पर क्षितिजमा एउता सानो आकृति देखे। मनमा कौतुलता जाग्यो को होला त्यो। हेर्ने
ईच्छा धेरै भयो। मन थाम्न सकिन। यस्ता
आकृतिहरु धेरै नै देखेको जिवनमा तर आजको जस्तो ब्याकुलता पहिले भएको थिएन। त्यसैले
अरु काम थाति राखेर भएनि मेरो मन त्यता तिर खिचियो।
जति नजिक हुदै गयो त्यति तयो अकृति सजिव हुदै जान्छ। लाग्छ यो आकृतिसँगको आत्मियता
धेरै पुरानो हो। मनको ब्याकुलताको को सिमा छैन । मन त अगि नै उडेर पुगि सको तर
बिचरो सारिर मनको बेग सँग के सकोस। सके सम्म त धिस्रिदै छ। तालमेल मिलाउनमा ताल्लिन
छ देह। उता मनको ब्यथा अर्कै छ। यसरि देह र मन बिचको रस्सा कस्सि देखेर संसारके
निर्दयि बस्तु मुस्कुराउदै छ। सायद यसैले समयलाई शक्तिसालि भनिएको होला। मनोबादको
लुकामारि समयको खिसि र मनको बेचैनि सँग तालमेल गर्दै जब म उसको नजिक पुग्छु, म
आफैलाई बिस्वास गर्न सक्दिन। उ त मेरै अंश पो रहेछ। हो पुर्णरुपले न भएनि आधा वा
त्यो भन्दा केहि कम। अब म मा अगिको कौतुहलता हराएर अंशियारको भावना दगुर्न थालेको
छ। अब म बिस्तारै आफ्नो हकको दाबि गर्न खोज्देछु।
मन र बुध्दि बिचमा अब संघर्ष सुरु हुन थाल्यो। मन ले हक खोज्दै छ बुध्दिले हक
दाबि गर्ने आधारको समाजस्यता खोजदै छ। यि दुइको बिचमा म साढेको जुदाइको बिचमा
फसेको बाछो हुदै छु। मेरो मनको उतारचढाब बाट बेखबर छ। हुन पनि हो सलाई मेरो
बेचैनिको कारण जान्नु पर्ने बाध्यता पनि छैन। निर्दोसिताको नयन बाट उ धरि म तिर हेर्छ घरि घरको पिढि तिर। सायद अपरिचित
भएको सुरक्षाको खोजि होला यो।
म सुरुमै उसँग खुल्न सक्दिन। उ त झन खुल्ने कुरै भएन। म आट गर्छु र अंगाल्न
पुग्छु। उ डराउछ र छोड्छ संसारकै शक्तिसालि मिसायल। मेरो मुटुको छेदन हुने गरि।
लाग्छ समपुर्ण पहाड पहरा पाखा देउरालि भन्ज्याङ थर्काउने तागत छ उसमा। लाग्छ सगर
नि थर्किदै छ अहिले मराडिएको कालो बादल हुदाको क्षण जस्तै।
सायद उसको रोदनले होला मामतामयि देह र आत्मा कुदेर त्यहा आइपुग्छन। तर एकै
छिनमा खुसिको आसु छल्किन्छ देखेर आफ्नै मुटु अगाडि। बिस्तारै उनि बच्चाको नजिक
पुगछिन र त्यो अबोध बालकलाइ बुजाउने प्रयास गर्छिन। उनि भन्छिन, उ तिम्रो बाबा
आउनु भयो। बच्चाको मनमा खुसि सँगै संङ्काको भाव छ।
उसलाई संङ्का छ उसको बाबा भएको भए उसलाई किन सानोमा बोकेर न हिडेको। किन उसको
कोक्रो अगाडि बसेर उसँग तोते बोलिको सारमा नवोलेको। किन उसको हात समाएर ताते ताते
ने गरेको। किन ढाड माथि घोडा चडि खेल्न नपाएको आदि आदि। यि सबै बाल मनोभावमा
खड्केर बासेको छ।
उता मेरो मानो दशा अर्कै छ। आफ्नै अंशले चिन्न नसकेको पिडा छ्। के यो मेरो रहर
थियो? त्यो बाल मनोबिज्ञान लाई सङ्का को लाभमा छोडेर आफु खाडिको मरुभुमिमा काम गर्न
जानु? मलाई नि रहर होला नि आफ्नो बच्चा र मायालुसगै बसेर आफ्नो जिबिका चलाउन। त्यो
बाल सुलभ पनको सम्पुर्ण खुसिको क्षणबाट बिमुख हुनुको पिडा छेन र मलाई।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.