिलाई हालिएको हरियो घाँस
मात्रै न हो त्यो। बिचरा त्यो पशु परो कसरि बुझोस।
स्वरुप र बौध्दिकताको मात्र
फरक होला केहि ब्याक्ति र त्यो पशुसँग। मैले यति भन्दा धेरैका रौ ठाडा भए होलान् ।
कसैको त रगत नि उम्लिन थाल्यो होला। सर्वश्रेष्ण प्राणीलाइ पशु भन्ने । उ चाहि को
हो नि पशुनै त होला नि त्यसो भा, आदि आदि। गणतन्त्र आफ्ना बिचार राखन् पाइन्छ भन्दैमा
जे पनि बोल्न पाइन्छ भन्दै गणतन्त्रकै खिल्लि उडाउदै होलान। यदि त्यसो हो भने मलाई
भन्नु केहि छैन। तर एक छिन बिचार गर्ने हो भने वास्तविकता घाम जत्तिकै छर्लङ्ग हुन्छ।
प्रसङ्ग हो निजि कलेजका शिक्षकहरुको। एउटा बौध्दिक जमात आज समस्या ग्रस्त छ।
धेरैले आफ्नो परिश्रमको मोल पाएका छैनन् तर मौन छन् आखिरि किन यो मौनता। के
बौध्दिकता पशुजडसुत्रमा बादिएकै हो त ? चैत महिना सम्म पढाइ सकेको र त्यस पछि भएको
लकडाउनको कारणले कतिले चैत महिना देखिको पारिश्रमिक पाएका छैनन्। यसो भन्दै गर्दा
म कुने कलेजको को बिरोध गरि रहेको छैन। किनकि सक्नेले दिए पनि होलान् र नसक्नेले
दिएनन् होला। कुरा पाउनु र नपाउनुसँग भन्दा नि हाम्रो निरिहता र सोचको बारेमा हो
प्रश्न मेरो।
पहिलो प्रश्न मेरो के हो
भने हामी को हौ? हाम्रो परिचय के हो? हामी शिक्षक हौ भन्ने कतै भ्रम हो कि खोज्ने
बेला भएको छ। । तर साथिहरु मलाइ लाग्छ म एउटा शिक्षक नभइ म एउटा शैक्षिक मजदुर हो
किनकि मैले काम गर्ने संस्थाको दर्ता प्रकृया कम्पनि ऐन अन्तरगत भएको छ। एउटा
कम्पनिमा काम गर्ने ब्याक्तिलाई मजदुर नै भनिन्छ जस्तो लाग्छ मलाई । यदि यो साचो
हो भने म जस्ता धेरै साथिहरु शैक्षिक मजदुर हौ होला।
यदि कम्पनि र मजदुर हौ भने
हाम्रो अधिकार हामीले खै खोजेको। के ले रोकेको छ हाम्रो अधिकार माग्न? कुनै पनि
कम्पनिमा काम गर्ने ब्याक्तिलाई ट्रेड युनियन खोल्ने अधिकार हुन्छ। के हाम्रो
ट्रेड युनियन छ? छेन भने किन छैन यो प्रश्नको उत्तर खोज्नु पर्देन। केबल बौध्दिक
भनेर बौध्दिक भइ हालिदैन।
यस पछिको प्रश्न झन जटिल
बन्दै छ। एउटा कम्पनिमा काम गर्ने मजदुरले उपचार खर्च स्वास्थ्य बिमा चाडबाड खर्च ओभर टाइम बापत अतिरिक्त बेतन आदिको
सुबिधा पाउछ। के हामीले यि सुबिधाहरु पाएका छौ? यदि छैन भने किन? यि सबै प्रश्नको
उत्तर खोज्नु त्यति सजिलो छैन। तर पनि यसको उत्तर न खोज्ने हो भने हामीले आफुलाई बौध्दिक भन्नुको कुनै तुक छैन।
बास्तवमा अब समय आएको छ बौध्दिक
बहस चलाउने। कोरोनाले यस खालको बहस गर्ने वातावरण बनाएको छ। तसर्थ सम्पुर्ण बौददिक
जमात एक ठाउमा उभिएर यसको बहस गरौ। यदि यसो गर्न सकिएमा बौध्दिक मजदुरको समस्या हल
गर्न सकिएला नभए उहि दासत्वको जिवनमा जेलिएर आफ्नो भाग्यलाई धिकार्दै बस्नु बिकल्प
छैन।
शहर
एउटा ठिङ्ग ऊभिएको सभ्यता
जिबित अस्थिपञ्जरहरु अनि
कल्याङकुलुङ आवाज बिच
कतै बिरासतको आसमा
हिडिरहेछ निर्जिवता बिच
एउटा शहर।
सहजताको आशक्ति अनि
भोतिकताको भोक
सजिवता बिचको निर्जनता
सुन्यताको बेचैनि साथ
औषधिमुलोको खोजिमा
भौतारिरहेको छ
एएटा शहर।
सपनाको थुन्सेमा गुम्सिएका रहरका आधी
हिमाली ईच्छा र फिलुङ्गे ईच्छाका बिच
स्वप्निल लालशा
निरोको बासुरिमा
गित गाउदै छ
एउटा शहर।
सपनाको सोपान
बिछिप्त यात्रा
बिरासतको खोजि
सरिता लहर को लहड
ठोक्किएर चट्टानी मरुभुमि
टक्क अडिएको छ
एउटा शहर।
Thursday, August 27, 2020
मानविय बिनिर्माण ?
मानविय बिनिर्माण ?
मान्छे एउटा बुझेर बुझ्न नसकिने प्राणी हो। यो एउटा बहुआयामिक भावको
समिश्रण हो भन्दा फरक नपर्ला। बस्तुगत रुपमा हेर्दा मानव प्रकृति र संकृतिको
समिश्रण हो। यसरि हेर्ने हो भने मानव आफै डेरिडाको बिनिर्माण बादमा
रहेको कुरालई बुझ्न सकिन्छ।यसरि मान्छे आफैमा प्राकृतिक र सांस्कृतिक बिनिर्माणको
समिश्रण हुदा हुदै पनि कतै न कतै उ एक्लिएको छ। यो बहुआयामिक बिचारको बारेमा बहसको
अपरिहार्यता हो जस्तो लाग्छ। यि भावको ब्याख्यात्मक टिप्पणी गर्नु पर्दा मान्छेको
प्राकृतिक ब्याख्यालाई सुरुवाति चरणमा लिन सकिन्छ।
पुर्बिय संस्कारमा मानवलाई मनुको सन्तानको रुपमा ब्याख्या गरिन्छ।
यसरि हेर्दा एकल अर्थको बैचारिक धरातलबाट सुरु भएको हुनुपर्छ प्राकृतिक मान्छे।
जिवनको सुरुबाटमा मानव निर्बस्त्र हुनुमा प्राकृतिक मानवको पर्दुभाव हो। जन्मिदा
मानाव निर्बस्त्र मात्र हुदैन उसँग प्राकृतिक संस्कार हुन्छ। किनकि उ जन्मिदा
रुन्छ तर त्यो पुर्ण रुपले प्राकृतिक हुन्छ किनकि त्यो रोधन बिचमा हासो नि मिसिएको
हुन्छ। यि चिजहरु मानविय संवेगका प्राकृतिक नियम हुन। उ, मानविय जिवनको सुरुवाति
कालखण्चमा निस्फिक्रि हुन्छ। उ हरेक
चेतनाको केबल आत्मरतिमा रमाउदैन। हरेक भावलाई उसले सहजसँग स्विकार्छ। हरेक भावको
बिनिर्माणमा उसको समान भुमिका हुन्छ। उसको चेतनामा केबल देखावटि पन हुदैन। किनकि उ
प्राकृतिक चेतनाको सुरुवाटि कालखण्डमा रमाएर बसेको हुन्छ। तर मानविय चेतनामा
प्राकृतिक भाव उसको जिवनको छिप्पाईसँगै परिवर्तन हुदै जान्छ। बिस्तारै प्राकृतिक
भावबाट सास्कृतिक भाव तिर ढल्किन्छ।
जब मानविय भावको सांस्कृतिक यात्रा सुरु हुन्छ तब मान्छे केबल एउटा
फगत मान्छे मात्र रहिरहदैन। उ अब राजनैतिक सांस्कृतिक र बहुआयामिक मान्छे बन्छ।
एउटा राष्ट्र वा समाज निर्माणको लागि सामस्कृतिक चेतनाको नव आवस्यकाता हुन्छ भनेर
प्राकृतिक मानव बिस्तारे मानवताको शांस्कृतिक मञ्चमा नाङ्गिदै गएकोछ। उ राष्ट्र र
समाजको लागि बैचारिक रुपमा केहि हद सम्म काम लाग्ने मानविय प्राकृतिक स्वरुपबाट
हराउदै गएको छ।
मानविय समाजमा मान्छेको वास्तविक अस्थित्व बचाई
राख्ने हो बने अब प्तकृतिक र सामस्मृतिक मान्छेको अब पुन बिनिर्माण गर्नु पर्ने
भएको छ
Wednesday, August 26, 2020
अनुवादः एक अध्ययन
अनुवादः एक अध्ययन
अनुवादलाईब्याख्यात्मक सिल्पको रुपमा लिएको देखिन्छ । । यो एउटा त्त्यस्तो सिल्पकला हो जसमा स्रोत भाषा र लक्षित भाषा बिचको समज्यस्यताअनुगृहित हुन्छ । । एन्डरे लेफेवेरेले सर्बप्रथम १९७८मा अनुवाद शास्त्रको प्रयोग अनुवाद सिद्धान्तमा प्रयोग गरेका थिए ।यसले स्रोत भाषामा रहेको बिषयबस्तुको खोज गर्न उल्येखनिय मद्दत गरेको पाइन्छ ।प्राकृतिक रुपमा यो भषिक बिज्ञानको भित्री कृयाकलापको ब्याख्याको रुपमा हेर्ने गरिएको छ । कत्फोर्द यसलाई एक भाषिक बिषयबस्तुलाई अर्को भाषिक बिस्षयबस्तुको रुपमा प्रतिस्थापन गर्ने कृृयाकलाप रुपमा ब्यख्या गर्दछन । पेतेर नेमार्क अनुवाद्को समस्यालाई ब्याख्यागर्दै भन्द्छन कि यसमा स्रोत बिसयको केहि शब्द र अर्थ हराउन सक्दछ । तर एरिक जकोब्सोन यसलाई कलाको रुपमा ब्याख्या गर्दछन । फेरी निडा यसलाई बिज्ञान्को रुपमा ब्याख्या गर्छन ।
जे सि कत्फोर्द अनुवादलाई स्रोत भाषाको अर्थलाई लक्षित भाषामा प्रतिस्थापन हो भनेर ब्याख्या गर्छन ।उनी भन्छन अनुवाद भनेको भाषिक कृयाकलापको चिरफारहो । एउटा भाषाको बिषयबस्तुलाई अर्को भाषामा लाने प्रकृया हो । निडा अनुवाद को परिभाषा एकल नहुने र बिषय परक भएर सम्पादन गर्नु पर्ने कुरालाई जोड दिदै गद्य र पद्य अनुवाद को परिभाषा एउटै नभै फरक फरक हुने मत ब्यक्त गर्छन ।सुसन ब्यासनेट अनवादलाई औधोगिक पुजिवाद र औपनिवेशको बिस्तारको परिधिमा बसी ब्याख्या गरेका छन।अनुवाद भनेको बौद्धिक कृयाकलाप हो। यसमा स्रोत बिषयले कुनै पनि लक्षित बिषयको बारेमा बोल्दछ।
गोबिन्द राज भट्टराई (२०००ः २) भन्छन अनुवाद भनेको स्रोत भाषामा रहेको बिषय बस्तुको भावलाई लक्षित भाषामा प्रतिष्थापन गराउने प्रकृया हो ।
अनुवादको उपयोगिता
मानव यो ब्रह्माण्डकै सबै भन्दा उत्कृष्त प्राणि हुनुमा उसको बोलाई लेखाई पढाई र ति चिजले उसको आनिबानिमा पारेको प्रभाव र श्रिजनसिलता आदि को कारण हो। मानव बिभिन्न भाषाको प्रयोग गर्ने ल्याकत राख्दछ। भाषिक प्रयोग को क्षमताले गर्दा उसले बिगत र बर्तमान बिचको समजस्यता मिलाउन सक्छ। अनुवाद एउटा त्यस्तो साधन हो जसले सम्पुर्ण ईतिहास धर्म संस्कृतिको बारमा जानकारि आधान प्रदान गर्न मद्धत गर्छ। यदि अनुवाद बिज्ञान नहुदो हो तअङ्ग्रेजहरुले ल्याटिनको बारेमा थाहा नै पाउने थिएनन्।न त पुर्वियहरुले पश्चिमि गोलार्धको बारेमा थाहा पाउने थिए न त पश्चिमिहरुले पुर्विय गोलार्ध को बारेमा थाहा पाउने थिए। गोबिन्द राज भट्टराई (२०००ः ९) साहित्यिक अनुवादले हामीलाई बिभिन्न देश र भाषिक साहित्यमा चलेका चलन र सैदान्तिक बादहरुको बारेमा थाहा दिन मध्दत गर्छ। यसले साहित्यिक ज्ञानको धरातल धेरै फराकिलो बनाउन मध्दत गर्छ। साहित्यको पाठकहरु बढाउनु को साथै भाषिक र सांस्कृतिक ज्ञानको धरातल धेरै फराकिलो बनाएको छ।
बिजय कुमार दास (१९९८ः१२) भन्छन कि अनुवादले बिभिन्न कथाहरुका बिषय र साहित्यका बिधाहरुमा प्रयोग भएका लेखन प्रकृया वा रचनात्म लेख्य शिल्पि भित्राउन मध्दत गर्च। महाभारत र रामायण को अनुवादले ले अनुवाद आफैमा एउटा नया लेखन प्रकृया को रुपमा स्थपित गराउन मध्दत गरेको च। तसर्थ अनुवादले लेखन प्रकरयामा नया शैलिको बिजारोपण गर्न सक्छ। बिगतमा अनुवादको खासै महत्व थिएन। यसलाइ बास्तविक बिषय बस्तु नाथिको बेवस्था बाट निसकेको साहित्यिक लेखन कार्य हो। अनुवादको प्रमुख उदेष्य दुई भिन्न भासा समुहको फरक बिचको समाजस्यता हो। आन्ड्रे लफार्भ(२०१०: ८) अनुवादलाई विश्व साहित्यको ज्ञानको प्रत्यारोपण हो। सांस्कृतिक सम्बन्धको आदान प्रदान गर्नुको साथै परास्परिक भातृत्वको भावना जगाउन अनुवाद सिध्दान्तले मुख्य भुमिका खेलेको छ।अनुवाद भन्नाले कुनै पर विश्वको नया सांस्कृतिक ज्ञानको लक्षित संस्कृतिमा रचानत्मक सृजना हो। वास्तवमा यो अनेकतामा एकता को सचेतना हो। यो एक विस्व साहित्यको सांस्कृतिक बिकासक्रमको साधन हो जसले बिचारको आदान प्रधान गर्न मध्दत गर्छ।अनुवादले विश्व साहित्यलाई साधुराएको छ। यसले एउटा निस्चित समुहको संस्कृतिलाई सिमित धेरावाट बाहिर निकालेर विश्व संस्कृतिको अङ्ग बनएको छ।अनुवाद भन्नाले एउटा भाषिक भावलाई अर्को भाषाको बिम्बमा लैजाने कृयाकलाप हो। तर भाषिक बिम्बभाषा पिच्चे फरक हुन्छ। ति फरक बिम्बले संस्कृति र ब्याकरणलाई एक अर्का भन्दा फरक बनाउछ। वास्तवमा भाषाको मुख्य कार्य बिचारको आदान प्रदान हो। भाषिक विचार कुने पनि भाष्य संस्कारमा निर्भर पर्छ।
अनुवादका प्रकार
सुसन ब्यसनेट(१९८;१३) एडवर्ड लाई उध्दरणमा लिदै बन्छन कि समबवत संसारका कुनै दुई भाषा समान समाजिक यथार्थलाई प्रतिबिम्बित गर्न सकदैनन् । भिन्न समाजिक विश्व हरु एक अर्काका परिपुरक हुन सक्दैशब्नन् किनकि ति दुबे आफैमा पुर्ण र बिन्नछन।
ब्यसनेट को तर्कलाई आधार मान्ने हो भने संसारमा हरेक समाजमा बोलिने भाषा फरक रहने र ब्याक्तिहरुले फरक फरक भाषा बोल्ने सत्य कुराको उजागर भएको बुजिन्छ। फरक भाषाको बाक्य संरचना फरक हुने र त्यसको भाव पनि तथ्यगतरुपमा फरक हुन्छ।
बिजय कुमार दास (२००९; २८-२९) जोन ड्राइडनको भनाईलाई उद्धृत गर्दै बन्दछन कि अनुवादलाई ति भगमा बिभजन गर्न सकिन्छ। मेटाफ्रेज, प्याराफ्रेज र इमिटेसन। शब्दानुवाद, भावानुवाद र स्थनियकरण। त्यस्ते रोमन याकोब्सनको बिचार उद्धृत गर्दे दास अनुवादलाई तिन भिन्न प्रकरयाको कुरा गर्छन। एकल भाषिक अनुवादः यो अनुवाद मा एकल भाषा भित्र भएका संकेतलाई त्यहि भाषा बित्र रहेको अर्को बषिक संकेतमा रुपान्तरण गरिन्छ। अन्तर भाषिक अनुवाद बन्नाले एक भाषामा भएको भाषिक संकेतलाई अर्को भाषिक संकेतमा रुपान्तरण गर्ने प्रकृया बुझिन्छ। लाक्षणिक अनुवाद मा एक भाषिक काब्यमा रहेको लक्षणालाई केन्द्र बिन्दु मा राखेर अनुवाद गरिनछ।
अनुवादको ईतिहास
सुसन ब्यासनेट (१९८० ४०-४१) लेख्छन कि वास्तवमा अनुवादको सुरुवात कसरि भयो एकिनका साथ भन्न सकिदैन । यदपि रोमन सभ्यतामा अनुवादको स्थान भएको कुरा सिसेरो र होर्यास जास्ता अनुवादक को अस्थित्वले प्रमाणित गर्छ। यसको तात्पर्य अनुवादको सुरुवाट कहिले भएको एकिन नभयता पनि रोमन सभ्यताको पालामा अनुवाद अस्थित्वमा रहेको प्रमाणित हुन्च। तसर्थ रोमन सब्यतालाईनोआधिकारिक रुपमा अनुवाद सुरु भएको युगको रुपमा लिन सकिन।च। त्यसपछि इङ्गल्याण्डमा अनुवाद को क्रमिक बिकास हुदे आएको देखिन्छ। वास्तवमा अंग्रेजि साहित्यको सुरुबाटि कालखण्डमा अनुवादको उल्लेखनिय भुमिका रहेको छ।राजा अलफ्रेडको पालामा एङ्गलो स्याक्सन साहित्यको अनुवाद भएको छ। कबिहरु वाट र सरेले ईटालियन कबिताहरुलाई अंग्रेजिमा अनुवाद गरेका छन। यि त केबल प्रतिनिधि पात्र मात्रै हुन।
नेपालि किताबको अंग्रेजी अनुवादको बिकास क्रम
नेपालि साहित्यको अनुबादको ईतिहास धेरै लामो पाइदैन। नेपालि साहित्यको ऐतिहासिक कालखण्डमा भानु भक्तलाई प्रमाणिक अनुवादक मान्न सकिन्छ किनकि संकृतमा लेखिएको रामायणलाई नेपालि अनुवाद गरेर नेपालि जनजिब्रो मा उक्त महाकाब्यलाई जिबन्त बानाएका थिए। तर पानि नेपालि साहित्यलाई अंग्रेजिमा अनुबाद गर्ने श्रेय हामिले लक्ष्मि प्रसाद देवकोटालाई दिनु पर्छ। उनले २०१३ सालमा भिम दत्त रोक्का लागाएत अरु साहित्यकारको सहयोग मा ईन्द्रेणि साहित्यिक पत्रिका मा नेपालि कबिताहरुको अनुवाद गर्न थालेको देखिन्छ। नेपालि कबिता अनुवादको सम्बन्धमा माधवलाल कर्मचार्य (२००२) लेख्छन कि देवकोटा स्वयमले सन्१९६४ मा शुलोचना महा कब्यलाई अंग्रेजिमा अनुवाद गरेका थिए। मुनामदन खण्ड काब्यको अंग्रेजि अनुवाद सन् १९६९ मा मधुसुधन देवकोटाले गरेका थए भने सन् १९९७ आनन्द श्रेष्ठले गरेका थि। पछि उक्त किताब मिचेल जेम्स हटले नि सन् १९९६ मा गरेक थए। देवकोटाले समकालिन साहित्यकारहरुको कृतिलाई पनि अंग्रेजिमा अनुवाद गरेका थिए। उनले बाल कृष्ण समको मृत्यु पछिको अभिब्यक्ति को अंग्रेजि अनुवाद गरेक थिए। तिर्थ राज तुलाधरले मबिबि शाहको कबिताहरुलाई अंग्रेजिमा अनुवाद गरेक थए। सायद यो नै अंग्रेजिमा अनुवाद भएको पहिलो कबिता संग्रह नथियो। तिर्तराज तुलाधरले सन् १९९४मा विजय मल्लका ५६ वटा कबिताहरुलाई मेरो ईचछा र अन्य कबिताको सिर्षकमा अनुवाद गरेका थए। माधवलाल कर्मचार्य रअयोध्य प्रसाद प्रधानले संयुक्त रुपमा केदारमान ब्यथितको एकासि वटा कबिताहरु अनुवाद गरेका थिए। माधवलाल कर्मचार्यले छिन्नलातको लगभग ७० वटा कबिताहरुलाई अंग्रिजिमा अनुवाद गरे। उनले सिद्धिचरणका ६७वटा कबिताहरु पनि अनुवाद गरेका थए। यसरि नेपालि कबिताको अनुवादमा कर्मचार्यको बिशेष भुमिका रहेको देखिन्छ। डा. तारानाथ शर्मा ले चांदनि शाहका कबितालाईअंग्रेजि अनुवाद गरेको पाईन्छ। त्यस्तै पध्म देवकोटाले नेपालि कबिताहरुलाई अंग्रेजिमा अनुवाद गरेर नेपालि अनुवादको ऐतिहासिक पर्खालमा योगदानको ईट्टा थपेका छन।
डेभिड रबिन सायद प्रथम अंग्रेजि मातृ भाषक हुन जसले नेपालि साहित्यमा बिशेष ध्यान दिएको देखिन्छ। लक्ष्मि प्रसाद देवकोटाका कबिताहरु रबिनले अनुवाद गरेको देखिन्छ।
गध्यको अनुवादको इतिहास पनि पध्य जति नै पुरानो छ। सायद प्रहलाद नाटक नै पहिलो नेपालि नाटक होला जुन अंग्रेजिमा अनुवाद भएको छ। यसलाई मधुसुधन देवकोटाले अनुवाद गरेका हुन। त्यसे गरि अस्वस्थामा नाटक पध्म प्रसाद देवकोटाले अनुवाद गरेका थिए। शिरिषको फुल समभवत पहिलो नेपालि उपन्यास होल जुन अंग्रेजिमा अनुवाद बएको छ। यो टंक बिलास वर्य र सन्ड्रा जेडिस्टेन ले सामुहिक रुपमा सन् १९७२ मा गरेका हुन। नेपाल भषाको प्र्थम अनुवाद भएको उपन्यास धुस्वन सयमिको ग्रहन हो यसको अनुवादक टि र कंसाकार हुन। ल्यरि हर्तसेल ले शंकर कोइरालाको खैरेनि घाट, जि बि मल्लको पल्लो घरको झ्याल र लिल बहादुर क्षेत्रिको बसाँइ उपन्यास अनुवाद गरेक छन।

The Features of Globalization
The Features of Globalization
Initially,
politics was wrapped around national political affairs. Now, politics is
undertaken as the circumstance of association between countries all around the
world. It is also understood as working of power relations in globe. Global
politics is such area which studies economy and politics which may create the
political globalization. Globalization, in simple words is something obsessed
with international trade and investment which enables the interface and integration
among the citizens, countries and regime of different nations. It may be also
defined as the way out to exist and expand in the world. Globalization helps in
international influence and cultural exchanges.
Outline
More
importantly, globalization is the process of deepening the financial
assimilation, mounting economic directness and budding economic interdependence
between nations in the world economy. The main and foremost feature of
globalization is the quick growth in global financial transactions.
Internationalization of products and services by huge firms can also be
component of globalization. Urbanized business capitalism has marked
manufacture relationship between enterprises of different countries where the
production of part becomes the component of whole. Conclusively, globalization
is featured as increased freedom and capacity.
Swift
expansion in trade is another impact of globalization which takes especially
among multinational corporations. Mentioned in the epilogue from the book Introduction to Global Politics is:
“Giant transnational corporations distribute and redistribute global resources
and determine the wellbeing of individuals everywhere, sometimes for better and
sometimes for worse” (527). Integration of goods in heterogeneous economics
output the financial independence. Liberalism of trade and capital flows is
main feature in this context. Globalization provides values to investing freely
without governmental constraints.
Another
feature of globalization is rush in foreign straight investment, basically
contributed by multinational corporations. Foreign direct investment has become
one of the controversial issues because it is defined as investor from another
country who has control over the company. But it gives access to markets and
resources. For example, the local labor is utilized when a large industry is
established in a small country. Foreign direct investment has become the media
of cost reduction, tax revenue generation, development of new industry and
exposure of local and national government.
Furthermore, diffusions of technologies and ideas in the
course of quick extension of a globalize transportation and communication
system is another feature of globalization. Spread of new processes and
products within and across the economics is main focal point where there is
transnational relationship. Globalization implies the development in
communication and transportation which further leads to innovation in ideas and
technologies. Military force attempt to approve the new technologies, doctrines
and other forms in association for the welfare of certain nation which can be
counted as the characteristics of globalization.
Moreover,
globalization and its implication in global politics contribute in
transnational spread, extension and flourishing of culture, economy and
services. The true feature of global politics also is counted as the resolution
to the global problems because it works within the social spaces. Strategy
decisions are slanting toward liberalization which is dominating theme of
globalization that enables suspension of blockade of trade and helps in capital
mobility which further leads to enlargement of parallel economy.
In
conclusion, liberalization is key component of global politics because
globalization is more touched up with liberal theory. Basic feature of global
market is protectionism. Free trade is resulted with liberal world which
trended in liberalization of capital market, property rights, and international
migration. The focus of these issues and liberal world resulted into the
process of globalization. When business environment is interchanged it gives
rise to new technologies, ideas, services, cultural exchanges, integration and
extensions.
Reference
Mansbach, Richard W,
and Kristen L. Tylor. Introduction to
Global Politics. Routledge, 2012.
Friday, August 21, 2020
तिज
तिज भाद्र शुक्ल तृतियाको दिन मनाईने एउटा चाड
हो। हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको
महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।
सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो
श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको
घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र
समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा
अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका
परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई
पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै
माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता
महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन्
भने अविवाहिता सुयोग्य वरको आशा राखी बर्त बस्छन्। तिजको पौराणिक कथा
हिमालयकि पुत्रि पार्बतीले महादेव पति पाऊ भनि गरिएको पुजालाई
लिईन्छ।
सतिदेविले
दक्षप्रजापतिको यज्ञमा पर्ण त्याग गरे पछि
हिमालयकि पत्नि मेनुकावाट पार्वतिको रुपमा
जन्मिइन। बचपन देखिनै महादेवलाई पतिको रुपमा हेर्ने गरेता पनि विष्णुले हिमालयको
घरमा कनयादान माग।न आए पछि पार्वतीले
तिजको वर्त सुरु गारेको देखिन्छ।
समाजिक रुपमा हेर्दा यो
चाड पनि पृत्तिसतात्मक समाजको प्रतिकात्मक स्वरुमा लिन सकिन्छ। किनकि यो चाडमा
एउता महिला आफ्नो पतिको दिर्धायु कामनाको लागि निर्जला व्रत लिने गरिन्छ। अर्थात
यस व्रतमा महिलाले पानि पनि खानु हुदैन भन्ने मानिन्छ। यो त महिला वादिको विश्लेषण
हुन सक्ला। समाजिक रुपमा यसलाई हेर्दा यसको सकरात्मक भुमिका देख्न्न साकिण्छ। कृषि
प्रधान देश भएकोले कृषि कार्यमा महिलाको बिषेश भुमिका रहेको कुरालाई नकार्न
सकिन्न। पृतिसतात्मक समाज भएकोले महिलालाई थिचोमिचो हुन सक्ने समभावना हुने नै
भयो। यसरि वर्षा मासमा कृषि कार्य गर्दाको थकान मेटाउने र माईति धर आई बिषेश खान
पिन गर्नेको लागि बनाइको चाड हुनु पर्छ तिज। किनकि तिजमा हरेक महिलालाई माइति घर
बोलाउने गरिन्छ। Tuesday, August 18, 2020
पर क्षितिजमा एउता सानो आकृति देखे। मनमा कौतुलता जाग्यो को होला त्यो। हेर्ने
ईच्छा धेरै भयो। मन थाम्न सकिन। यस्ता
आकृतिहरु धेरै नै देखेको जिवनमा तर आजको जस्तो ब्याकुलता पहिले भएको थिएन। त्यसैले
अरु काम थाति राखेर भएनि मेरो मन त्यता तिर खिचियो।
जति नजिक हुदै गयो त्यति तयो अकृति सजिव हुदै जान्छ। लाग्छ यो आकृतिसँगको आत्मियता
धेरै पुरानो हो। मनको ब्याकुलताको को सिमा छैन । मन त अगि नै उडेर पुगि सको तर
बिचरो सारिर मनको बेग सँग के सकोस। सके सम्म त धिस्रिदै छ। तालमेल मिलाउनमा ताल्लिन
छ देह। उता मनको ब्यथा अर्कै छ। यसरि देह र मन बिचको रस्सा कस्सि देखेर संसारके
निर्दयि बस्तु मुस्कुराउदै छ। सायद यसैले समयलाई शक्तिसालि भनिएको होला। मनोबादको
लुकामारि समयको खिसि र मनको बेचैनि सँग तालमेल गर्दै जब म उसको नजिक पुग्छु, म
आफैलाई बिस्वास गर्न सक्दिन। उ त मेरै अंश पो रहेछ। हो पुर्णरुपले न भएनि आधा वा
त्यो भन्दा केहि कम। अब म मा अगिको कौतुहलता हराएर अंशियारको भावना दगुर्न थालेको
छ। अब म बिस्तारै आफ्नो हकको दाबि गर्न खोज्देछु।
मन र बुध्दि बिचमा अब संघर्ष सुरु हुन थाल्यो। मन ले हक खोज्दै छ बुध्दिले हक
दाबि गर्ने आधारको समाजस्यता खोजदै छ। यि दुइको बिचमा म साढेको जुदाइको बिचमा
फसेको बाछो हुदै छु। मेरो मनको उतारचढाब बाट बेखबर छ। हुन पनि हो सलाई मेरो
बेचैनिको कारण जान्नु पर्ने बाध्यता पनि छैन। निर्दोसिताको नयन बाट उ धरि म तिर हेर्छ घरि घरको पिढि तिर। सायद अपरिचित
भएको सुरक्षाको खोजि होला यो।
म सुरुमै उसँग खुल्न सक्दिन। उ त झन खुल्ने कुरै भएन। म आट गर्छु र अंगाल्न
पुग्छु। उ डराउछ र छोड्छ संसारकै शक्तिसालि मिसायल। मेरो मुटुको छेदन हुने गरि।
लाग्छ समपुर्ण पहाड पहरा पाखा देउरालि भन्ज्याङ थर्काउने तागत छ उसमा। लाग्छ सगर
नि थर्किदै छ अहिले मराडिएको कालो बादल हुदाको क्षण जस्तै।
सायद उसको रोदनले होला मामतामयि देह र आत्मा कुदेर त्यहा आइपुग्छन। तर एकै
छिनमा खुसिको आसु छल्किन्छ देखेर आफ्नै मुटु अगाडि। बिस्तारै उनि बच्चाको नजिक
पुगछिन र त्यो अबोध बालकलाइ बुजाउने प्रयास गर्छिन। उनि भन्छिन, उ तिम्रो बाबा
आउनु भयो। बच्चाको मनमा खुसि सँगै संङ्काको भाव छ।
उसलाई संङ्का छ उसको बाबा भएको भए उसलाई किन सानोमा बोकेर न हिडेको। किन उसको
कोक्रो अगाडि बसेर उसँग तोते बोलिको सारमा नवोलेको। किन उसको हात समाएर ताते ताते
ने गरेको। किन ढाड माथि घोडा चडि खेल्न नपाएको आदि आदि। यि सबै बाल मनोभावमा
खड्केर बासेको छ।
उता मेरो मानो दशा अर्कै छ। आफ्नै अंशले चिन्न नसकेको पिडा छ्। के यो मेरो रहर
थियो? त्यो बाल मनोबिज्ञान लाई सङ्का को लाभमा छोडेर आफु खाडिको मरुभुमिमा काम गर्न
जानु? मलाई नि रहर होला नि आफ्नो बच्चा र मायालुसगै बसेर आफ्नो जिबिका चलाउन। त्यो
बाल सुलभ पनको सम्पुर्ण खुसिको क्षणबाट बिमुख हुनुको पिडा छेन र मलाई।
Monday, August 17, 2020
कुसे औशी
कुशें औशी.
कुश एउता धर्मसँग
जोडिएको पबित्र घाँस हो। यसलाई विष्णुको स्वरुपमा मान्ने गारिन्छ। यसको धरतीमा
आगमनको काथा नि रोचक छ। यसको ब्याख्या स्वास्थनी ब्रत कथामा पाइन्छ। त्यस कथाको
आधारमा भगवान विष्णुलाई जालन्धरको पत्नि वृन्दाले श्राप दिइन। त्यस कथाको बिस्तृत
बर्णन यस्तो रहेको छ। शक्तिशालि जालन्धरले देउताहरुलाई धेरै दुःख दियो। देउताहरु
उसलाई जित्न सकेनन र भगवान शिवको शरणमा परे तर महादेवले पनि जालन्धरलाई उसको
पतिब्रता पत्निको प्रभाबले गर्दा जित्न सकेनन। जब वास्तविक कारण थाँहा भयो तब
विष्णुलाई वृन्दाको सतित्व डग्न पठाए र जालन्धरको बध गरे। बृन्दालाई यसको आभास भयो
र विष्णुलाई झाँर हुने श्राप दिइन। त्यसपछि विष्णु कुसको रुपमा परिणत भए। धार्मिक रुपले स्वयम भगवानको अंशको रुपमा कुसलाई
लिइन्छ। यसरी कुसको जन्मलाई आधार मान्दा असुरी शक्ति माथिको जितको लागि गरिएको
छलको उपज हो कुस।
कुसको महिमा धेरै
रहेको कुरा यो संस्कृतको श्लोकबाट नि उजागर गर्न सकिन्छ्।
स्नाने दाने जपे होमे
स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने
यसको तात्पर्य कुस स्नान गर्दा जप तप होम
स्वअध्यन पितृकर्मआदि सम्पुर्ण कार्यमाआवश्यकतापर्दछ।धार्मिक आश्थाको ब्याख्या
मात्रले कुसको पुर्ण ब्याख्या हुन सक्दैन। यसकोवैज्ञानिक बिश्लेषण पनि आवश्यक
छ।बैज्ञानिकरुपमा कुससँग बिकिरण हटाउने गुण हुन्च। यसले बिभिन्न बिकिरणहरुको
प्रभाब कम गर्न सक्छ। बिभिन्न खोजहरुमा यसले एक्सरे बिकिरणको पनि प्रभाब कम गर्छ
भनेर प्रमाणित भैसकेको छ।
कुसे औशी भाद्र कृष्ण औशीको दिन पर्छ।
यसलाई गोकर्णे औशीको रुपमा नि लिने गारिन्छ। यो दिनलाई पितृको सम्झना गर्ने बिशेष दिनको
रुपमा पनि लिने गरिन्छ। हिन्दु धर्ममा धर्मालम्विहरु यस दिन काठमान्डौंको गोकर्णमा
गइ पितृ श्राध्द गर्दछन्।
यस दिनलाई
पिताको मुख हेर्ने दिनको रूपमा पनि लिने गरिन्छ । यस दिन छोरा छोरीले आफ्ना
पिताहरुलाई मिष्ठान्न भोजन गराउने तथा सकेको दक्षिणा दिने गर्छन् । खासमा हिन्दु
संस्कारमा पुत्रीबाट माता पिताले केही नलिने प्रथा रहेको हुँदा खास अवसरमा
पुत्रीहरुले पितालाई केही दिन मिलोस् भनी यो प्रथा सुरु भएको हुनुपर्छ। सुरु
सुरुमा पुत्रीलाई आफ्नो माइती घर जान सजिलो
होस् र
आफ्ना पिताहरुलाई पनि केही इच्छाएको चिजहरु दिन सकियोस् भनेर यो प्रथा सुरु भएको र
बिस्तारै यसमा दुबै सन्तान(छोरा छोरी ) ले मनाउन थालेको हुनुपर्छ। यस प्रथाले पितालाई उचित सम्मान दिन खोजेको देखिन्छ। साथै
यो दिनमा हिन्दु धर्ममा धेरै जसो प्रयोगमा आउने कुश भित्र्याइन्छ। कुश भित्र्याउने
औँसी भएकाले पनि यसलाई कुसे औँसी भनिएको हुन सक्छ।
यसलाई
मानव सभ्यताको विकास क्रमबाट हेर्ने हो भने वैदिक सनातन धर्ममा कृषिको सुरुवात हुन
थालेको अवस्थाको चित्रण पनि गर्न मिल्छ। सनातन धर्ममा प्रयोग हुने वस्तुको भण्डारण
गर्ने दिन कुसे औंसी भएको हुदाँ यसलाई आदिम कालमा ढुङ्गे युगबाट समाजिक कृषि युगको
प्रादुर्भावको युगको रुपमा चित्रित गर्दा खासै फरक नपर्ला।
Monday, August 10, 2020
जिवन- एक दर्शन
जिबन एक मार्ग हो। जिवनको परिभाषा फरक फरक हुन्छ। ब्याक्तिगत अनुभवको आधारमा यसको
परिभाषा परिवर्तन हुनु स्वभाबिक हो। जिउनु बच्नु नमर्नु को समिश्रणबाट जिवन बनेको
हुन्छ। जिवनको सुरुवाट एउटा प्रतिस्पर्दा हो।
जिवनलाइ गन्तब्य बिहिन यात्रा भन्ने गरेता पनि वास्तवमा यो एक निस्चित गन्तब्य
भएको यात्रा हो।यो त्यो यात्रा हो जसमा गणितको धेरै काम आउछ। यो नाम बिहिनको स्वास
र स्वास बिहिनको नाम बिचको अन्तर हो। जन्मलाई जिवनको सुरुवाट मानिन्छ। यो समयमा
कसैको नाम हुदैन किनकि जन्मिदैमा नामाकरण गरिएको हुदैन। तसर्थ जिवन नाम बिहिन
श्वासको सुरुवाट हो। साथै मृत्युलाइ सामन्यता जिवनको अन्त्यको रुपमा हेर्ने
गरिन्छ। जिवनको अन्त्यमा ब्याक्तिसँग नाम त हुन्छ तर उसग श्वास हुदैन। श्वास
बिहिनताको नाम नै जिवनको अन्त्य हो।
आशावबादि सिद्धान्तले जिवनलाइ एक उत्साहको रुपमा लिन्छ। उनिहरुको लागि जिवन एक उत्साह हो। सकारात्मक दर्शनवाट जिबनलाइ निह्याल्ने गर्छन्। जिवनको गतिसिलतालाइ सधै अनुसरण गर्दै अग्रपङ्गतिमा हुने गर्छन। निरासावादि सिद्धान्तले जिवनलाइ निरस बनाउने प्रयास गर्छ।यसले जिवनलाइ खासै गतिसिलता प्रदान गर्दैन। यसले जिवन फगत घाटको पर्खाइमा रहेको कुराको मात्रै ध्यान गरेको हुनछ।
मान्छे समाजिक प्राणि ः एक विचलन
जिबको बर्णानुक्रममा मान्छेलाई सबै भन्दा माथि राखिन्छ। मानिस मात्रै यस्तो प्राणी जसमा ज्ञान बिबेक सहनसिलता समाजिकता जस्ता गुणहरु हुन्छन। बैचारिक सम्वेगमा नि मानिस खरो हुन्छ। भावनात्म संवेगको आधार बाट मानिसलाई विश्लेषण गर्दा पनि मानिसको स्थान सर्वोपरिनै देखिन्छ। यि त भए दर्शनका कुरा। वास्तविकतामा हेर्ने हो भने आधुनिक मानवमा मानविय गुणहरु स्खलित हुदै गएको देखिन्छ।
भौतिक स्वार्थबाट प्रभावित हुदै आधुनिक मानववाट मानविय गुणहरु ह्रास भएको ड भन्दा फरक नपर्ला। ज्याक रानसयेरले मानविय मुल्य मान्यता राजनैतिक मानवको परिकल्पनाबाट ह्रास हुदै गएको कुरालाइ बिषय पचि के आउछ? भन्ने किताबमा लेखेका छन्। उनको आधारमा राजनैतिक मानवको निर्माणसँगैै वास्तविक मानवको पतन हुन थालेेको कुरालाइ बेजोडसँग उठाएका छन्।
गायत्रि इस्तिभाक भाषा बिहिन को भाषाको कुरा गर्दै भाषा बिहिन मान्छेको अस्तित्व खोज्दे छिन। यदि यो सन्सारमा भाषा बिहिन भएर मानव बाच्नु परेको छ भने त उ पशु जन्य जिवनमै छ भन्दा फरक नपर्ला। डेरिडा ले संसारबाट मानवता हराएरै होला सायद विश्व बन्दुत्वभाबको कुरा गर्दे एउटा बिशल सहरको कल्पना गरेका छन्।
मानविय सभ्यताको सुरुवाटि चरणमा मानिसको आवस्यकताहरु सिमित थिए। ति आवस्यकताहरुलाई अप्ठ्यारोको बिचमा नै पानि सहजतासँग परिपुर्ति गर्ने गरेका थिए। बिस्तारे बिस्तारे मानविय आवस्यकताहरु बढ्दै गयो। त्यसको अनुपातमा साधनहरु बढेन वा आवस्यकतामाथि छनोट गर्नु पार्ने बाध्यताको सिकार मानव विस्तारै हुदै गयो। असिमित आवस्यकता र छनोट सिद्धाान्तको बारेमा लि रबिन्सन लेख्छ्न, आर्थिक कृयाकलाप साध्य र साधनबिचको उच्चतम छनोट प्रकृया हो। यसरि असिमित आवस्यकतालाई सिमित साधन बिचमा समजस्यता गर्नु पर्दा मानिस बिस्तारै स्वार्थि प्राणीको रुपमा बिकसित हुदै गएको कुरा यथार्थ हो। औधोगिक क्रान्ति पछि मानिस धेरै भन्दा धेरै भौतिकताको खोजिमा मानविय मुल्यमान्यताबाट बिमुख हुदैसमाजिकताको कासि बाट ोर पर हुदै गएको छ।

के हो उत्तरआधुनिकतावाद
यही होला उत्तरअधुनिकतावाद्
?
उत्तरअधुनिकतावाद्
सायद यही होला
जहाँ
देवताको नागरिकता खोजिदैछ ।
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
धर्म राष्ठियकरण हुँदैछ ।
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
विभाजित सामाजिक मनोभाव
र्
विषमताको खेती गर्दै सामाजिक एकता खोजिदैछ ।
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
दर्शन र बिचारलाई विचलित गराइ
स्वार्थ खेती हुँदैछ ।
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
मौलिक सन्स्कृतीलाई छद्मा भेषमा बेचि
सान्स्कृतिक अतिक्रमणको नरा लगाइदै छ ।
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
देशभक्ती र राष्तियतालाई
दृष्टिबिहिन नस्लबादमा जोखिदै छ ।
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
भौतिकताको कसिले मानवतालाई लीलामी गरिदै छ ।
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ विसेश्य
पास्चत्यको
बिशेषणमा पुर्विय मौलिकताको बिशेष्य खोजिदै छ ।
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
बिषमताको तृष्णालाई अमृत भनेर पन्चमृत पान गराइदै छ ।
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
मौलिकताको धरोहरहरुलाई फगत आधुनिकतावादको बेसारे लहडमा ढलाईदै छ ।
आयद्
यही होला उत्तरअधुनिकतावाद ।
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
कम्युनिष्ट को नाममा कमाउनिस्ठा भैएको छ ।
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
गणतत्रको आड्मा गनाउतन्त्र चलेको छ ।
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
एउटा राजा फलेर
सयौ राजाहरु पाल्नुपरेकोछ ।
शायद यही हो उत्तरआधुनिकताबाद
जहाँ
धर्मनिरपेक्षताको नाममा पवित्र रक्सी खानु परेको छ ।
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
सङ्घियताको नाममा एकताको केन्द्र भात्काइएको छ ।
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
बर्गियताको नाममा नस्लिय जातिवाद ल्याइएको छ ।
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
सिंहदर्बार गाउगाउमाअ लाने निउमा
श्री ३ महराजहाँरु असारल्ला छरिएका छन ।
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
देश बनाउने नाममा करका पदचापहरु निमुखाको ढाडमा बर्षदै छन ।
शायद यही हो उत्तरआधुनिकताबाद्
Subscribe to:
Posts (Atom)
Literature
-
Reporting/ Narration Harry said, “I am very busy”. Said is reporting verb and I am very busy is reported speech. Normally we use linker (t...
-
Film review format: 1. I ntroduction : In introduction of the film review, make the thesis statement, consider the film whether it refle...
-
Format of notice writing [ Title/Heading] Write the title of the notice in bold to catch attention. Date: Mention the date when the no...