Saturday, August 29, 2020

शहर


एउटा ठिङ्ग ऊभिएको सभ्यता
जिबित अस्थिपञ्जरहरु अनि
कल्याङकुलुङ आवाज बिच
कतै बिरासतको आसमा
हिडिरहेछ निर्जिवता बिच
एउटा शहर।

सहजताको आशक्ति अनि
भोतिकताको भोक
सजिवता बिचको निर्जनता 
सुन्यताको बेचैनि साथ
औषधिमुलोको खोजिमा
भौतारिरहेको छ
एएटा शहर।

सपनाको थुन्सेमा गुम्सिएका रहरका आधी
हिमाली ईच्छा र फिलुङ्गे ईच्छाका बिच
स्वप्निल लालशा
निरोको बासुरिमा
गित गाउदै छ
एउटा शहर।

सपनाको सोपान
बिछिप्त यात्रा
बिरासतको खोजि
सरिता लहर को लहड
ठोक्किएर चट्टानी मरुभुमि
टक्क अडिएको छ
एउटा शहर।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Literature

Sagar's Diary: News Story Wriitng