जिबन एक मार्ग हो। जिवनको परिभाषा फरक फरक हुन्छ। ब्याक्तिगत अनुभवको आधारमा यसको
परिभाषा परिवर्तन हुनु स्वभाबिक हो। जिउनु बच्नु नमर्नु को समिश्रणबाट जिवन बनेको
हुन्छ। जिवनको सुरुवाट एउटा प्रतिस्पर्दा हो।
जिवनलाइ गन्तब्य बिहिन यात्रा भन्ने गरेता पनि वास्तवमा यो एक निस्चित गन्तब्य
भएको यात्रा हो।यो त्यो यात्रा हो जसमा गणितको धेरै काम आउछ। यो नाम बिहिनको स्वास
र स्वास बिहिनको नाम बिचको अन्तर हो। जन्मलाई जिवनको सुरुवाट मानिन्छ। यो समयमा
कसैको नाम हुदैन किनकि जन्मिदैमा नामाकरण गरिएको हुदैन। तसर्थ जिवन नाम बिहिन
श्वासको सुरुवाट हो। साथै मृत्युलाइ सामन्यता जिवनको अन्त्यको रुपमा हेर्ने
गरिन्छ। जिवनको अन्त्यमा ब्याक्तिसँग नाम त हुन्छ तर उसग श्वास हुदैन। श्वास
बिहिनताको नाम नै जिवनको अन्त्य हो।
आशावबादि सिद्धान्तले जिवनलाइ एक उत्साहको रुपमा लिन्छ। उनिहरुको लागि जिवन एक उत्साह हो। सकारात्मक दर्शनवाट जिबनलाइ निह्याल्ने गर्छन्। जिवनको गतिसिलतालाइ सधै अनुसरण गर्दै अग्रपङ्गतिमा हुने गर्छन। निरासावादि सिद्धान्तले जिवनलाइ निरस बनाउने प्रयास गर्छ।यसले जिवनलाइ खासै गतिसिलता प्रदान गर्दैन। यसले जिवन फगत घाटको पर्खाइमा रहेको कुराको मात्रै ध्यान गरेको हुनछ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.