Wednesday, August 26, 2020

अनुवादः एक अध्ययन

अनुवादः एक अध्ययन

अनुवादलाईब्याख्यात्मक सिल्पको रुपमा लिएको देखिन्छ यो एउटा त्त्यस्तो सिल्पकला हो जसमा स्रोत भाषा लक्षित भाषा बिचको समज्यस्यताअनुगृहित हुन्छ एन्डरे लेफेवेरेले सर्बप्रथम १९७८मा अनुवाद शास्त्रको प्रयोग अनुवाद सिद्धान्तमा प्रयोग गरेका थिए सले स्रोत भाषामा रहेको बिषयबस्तुको खोज गर्न उल्येखनिय मद्दत गरेको पाइन्छ ।प्राकृतिक रुपमा यो भषिक बिज्ञानको भित्री कृयाकलापको ब्याख्याको रुपमा हेर्ने गरिएको कत्फोर्द यसलाई एक भाषिक बिषयबस्तुलाई अर्को भाषिक बिस्षयबस्तुको रुपमा प्रतिस्थापन गर्ने कृृयाकलाप रुपमा ब्यख्या गर्दछन पेतेर नेमार्क अनुवाद्को समस्यालाई ब्याख्यागर्दै भन्द्छन कि यसमा स्रोत बिसयको केहि शब्द अर्थ  हराउन सक्दछ तर एरिक जकोब्सोन यसलाई कलाको रुपमा ब्याख्या गर्दछन फेरी निडा यसलाई बिज्ञान्को रुपमा ब्याख्या गर्छन
जे सि कत्फोर्द अनुवादलाई स्रोत भाषाको अर्थलाई लक्षित भाषामा प्रतिस्थापन हो भनेर ब्याख्या गर्छन ।उनी भन्छन अनुवाद भनेको भाषिक कृयाकलापको चिरफारहो एउटा भाषाको बिषयबस्तुलाई अर्को भाषामा लाने प्रकृया हो निडा अनुवाद को परिभाषा एकल नहुने बिषय परक भएर सम्पादन गर्नु पर्ने कुरालाई जोड दिदै गद्य पद्य अनुवाद को परिभाषा एउटै नभै फरक फरक हुने मत ब्यक्त गर्छन सुसन ब्यासनेट अनवादलाई औधोगिक पुजिवाद र औपनिवेशको बिस्तारको परिधिमा बसी ब्याख्या गरेका छन।अनुवाद भनेको बौद्धिक कृयाकलाप हो। यसमा स्रोत बिषयले कुनै पनि लक्षित बिषयको बारेमा बोल्दछ।
गोबिन्द राज भट्टराई (२०००ः २) भन्छन अनुवाद भनेको स्रोत भाषामा रहेको बिषय बस्तुको भावलाई लक्षित भाषामा प्रतिष्थापन गराउने प्रकृया हो ।

अनुवादको उपयोगिता
मानव यो ब्रह्माण्डकै सबै भन्दा उत्कृष्त प्राणि हुनुमा उसको बोलाई लेखाई पढाई र ति चिजले उसको आनिबानिमा पारेको प्रभाव र श्रिजनसिलता आदि को कारण हो। मानव बिभिन्न भाषाको प्रयोग गर्ने ल्याकत राख्दछ। भाषिक प्रयोग को क्षमताले गर्दा उसले बिगत र बर्तमान बिचको समजस्यता मिलाउन सक्छ। अनुवाद एउटा त्यस्तो साधन हो जसले सम्पुर्ण ईतिहास धर्म संस्कृतिको बारमा जानकारि आधान प्रदान गर्न मद्धत गर्छ। यदि अनुवाद बिज्ञान नहुदो हो तअङ्ग्रेजहरुले ल्याटिनको बारेमा थाहा नै पाउने थिएनन्।न त पुर्वियहरुले पश्चिमि गोलार्धको बारेमा थाहा पाउने थिए न त पश्चिमिहरुले पुर्विय गोलार्ध को बारेमा थाहा पाउने थिए। गोबिन्द राज भट्टराई (२०००ः ९) साहित्यिक अनुवादले हामीलाई बिभिन्न देश र भाषिक साहित्यमा चलेका चलन र सैदान्तिक बादहरुको बारेमा थाहा दिन मध्दत गर्छ। यसले साहित्यिक ज्ञानको धरातल धेरै फराकिलो बनाउन  मध्दत गर्छ। साहित्यको पाठकहरु बढाउनु को साथै भाषिक र सांस्कृतिक ज्ञानको धरातल धेरै फराकिलो बनाएको छ।
बिजय कुमार दास (१९९८ः१२) भन्छन कि  अनुवादले बिभिन्न कथाहरुका बिषय र साहित्यका बिधाहरुमा प्रयोग भएका लेखन प्रकृया वा रचनात्म लेख्य शिल्पि भित्राउन मध्दत गर्च। महाभारत र  रामायण को अनुवादले ले अनुवाद आफैमा एउटा नया लेखन प्रकृया को रुपमा स्थपित गराउन मध्दत गरेको च। तसर्थ अनुवादले लेखन प्रकरयामा नया शैलिको बिजारोपण गर्न सक्छ। बिगतमा अनुवादको खासै महत्व थिएन। यसलाइ बास्तविक बिषय बस्तु नाथिको बेवस्था बाट निसकेको साहित्यिक लेखन कार्य हो। अनुवादको प्रमुख उदेष्य दुई भिन्न भासा समुहको फरक बिचको समाजस्यता हो। आन्ड्रे लफार्भ(२०१०: ८) अनुवादलाई विश्व साहित्यको ज्ञानको प्रत्यारोपण हो। सांस्कृतिक सम्बन्धको आदान प्रदान गर्नुको साथै परास्परिक भातृत्वको भावना जगाउन अनुवाद सिध्दान्तले मुख्य भुमिका खेलेको छ।अनुवाद भन्नाले कुनै पर विश्वको नया सांस्कृतिक ज्ञानको लक्षित संस्कृतिमा रचानत्मक सृजना हो। वास्तवमा यो अनेकतामा एकता को सचेतना हो। यो एक विस्व साहित्यको सांस्कृतिक बिकासक्रमको साधन हो जसले बिचारको आदान प्रधान गर्न मध्दत गर्छ।अनुवादले विश्व साहित्यलाई साधुराएको छ। यसले एउटा निस्चित समुहको संस्कृतिलाई सिमित धेरावाट बाहिर निकालेर विश्व संस्कृतिको अङ्ग बनएको छ।अनुवाद भन्नाले एउटा भाषिक भावलाई  अर्को भाषाको बिम्बमा लैजाने कृयाकलाप हो। तर भाषिक बिम्बभाषा पिच्चे फरक हुन्छ। ति फरक बिम्बले  संस्कृति र ब्याकरणलाई एक अर्का भन्दा फरक बनाउछ। वास्तवमा भाषाको मुख्य  कार्य  बिचारको आदान  प्रदान हो। भाषिक विचार कुने पनि भाष्य संस्कारमा निर्भर पर्छ।
अनुवादका प्रकार
सुसन ब्यसनेट(१९८;१३) एडवर्ड लाई उध्दरणमा लिदै बन्छन कि  समबवत संसारका कुनै दुई भाषा  समान समाजिक यथार्थलाई प्रतिबिम्बित गर्न सकदैनन् । भिन्न समाजिक विश्व हरु एक अर्काका परिपुरक हुन सक्दैशब्नन् किनकि ति दुबे आफैमा पुर्ण र बिन्नछन।
ब्यसनेट को तर्कलाई आधार मान्ने हो भने  संसारमा  हरेक समाजमा बोलिने भाषा फरक रहने र ब्याक्तिहरुले फरक फरक भाषा बोल्ने सत्य कुराको उजागर भएको बुजिन्छ। फरक भाषाको बाक्य संरचना फरक हुने र त्यसको भाव पनि तथ्यगतरुपमा फरक हुन्छ।
बिजय कुमार दास  (२००९; २८-२९) जोन ड्राइडनको भनाईलाई उद्धृत  गर्दै  बन्दछन कि अनुवादलाई ति भगमा बिभजन गर्न सकिन्छ। मेटाफ्रेज, प्याराफ्रेज र इमिटेसन। शब्दानुवाद, भावानुवाद र स्थनियकरण। त्यस्ते रोमन याकोब्सनको बिचार उद्धृत गर्दे दास अनुवादलाई तिन भिन्न प्रकरयाको कुरा गर्छन। एकल भाषिक अनुवादः  यो अनुवाद मा एकल भाषा भित्र भएका संकेतलाई त्यहि भाषा बित्र रहेको अर्को बषिक संकेतमा रुपान्तरण गरिन्छ।  अन्तर भाषिक अनुवाद बन्नाले  एक भाषामा भएको भाषिक संकेतलाई अर्को भाषिक संकेतमा रुपान्तरण गर्ने प्रकृया बुझिन्छ। लाक्षणिक अनुवाद मा एक भाषिक काब्यमा रहेको लक्षणालाई केन्द्र बिन्दु मा राखेर अनुवाद गरिनछ।
अनुवादको ईतिहास 
सुसन ब्यासनेट (१९८० ४०-४१) लेख्छन कि वास्तवमा अनुवादको सुरुवात कसरि भयो एकिनका साथ भन्न सकिदैन । यदपि रोमन सभ्यतामा अनुवादको स्थान भएको कुरा सिसेरो र होर्यास जास्ता अनुवादक को अस्थित्वले प्रमाणित गर्छ। यसको तात्पर्य  अनुवादको सुरुवाट कहिले भएको एकिन नभयता पनि रोमन सभ्यताको पालामा अनुवाद अस्थित्वमा रहेको प्रमाणित हुन्च। तसर्थ  रोमन सब्यतालाईनोआधिकारिक रुपमा अनुवाद सुरु भएको युगको रुपमा लिन सकिन।च। त्यसपछि इङ्गल्याण्डमा अनुवाद को क्रमिक बिकास  हुदे आएको देखिन्छ। वास्तवमा अंग्रेजि साहित्यको सुरुबाटि कालखण्डमा अनुवादको उल्लेखनिय भुमिका रहेको छ।राजा  अलफ्रेडको पालामा एङ्गलो स्याक्सन साहित्यको अनुवाद भएको छ। कबिहरु वाट र सरेले ईटालियन कबिताहरुलाई अंग्रेजिमा अनुवाद गरेका छन।  यि त केबल प्रतिनिधि पात्र मात्रै हुन।

नेपालि किताबको अंग्रेजी  अनुवादको बिकास क्रम
नेपालि साहित्यको अनुबादको ईतिहास धेरै लामो पाइदैन।  नेपालि साहित्यको ऐतिहासिक कालखण्डमा भानु भक्तलाई प्रमाणिक अनुवादक मान्न सकिन्छ किनकि संकृतमा लेखिएको रामायणलाई नेपालि अनुवाद गरेर नेपालि जनजिब्रो मा उक्त महाकाब्यलाई जिबन्त बानाएका थिए। तर पानि नेपालि साहित्यलाई अंग्रेजिमा अनुबाद गर्ने श्रेय हामिले लक्ष्मि प्रसाद देवकोटालाई दिनु पर्छ। उनले २०१३ सालमा भिम दत्त रोक्का लागाएत अरु साहित्यकारको सहयोग मा ईन्द्रेणि साहित्यिक पत्रिका मा नेपालि कबिताहरुको अनुवाद गर्न थालेको देखिन्छ। नेपालि कबिता अनुवादको सम्बन्धमा  माधवलाल कर्मचार्य (२००२) लेख्छन कि देवकोटा स्वयमले सन्१९६४ मा शुलोचना महा कब्यलाई अंग्रेजिमा अनुवाद गरेका थिए। मुनामदन खण्ड काब्यको अंग्रेजि अनुवाद  सन् १९६९ मा मधुसुधन देवकोटाले गरेका थए भने सन् १९९७ आनन्द श्रेष्ठले गरेका थि।  पछि उक्त किताब मिचेल जेम्स हटले नि सन् १९९६ मा गरेक थए।  देवकोटाले समकालिन साहित्यकारहरुको कृतिलाई पनि अंग्रेजिमा अनुवाद गरेका थिए। उनले  बाल कृष्ण समको मृत्यु पछिको अभिब्यक्ति को अंग्रेजि अनुवाद गरेक थिए। तिर्थ राज तुलाधरले मबिबि शाहको कबिताहरुलाई अंग्रेजिमा अनुवाद गरेक थए। सायद यो नै अंग्रेजिमा अनुवाद भएको पहिलो कबिता संग्रह नथियो।  तिर्तराज तुलाधरले सन् १९९४मा  विजय मल्लका ५६ वटा कबिताहरुलाई  मेरो ईचछा र अन्य कबिताको सिर्षकमा अनुवाद गरेका थए। माधवलाल कर्मचार्य रअयोध्य प्रसाद प्रधानले संयुक्त रुपमा केदारमान ब्यथितको एकासि वटा कबिताहरु अनुवाद गरेका थिए। माधवलाल कर्मचार्यले छिन्नलातको लगभग ७० वटा कबिताहरुलाई अंग्रिजिमा अनुवाद गरे। उनले  सिद्धिचरणका ६७वटा कबिताहरु पनि अनुवाद गरेका थए। यसरि नेपालि कबिताको अनुवादमा कर्मचार्यको बिशेष भुमिका रहेको देखिन्छ। डा. तारानाथ शर्मा ले चांदनि शाहका कबितालाईअंग्रेजि अनुवाद गरेको पाईन्छ।  त्यस्तै  पध्म देवकोटाले नेपालि कबिताहरुलाई अंग्रेजिमा अनुवाद गरेर नेपालि अनुवादको ऐतिहासिक पर्खालमा योगदानको ईट्टा थपेका छन।
          डेभिड रबिन सायद प्रथम अंग्रेजि मातृ भाषक हुन जसले नेपालि साहित्यमा बिशेष ध्यान दिएको देखिन्छ। लक्ष्मि प्रसाद देवकोटाका कबिताहरु रबिनले अनुवाद गरेको देखिन्छ।
          गध्यको  अनुवादको इतिहास पनि पध्य जति नै पुरानो छ। सायद प्रहलाद नाटक नै पहिलो नेपालि नाटक होला जुन अंग्रेजिमा अनुवाद भएको छ। यसलाई मधुसुधन देवकोटाले  अनुवाद गरेका हुन। त्यसे गरि अस्वस्थामा नाटक पध्म प्रसाद देवकोटाले अनुवाद  गरेका थिए। शिरिषको फुल समभवत पहिलो नेपालि उपन्यास होल  जुन अंग्रेजिमा अनुवाद बएको छ। यो टंक बिलास वर्य र सन्ड्रा जेडिस्टेन ले सामुहिक रुपमा सन् १९७२ मा गरेका हुन।  नेपाल भषाको प्र्थम  अनुवाद भएको उपन्यास धुस्वन सयमिको ग्रहन हो यसको अनुवादक टि र कंसाकार हुन। ल्यरि हर्तसेल ले शंकर कोइरालाको खैरेनि घाट, जि बि मल्लको पल्लो घरको झ्याल र लिल बहादुर क्षेत्रिको बसाँइ उपन्यास अनुवाद गरेक छन।



No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.