शैक्षिक मजदुर
नेपाली समाज अच्चमको हुदै
छ। कति धुर्त छ भने मान्छेलाइ फुरुक्क पार्छ र भन्छ तिमी समाजको अगुवा, पथ पर्दसक,
बाटो देखाउने आदि आदि। बिचरा मख्ख पर्छ र सोच्छ साच्चै हो कि क्या हो।उसलाई के
थाहा उसलाई अघि लोभ्याइ सकिएको छ। मार हान्नु अगाडीको खसिलाई हालिएको हरियो घाँस
मात्रै न हो त्यो। बिचरा त्यो पशु परो कसरि बुझोस।
स्वरुप र बौध्दिकताको मात्र
फरक होला केहि ब्याक्ति र त्यो पशुसँग। मैले यति भन्दा धेरैका रौ ठाडा भए होलान् ।
कसैको त रगत नि उम्लिन थाल्यो होला। सर्वश्रेष्ण प्राणीलाइ पशु भन्ने । उ चाहि को
हो नि पशुनै त होला नि त्यसो भा, आदि आदि। गणतन्त्र आफ्ना बिचार राखन् पाइन्छ भन्दैमा
जे पनि बोल्न पाइन्छ भन्दै गणतन्त्रकै खिल्लि उडाउदै होलान। यदि त्यसो हो भने मलाई
भन्नु केहि छैन। तर एक छिन बिचार गर्ने हो भने वास्तविकता घाम जत्तिकै छर्लङ्ग हुन्छ।
प्रसङ्ग हो निजि कलेजका शिक्षकहरुको। एउटा बौध्दिक जमात आज समस्या ग्रस्त छ।
धेरैले आफ्नो परिश्रमको मोल पाएका छैनन् तर मौन छन् आखिरि किन यो मौनता। के
बौध्दिकता पशुजडसुत्रमा बादिएकै हो त ? चैत महिना सम्म पढाइ सकेको र त्यस पछि भएको
लकडाउनको कारणले कतिले चैत महिना देखिको पारिश्रमिक पाएका छैनन्। यसो भन्दै गर्दा
म कुने कलेजको को बिरोध गरि रहेको छैन। किनकि सक्नेले दिए पनि होलान् र नसक्नेले
दिएनन् होला। कुरा पाउनु र नपाउनुसँग भन्दा नि हाम्रो निरिहता र सोचको बारेमा हो
प्रश्न मेरो।
पहिलो प्रश्न मेरो के हो
भने हामी को हौ? हाम्रो परिचय के हो? हामी शिक्षक हौ भन्ने कतै भ्रम हो कि खोज्ने
बेला भएको छ। । तर साथिहरु मलाइ लाग्छ म एउटा शिक्षक नभइ म एउटा शैक्षिक मजदुर हो
किनकि मैले काम गर्ने संस्थाको दर्ता प्रकृया कम्पनि ऐन अन्तरगत भएको छ। एउटा
कम्पनिमा काम गर्ने ब्याक्तिलाई मजदुर नै भनिन्छ जस्तो लाग्छ मलाई । यदि यो साचो
हो भने म जस्ता धेरै साथिहरु शैक्षिक मजदुर हौ होला।
यदि कम्पनि र मजदुर हौ भने
हाम्रो अधिकार हामीले खै खोजेको। के ले रोकेको छ हाम्रो अधिकार माग्न? कुनै पनि
कम्पनिमा काम गर्ने ब्याक्तिलाई ट्रेड युनियन खोल्ने अधिकार हुन्छ। के हाम्रो
ट्रेड युनियन छ? छेन भने किन छैन यो प्रश्नको उत्तर खोज्नु पर्देन। केबल बौध्दिक
भनेर बौध्दिक भइ हालिदैन।
यस पछिको प्रश्न झन जटिल
बन्दै छ। एउटा कम्पनिमा काम गर्ने मजदुरले उपचार खर्च स्वास्थ्य बिमा चाडबाड खर्च ओभर टाइम बापत अतिरिक्त बेतन आदिको
सुबिधा पाउछ। के हामीले यि सुबिधाहरु पाएका छौ? यदि छैन भने किन? यि सबै प्रश्नको
उत्तर खोज्नु त्यति सजिलो छैन। तर पनि यसको उत्तर न खोज्ने हो भने हामीले आफुलाई बौध्दिक भन्नुको कुनै तुक छैन।
बास्तवमा अब समय आएको छ बौध्दिक
बहस चलाउने। कोरोनाले यस खालको बहस गर्ने वातावरण बनाएको छ। तसर्थ सम्पुर्ण बौददिक
जमात एक ठाउमा उभिएर यसको बहस गरौ। यदि यसो गर्न सकिएमा बौध्दिक मजदुरको समस्या हल
गर्न सकिएला नभए उहि दासत्वको जिवनमा जेलिएर आफ्नो भाग्यलाई धिकार्दै बस्नु बिकल्प
छैन।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.