Friday, August 21, 2020

तिज

तिज भाद्र शुक्ल तृतियाको दिन मनाईने एउटा चाड हो। हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी बर्त बस्छन्। तिजको पौराणिक कथा हिमालयकि पुत्रि पार्बतीले महादेव पति पाऊ भनि गरिएको पुजालाई
लिईन्छ। 
सतिदेविले दक्षप्रजापतिको  यज्ञमा पर्ण त्याग गरे पछि हिमालयकि  पत्नि मेनुकावाट पार्वतिको रुपमा जन्मिइन। बचपन देखिनै महादेवलाई पतिको रुपमा हेर्ने गरेता पनि विष्णुले हिमालयको घरमा कनयादान माग।न आए पछि  पार्वतीले तिजको वर्त सुरु गारेको देखिन्छ।
समाजिक रुपमा हेर्दा यो चाड पनि पृत्तिसतात्मक समाजको प्रतिकात्मक स्वरुमा लिन सकिन्छ। किनकि यो चाडमा एउता महिला आफ्नो पतिको दिर्धायु कामनाको लागि निर्जला व्रत लिने गरिन्छ। अर्थात यस व्रतमा महिलाले पानि पनि खानु हुदैन भन्ने मानिन्छ। यो त महिला वादिको विश्लेषण हुन सक्ला। समाजिक रुपमा यसलाई हेर्दा यसको सकरात्मक भुमिका देख्न्न साकिण्छ। कृषि प्रधान देश भएकोले कृषि कार्यमा महिलाको बिषेश भुमिका रहेको कुरालाई नकार्न सकिन्न। पृतिसतात्मक समाज भएकोले महिलालाई थिचोमिचो हुन सक्ने समभावना हुने नै भयो। यसरि वर्षा मासमा कृषि कार्य गर्दाको थकान मेटाउने र माईति धर आई बिषेश खान पिन गर्नेको लागि बनाइको चाड हुनु पर्छ तिज। किनकि तिजमा हरेक महिलालाई माइति घर बोलाउने गरिन्छ। 

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Literature

Sagar's Diary: News Story Wriitng