Monday, August 10, 2020

के हो उत्तरआधुनिकतावाद


यही होला उत्तरअधुनिकतावाद् ?
उत्तरअधुनिकतावाद्
सायद यही होला
जहाँ
देवताको नागरिकता खोजिदैछ
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
धर्म राष्ठियकरण हुँदैछ
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
विभाजित सामाजिक मनोभाव
र्
विषमताको खेती गर्दै सामाजिक एकता खोजिदैछ
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
दर्शन बिचारलाई विचलित गराइ
स्वार्थ खेती हुँदैछ
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
मौलिक सन्स्कृतीलाई छद्मा भेषमा बेचि
सान्स्कृतिक अतिक्रमणको नरा लगाइदै
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
देशभक्ती राष्तियतालाई
दृष्टिबिहिन नस्लबादमा जोखिदै
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
भौतिकताको कसिले मानवतालाई लीलामी गरिदै
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ विसेश्य
पास्चत्यको बिशेषणमा पुर्विय मौलिकताको बिशेष्य खोजिदै
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
बिषमताको तृष्णालाई अमृत भनेर पन्चमृत पान गराइदै
सायद्
यही होला उत्तरअधुनिकतावाद्
जहाँ
मौलिकताको धरोहरहरुलाई फगत आधुनिकतावादको बेसारे लहडमा ढलाईदै
आयद्
यही होला उत्तरअधुनिकतावाद
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
कम्युनिष्ट को नाममा कमाउनिस्ठा भैएको
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
गणतत्रको आड्मा गनाउतन्त्र चलेको
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
एउटा राजा फलेर
सयौ राजाहरु पाल्नुपरेकोछ
शायद यही हो उत्तरआधुनिकताबाद 
जहाँ
धर्मनिरपेक्षताको नाममा पवित्र रक्सी खानु परेको
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
सङ्घियताको नाममा एकताको केन्द्र भात्काइएको
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
बर्गियताको नाममा नस्लिय जातिवाद ल्याइएको
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
सिंहदर्बार गाउगाउमाअ लाने निउमा
श्री महराजहाँरु असारल्ला छरिएका छन
शायद यही हो उत्तरआधुनिकताबाद्
जहाँ
देश बनाउने नाममा करका पदचापहरु निमुखाको ढाडमा बर्षदै छन
शायद यही हो उत्तरआधुनिकताबाद्

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Literature

Sagar's Diary: News Story Wriitng