मानविय बिनिर्माण ?
मान्छे एउटा बुझेर बुझ्न नसकिने प्राणी हो। यो एउटा बहुआयामिक भावको
समिश्रण हो भन्दा फरक नपर्ला। बस्तुगत रुपमा हेर्दा मानव प्रकृति र संकृतिको
समिश्रण हो। यसरि हेर्ने हो भने मानव आफै डेरिडाको बिनिर्माण बादमा
रहेको कुरालई बुझ्न सकिन्छ।यसरि मान्छे आफैमा प्राकृतिक र सांस्कृतिक बिनिर्माणको
समिश्रण हुदा हुदै पनि कतै न कतै उ एक्लिएको छ। यो बहुआयामिक बिचारको बारेमा बहसको
अपरिहार्यता हो जस्तो लाग्छ। यि भावको ब्याख्यात्मक टिप्पणी गर्नु पर्दा मान्छेको
प्राकृतिक ब्याख्यालाई सुरुवाति चरणमा लिन सकिन्छ।
पुर्बिय संस्कारमा मानवलाई मनुको सन्तानको रुपमा ब्याख्या गरिन्छ।
यसरि हेर्दा एकल अर्थको बैचारिक धरातलबाट सुरु भएको हुनुपर्छ प्राकृतिक मान्छे।
जिवनको सुरुबाटमा मानव निर्बस्त्र हुनुमा प्राकृतिक मानवको पर्दुभाव हो। जन्मिदा
मानाव निर्बस्त्र मात्र हुदैन उसँग प्राकृतिक संस्कार हुन्छ। किनकि उ जन्मिदा
रुन्छ तर त्यो पुर्ण रुपले प्राकृतिक हुन्छ किनकि त्यो रोधन बिचमा हासो नि मिसिएको
हुन्छ। यि चिजहरु मानविय संवेगका प्राकृतिक नियम हुन। उ, मानविय जिवनको सुरुवाति
कालखण्चमा निस्फिक्रि हुन्छ। उ हरेक
चेतनाको केबल आत्मरतिमा रमाउदैन। हरेक भावलाई उसले सहजसँग स्विकार्छ। हरेक भावको
बिनिर्माणमा उसको समान भुमिका हुन्छ। उसको चेतनामा केबल देखावटि पन हुदैन। किनकि उ
प्राकृतिक चेतनाको सुरुवाटि कालखण्डमा रमाएर बसेको हुन्छ। तर मानविय चेतनामा
प्राकृतिक भाव उसको जिवनको छिप्पाईसँगै परिवर्तन हुदै जान्छ। बिस्तारै प्राकृतिक
भावबाट सास्कृतिक भाव तिर ढल्किन्छ।
जब मानविय भावको सांस्कृतिक यात्रा सुरु हुन्छ तब मान्छे केबल एउटा
फगत मान्छे मात्र रहिरहदैन। उ अब राजनैतिक सांस्कृतिक र बहुआयामिक मान्छे बन्छ।
एउटा राष्ट्र वा समाज निर्माणको लागि सामस्कृतिक चेतनाको नव आवस्यकाता हुन्छ भनेर
प्राकृतिक मानव बिस्तारे मानवताको शांस्कृतिक मञ्चमा नाङ्गिदै गएकोछ। उ राष्ट्र र
समाजको लागि बैचारिक रुपमा केहि हद सम्म काम लाग्ने मानविय प्राकृतिक स्वरुपबाट
हराउदै गएको छ।
मानविय समाजमा मान्छेको वास्तविक अस्थित्व बचाई
राख्ने हो बने अब प्तकृतिक र सामस्मृतिक मान्छेको अब पुन बिनिर्माण गर्नु पर्ने
भएको छ
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.