कुशें औशी.
कुश एउता धर्मसँग
जोडिएको पबित्र घाँस हो। यसलाई विष्णुको स्वरुपमा मान्ने गारिन्छ। यसको धरतीमा
आगमनको काथा नि रोचक छ। यसको ब्याख्या स्वास्थनी ब्रत कथामा पाइन्छ। त्यस कथाको
आधारमा भगवान विष्णुलाई जालन्धरको पत्नि वृन्दाले श्राप दिइन। त्यस कथाको बिस्तृत
बर्णन यस्तो रहेको छ। शक्तिशालि जालन्धरले देउताहरुलाई धेरै दुःख दियो। देउताहरु
उसलाई जित्न सकेनन र भगवान शिवको शरणमा परे तर महादेवले पनि जालन्धरलाई उसको
पतिब्रता पत्निको प्रभाबले गर्दा जित्न सकेनन। जब वास्तविक कारण थाँहा भयो तब
विष्णुलाई वृन्दाको सतित्व डग्न पठाए र जालन्धरको बध गरे। बृन्दालाई यसको आभास भयो
र विष्णुलाई झाँर हुने श्राप दिइन। त्यसपछि विष्णु कुसको रुपमा परिणत भए। धार्मिक रुपले स्वयम भगवानको अंशको रुपमा कुसलाई
लिइन्छ। यसरी कुसको जन्मलाई आधार मान्दा असुरी शक्ति माथिको जितको लागि गरिएको
छलको उपज हो कुस।
कुसको महिमा धेरै
रहेको कुरा यो संस्कृतको श्लोकबाट नि उजागर गर्न सकिन्छ्।
स्नाने दाने जपे होमे
स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने
यसको तात्पर्य कुस स्नान गर्दा जप तप होम
स्वअध्यन पितृकर्मआदि सम्पुर्ण कार्यमाआवश्यकतापर्दछ।धार्मिक आश्थाको ब्याख्या
मात्रले कुसको पुर्ण ब्याख्या हुन सक्दैन। यसकोवैज्ञानिक बिश्लेषण पनि आवश्यक
छ।बैज्ञानिकरुपमा कुससँग बिकिरण हटाउने गुण हुन्च। यसले बिभिन्न बिकिरणहरुको
प्रभाब कम गर्न सक्छ। बिभिन्न खोजहरुमा यसले एक्सरे बिकिरणको पनि प्रभाब कम गर्छ
भनेर प्रमाणित भैसकेको छ।
कुसे औशी भाद्र कृष्ण औशीको दिन पर्छ।
यसलाई गोकर्णे औशीको रुपमा नि लिने गारिन्छ। यो दिनलाई पितृको सम्झना गर्ने बिशेष दिनको
रुपमा पनि लिने गरिन्छ। हिन्दु धर्ममा धर्मालम्विहरु यस दिन काठमान्डौंको गोकर्णमा
गइ पितृ श्राध्द गर्दछन्।
यस दिनलाई
पिताको मुख हेर्ने दिनको रूपमा पनि लिने गरिन्छ । यस दिन छोरा छोरीले आफ्ना
पिताहरुलाई मिष्ठान्न भोजन गराउने तथा सकेको दक्षिणा दिने गर्छन् । खासमा हिन्दु
संस्कारमा पुत्रीबाट माता पिताले केही नलिने प्रथा रहेको हुँदा खास अवसरमा
पुत्रीहरुले पितालाई केही दिन मिलोस् भनी यो प्रथा सुरु भएको हुनुपर्छ। सुरु
सुरुमा पुत्रीलाई आफ्नो माइती घर जान सजिलो
होस् र
आफ्ना पिताहरुलाई पनि केही इच्छाएको चिजहरु दिन सकियोस् भनेर यो प्रथा सुरु भएको र
बिस्तारै यसमा दुबै सन्तान(छोरा छोरी ) ले मनाउन थालेको हुनुपर्छ। यस प्रथाले पितालाई उचित सम्मान दिन खोजेको देखिन्छ। साथै
यो दिनमा हिन्दु धर्ममा धेरै जसो प्रयोगमा आउने कुश भित्र्याइन्छ। कुश भित्र्याउने
औँसी भएकाले पनि यसलाई कुसे औँसी भनिएको हुन सक्छ।
यसलाई
मानव सभ्यताको विकास क्रमबाट हेर्ने हो भने वैदिक सनातन धर्ममा कृषिको सुरुवात हुन
थालेको अवस्थाको चित्रण पनि गर्न मिल्छ। सनातन धर्ममा प्रयोग हुने वस्तुको भण्डारण
गर्ने दिन कुसे औंसी भएको हुदाँ यसलाई आदिम कालमा ढुङ्गे युगबाट समाजिक कृषि युगको
प्रादुर्भावको युगको रुपमा चित्रित गर्दा खासै फरक नपर्ला।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.